Dictionary

All Word

23101 गुलाफी वि. २. गुलाफसम्बन्धी, गुलाफको ३ हल्का, नजानिँदो छाँटको (घोचपेच, नशा, पीडा आदि)।
23102 गुलाफी छेड ना. बाहिर थाहै नपाइने, भित्र भने बिझ्ने किसिमले गरिने कुरो चाल नपाउने किसिमले गरिएको व्यङ्ग्य छड्के भनाइ।
23103 गुलाब ना. हे. गुलाफ।
23104 गुलाबजल ना. गुलाफजल।
23105 गुलाबजामुन ना. गुलाफजामुन।
23106 गुलाब तकिया ना. गाँजा काटेर मसिनो पार्ने प्रेमकटारीको अचानो।
23107 गुलाबपास ना. गुलाफजल हालेर छर्कने सुराहीजस्तो सानो भाँडो।
23108 गुलाबी वि. हे. गुलाफी।
23109 गुलाम ना. १. कमारो दास।
23110 गुलाम ना. २. अधीनस्थ व्यक्ति; ऐँचमा परेको मान्छे।
23111 गुलाम ना. ३. दहर र मिमका बिचको एघार फुट्टीलाई सङ्केत गर्ने तासको पत्ती।
23112 गुलामचोर ना. तास खेलमा पत्ती थुत्दै जाँदा अन्तिममा जससँग गुलाम बाँकी रहन्छ उसले हार्ने एक खेल।
23113 गुलामी ना. गुलाम हुनाको भाव वा अवस्था, दासता।
23114 गुलियो ना. १. मिस्री , चिनी, मह आदिको स्वाद।
23115 गुलियो ना. वि. २. त्यस्तो स्वादको मधुर मिठो।
23116 गोलकाँक्री ना. तीनकुने पात हुने, लामा नङ्ग्रा निस्कने, पहेँला फूल फुल्ने, काँचामा हरिया र पाक्ता राता हुने र फल फल्ने एक लहरो, सोही लहरामा फलेको फल।
23117 गुलुब ना. बिजुली, टर्चलाइट आदिको बत्ती बल्ने चिम बल्ब।
23118 गुलेर ना. एक प्रकारको बोट वा त्यसैको फल।
23119 गुलेली ना. १. दुईचोके सानो काठमा रबरको फित्ता लगाई हातले तन्काएर मट्याङ्ग्रा हुर्‍याई चराचुरुङ्गीको सिकार गरिने अस्त्र।
23120 गुलेली ना. २. चोयाको ताँदो लाएर मट्याङ्ग्राले हानी चराचुरुङ्गीको सिकार गरिने धनुष।
23121 गुलो ना. गुलाको एक वचनको रूप।
23122 गुल्टनु अ.क्रि. १. थाहै नपाई एक्कासि लड्नु, पछारिनु घुसमुन्टिनु।
23123 गुल्टनु अ.क्रि. २. उत्तानो टाङ हुनु, उभिन्डिनु।
23124 गुल्टनु अ.क्रि. ३. प्रयास खेर जानु फेल हुनु।
23125 गुल्टनु अ.क्रि. ४. पराजित हुनु, हार्नु।
23126 गुल्टनु अ.क्रि. ५. मर्नु, जिब्रो टोक्नु।
23127 गुल्टनु अ.क्रि. ६. सखाप हुनु, बिग्रनु, नष्ट हुनु।
23128 गुल्टाइ ना. गुल्टने वा गुल्टाउने क्रिया-प्रक्रिया।
23129 गुल्टाइनु क.क्रि. गुल्टने पारिनु, गुल्ट्याइनु।
23130 गुल्टाउनु प्रे. क्रि. गुल्टने पार्नु गुल्ट्याउनु।
23131 गुल्टिनु अ.क्रि. १. अचानक लड्नु, पछारिनु।
23132 गुल्टिनु अ.क्रि. २ मुन्टाको भर पर्नु उभिन्डिनु।
23133 गुल्टिनु अ.क्रि. 3. असफल हुनु, फेल हुनु।
23134 गुल्टिनु अ.क्रि. ४. हार्नु।
23135 गुल्टिनु अ.क्रि. ५. मर्नु।
23136 गुल्टिनु अ.क्रि. ६. बिग्रनु नष्ट हुनु।
23137 गुल्ट्याइ ना. गुल्टिने क्रिया वा प्रक्रिया।
23138 गुल्ट्याउनु प्रे. क्रि. १. पछार्नु, लडाउनु।
23139 गुल्ट्याउनु प्रे. क्रि. २. मुन्ट्याउनु, उभिन्ड्याउनु।
23140 गुल्ट्याउनु प्रे. क्रि. ३. हराउनु, पराजित गर्नु।
23141 . ना. गुल्टिने स्थिति वा क्रिया-प्रक्रिया, गुल्ट्याइ।
23142 गुल्म ना. १. एकै फेदबाट धेरै हाँगा निस्कने बोट (उखु, बाँस,धान आदि)।
23143 गुल्म ना. २. नौवटा हात्ती, नौवटा रथ, सत्ताइसवटा घोडा र पैँतालीसवटा पैदल सिपाही रहने, प्राचीन कालको सैनिक एकाइ, सेनाहरूको एक गण।
23144 गुल्म ना. ३. एक सुरक्षा चौकी।
23145 गुल्म ना. ४. वात, कफ, पित्त आदिका विकारबाट पेटभित्र वायुको गोला जम्ने रोग, वायुगोला,गानुगोला।
23146 गुल्मी ना. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने लुम्बिनी अञ्चलको पहाडी भेगमा रहेको एक जिल्ला।
23147 गुह ना. १. निषाद जातिको एक नायक तथा रामका वनवासकालको एक मित्र।
23148 गुह ना. २. गुफा कन्दरा।
23149 गुह ना. ३ कार्तिकेय, कुमार।
23150 गुह ना. ४. विष्णु।