Dictionary

All Word

23251 घहरिनु अ.क्रि. १. घट्तै जानु; घर्कनु।
23252 घहरिनु अ.क्रि. २. पतन हुँदै जानु; ओरालो लाग्नु।
23253 घहऱ्याइ ना. घहरिने भाव, क्रिया वा प्रक्रिया।
23254 घहऱ्याइनु क.क्रि. घहरिन लाइनु।
23255 घहऱ्याउनु प्रे. क्रि. घहरिन लाउनु; घहरिने पार्नु।
23256 घा १ ना. सम्झौता; सन्धि; मेलमिलाप (उदा.- चीनका बादशाहसित घा गर्नू; दिव्य.)
23257 घा २ ना. घाउचोट; चोट; घाउ।
23258 घाँगर / घाँघर ना. बालिकाहरूले लाउने, कम्मरदेखि घुँडासम्म फुकेको फेर हुने पोसाक; जामा।
23259 घाँच ना. १. जङ्गल वरिपरिको उबडखाबड परेको जमिन; जङ्गलको छेउछाउ।
23260 घाँच ना. २. पहाडको फेदी; दुई डाँडाका बिच वा पुछारको सोतो जमिन।
23261 घाँटी ना. १. धडमाथि र शिरमुनि रहेको गोलाकार तथा लामो, भित्रबाट सास फेर्ने, बोल्ने र खाएको कुरा पेटमा पुयाउने नलीहरू भएको अङ्ग; कण्ठ; गलो।
23262 घाँटी ना. २. गर्धन; घिच्रो।
23263 घाँटी ना. ३. दुई पहाडका बिचको बाटो वा जमिन; छेडो; घाटी।
23264 घाँटीको पासो ना. नगरी धर नपाइने साह्रै कष्टदायक काम।
23265 घाँटी पर्नु टु नगरी धर नपाउनु; ज्यादै सकसमा पर्नु। घाँटी हेरी हाड निल्नू (उखान)।
23266 घाँटु ना. धर्मादार पात हुने, राता फूल फुल्ने र सानो बोट हुने वनस्पतिविशेष।
23267 घाँटे १ ना. घण्टीजस्तो फूल हुने, एक प्रकारको बुट्टे झार।
23268 घाँटे २ वि. घाँटीको घाँटीसम्बन्धी।
23269 घाँटे तिलहरी ना. घाँटीमा मात्र ठिक हुने ऐभाँतको चिह्न; सानो खालको तिलहरी।
23270 घाँटो ना. केराका काइँयाहरू लाग्ने ठुलो डाँठ।
23271 घाँडो ना. १. गाई, भैँसी, कुकुर आदिका गलामा झुन्ड्याइने घण्ट।
23272 घाँडो ना. २. भाग्ने वा चोर बस्तुभाउका घाँटीमा झुन्डयाइने काठको ठेउको वा मुङ्ग्रो।
23273 घाँडो ना. ३. झन्झटको काम वा वस्तु।
23274 घाँस ना. गाईबस्तुले आहारको रूपमा खाने झार, तृण आदि र रुख वा पोथ्राका पात, मुन्टा आदि हरियोपरियो चिज।
23275 घाँस खाने वि. पशुजस्तो; बुद्धि नभएको।
23276 घाँसपात ना. १. भुईंघाँस र डालेघाँस; घाँसफुस; पातपतिङ्गर।
23277 घाँसपात ना. २. महत्त्वहीन वस्तु; रद्दी चिज; बेकम्मा वस्तु।
23278 घाँसफुस ना. घाँसपात।
23279 घाँसी ना. घाँस काट्ने इलम लिएको मान्छे; घाँस काटेर बेची जीविका चलाउने व्यक्ति।
23280 घाँसे वि. १. घाँस काट्ने र बेच्ने इलम लिएको।
23281 घाँसे वि. २. घाँसको; घाँससम्बन्धी।
23282 घाँसे गीत ना. घाँसीहरूले गाउने गीत; घाँस काट्ता गाइने एक प्रकारको लोकगीत (काठमाडौँ उपत्यकाका काँठ र त्यसदेखि निकट पूर्वपश्चिमका भेगमा बढी प्रचलित )।
23283 घाँसे डोको ना. घाँसपात गर्दा बोक्ने पानीडोकोभन्दा ठुलो खालको डोको।
23284 घाइते वि. १. चोटपटक लागेको; घायल।
23285 घाइते वि. २. जुवामा खालेले पैसा मारिएको (च्याँखे )।
23286 घाउ ना. १. रगत आउने गरी कुनै हतियारबाट लागेको वा कुटपिट, ठक्कर आदिबाट भएको चोट।
23287 घाउ ना. २. फुटेको वा पिलिएको खटिरा।
23288 घाउ पुछाउनी ना. कुट्नेले कुटिनेलाई दिने धन।
23289 घाखत ना. चोटपटक; चोट; जखम।
23290 घागडान / घाघडा वि. १. खुब अनुभवी र चलाख।
23291 घागडान / घाघडा वि. २. धेरै सिपालु; पोख्त ; निपुण।
23292 घाचोट ना. पिटिएर, लडेर वा कुनै दुर्घटना आदिबाट भएको घाउचोट।
23293 घाजाँच ना. कसैले कसैलाई कुटपिट गरेका अवस्थामा अड्डामार्फत चिकित्सकद्वारा घाउचोट, खतको रूप र अवस्था जाँच गराउने काम।
23294 घाट ना. १. नदीको दायाँबायाँको किनार; तीर्थस्थल।
23295 घाट ना. २. नदी वा जलाशयको पानी भएको ठाउँसम्म पुग्न सकिने सुगम स्थान।
23296 घाट ना. ३. जहाज, डुङ्गा आदिबाट ओर्लने वा तिनमा चढ्ने ठाउँ।
23297 घाट ना. ४. वनजाँचको चौकी।
23298 घाट ना. ५. गाहकीहरूको भिड।
23299 घाट ना. ६. आवागमनका निम्ति सजिलो पर्ने ठाउँ।
23300 घाटकर ना. नाउद्वारा वा पुलबाट नदी वारपार गर्दा वा मालसामान ओसारपसार गर्दा घाटमा लिइने दस्तुर।