Dictionary

All Word

23201 गृहत्याग ना. घर छोड्ने काम, गृहस्थाश्रमको त्याग।
23202 गृहदेवता ना. १.घरमा दैनिक पूजा गरिने देवता।
23203 गृहदेवता ना. २. कुलदेवता, वास्तुदेवता।
23204 गृहपति ना. १.घरको मालिक वा स्वामी, घरपट्टी।
23205 गृहपति ना. २. गृहस्थ व्यक्ति घरको मूली।
23206 गृहपाल ना. १.घरको मालिक, गृहपति।
23207 गृहपाल ना. २. घरको रखवारीका निम्ति पालिएको कुकुर।
23208 गृहपाल ना. 3. चौकीदार।
23209 गृहप्रवेश ना. शास्त्रोक्त विधिपूर्वक नयाँ घरमा प्रवेश गर्ने काम।
23210 गृहमन्त्री ना. राज्य वा देशभित्रको आन्तरिक व्यवस्था तथा शान्ति-सुरक्षा कायम गर्ने मन्त्री, गृह - विभागको मन्त्री।
23211 गृहमेध ना. गृहस्थीहरूले प्रतिदिन गर्नुपर्ने पञ्च महायज्ञ ( देवयज्ञ,पितृयज्ञ, ब्रह्मयज्ञ, नृयज्ञ र भूतयज्ञ )।
23212 गृहयुद्ध ना. १.घरका परिवारहरूका बिचमा भएको बाझो, गृहकलह।
23213 गृहयुद्ध ना. २. कुनै देशका निवासीहरूका बिचको पारस्परिक युद्ध वा लडाइँ, आपसी झगडा।
23214 गृहरक्षक ना. युद्ध वा देशव्यापी अशान्तिका अवस्थामा सहर, गाउँ,टोल, जिल्ला आदिको रक्षा गर्ने नागरिक सेनाका सदस्य।
23215 गृहलक्ष्मी ना. १.घरकी लक्ष्मी।
23216 गृहलक्ष्मी ना. २. असल स्वभावकी गृहिणी; सुशीला गृहिणी।
23217 गृहवाटिका ना. घरवरिपरि लगाइएको फलफूल आदिको बगैँचा,घरसँगैको फूलबारी, करेसाबारी।
23218 गृहवासी वि. घरैमा बस्ने, घरगौँडे।
23219 गृहसन्न्यास ना. १.घरैमा बसेर सन्न्यासी जीवन बिताउने काम।
23220 गृहसन्न्यास ना. २. घरमा रहेर पनि गृहस्थीको बन्धनदेखि मुक्त रहनु।
23221 गृहसन्न्यासी ना. १.गृहसन्न्यास लिने व्यक्ति।
23222 गृहसन्न्यासी ना. २. घरबाट बाहिर निस्कने प्रतिज्ञा लिएको व्यक्ति।
23223 गृहसन्न्यासी ना. ३. घरगौँडे।
23224 गृहसन्न्यासी ना. ४. घरैमा बसेर सबै काम गर्ने व्यक्ति।
23225 गृहसचिव ना. गृह-मन्त्रालयको सचिव।
23226 गृहस्थ वि. घरमा बस्ने, घरबार गरेर बस्ने, गृहस्थाश्रममा रहेको।
23227 गृहसूत्र ना. गृहस्थका कर्म र संस्कार आदिका विधि- विधान लेखिएको वैदिक ग्रन्।
23228 गृहस्थाश्रम ना. घर गृहस्थी गरेर बस्ने आश्रम, चार आश्रममध्येको दोस्रो आश्रम।
23229 गृहस्थी ना. १.घरबार गरेर बस्ने व्यक्ति, गृहस्थाश्रममा रहेको व्यक्ति, गृहस्।
23230 गृहस्थी ना. २. घरको व्यवस्था, गृहस्थाश्रमको कामकाज,घरबार।
23231 गृहस्थी ना. ३. परिवार।
23232 गृहिणी ना. १. घरकी मालिकनी, गृहस्वामिनी।
23233 गृहिणी ना. २. पत्नी,स्वास्नी।
23234 गृहीत वि. १. ग्रहण गरिएको, लिइएको।
23235 गृहीत वि. २. मन्जुर गरिएको,स्वीकृ।
23236 गृहीत वि. ३. उपलब्ध, प्राप्।
23237 गृहीत वि. ४. जाने वा बुझेको।
23238 गृहीतार्थ वि. १. अर्थ लागेको, मतलब बुझिएको।
23239 गृहीतार्थ वि. २. जानेको थाहा पाएको; ज्ञा।
23240 गृहोद्यान ना. घरको बगैँचा, गृहवाटिका।
23241 गृहोपकरण ना. घरगृहस्थीका निम्ति चाहिने मालसामान,गृहस्थीका मालमत्ता।
23242 गृह्य वि. १. घर वा घरबारसँग सम्बन्धित घरको।
23243 गृह्य वि. २. घरमा गरिने (कर्म)।
23244 गृह्य वि. ३. घरपाला आश्रि।
23245 गेगर ना. १. ढुङ्गाका सानातिना टुक्रा, मसिना भएर टुक्रिएका ढुङ्गा ।
23246 गेगर ना. २. माटो जति पानीले पखालिसकेपछि बचेका मसिना ढुङ्गा वा खस्रा बालुवाका कण।
23247 गेगरान वि. ढुङ्गा वा इँटका टुक्रैटुक्रा भएको, ढुङ्ग्यान, ढुङ्गे (बाटो जमिन)।
23248 गेग्रिन वि. १. गेगर भएको, गेग्य्रान।
23249 गेग्रिन वि. ना. २. गेगर।
23250 गेग्रिन पाखो ना. रुख, बुटा केही नभएको, खर मात्र पलाउने पाखो,गेगरैगेगर भएको, रुखबिरुवा नहुने सुक्खा जमिन।