Dictionary

All Word

23401 घिचिनु क.क्रि. नराम्रो किसिमले खाइनु।
23402 घिचिमिरो ना. वर्षायाममा पानी परेर रहिसकेपछि माटामुनिबाट निस्कने पखेटादार किरो; छिचिमिरो।
23403 घिचुवा वि. घिच्ने; घिचास।
23404 घिचौटी ना. घिस्स्याउने र घिसारिमाग्ने एक प्रकारको घटना वा खेल।
23405 घिच्चिनु अ.क्रि. १. कसैद्वारा तानिनु; खिचिनु; घिस्सिनु।
23406 घिच्चिनु अ.क्रि. २. सकी-नसकी हिँड्नु।
23407 घिच्चिनु अ.क्रि. ३. करबलले मात्र जानु।
23408 घिच्चु वि. घिचुवा; घिचास; घिचाहा।
23409 घिच्चू वि. हे. घिच्चु
23410 घिच्च्याइ ना. घिच्चिने भाव, क्रिया वा प्रक्रिया।
23411 घिच्च्याइनु क.क्रि. घिच्चिने पारिनु; घिसारिनु।
23412 घिच्च्याइ मुन्ट्याइ ना. घिच्च्याउने र मुन्ट्याउने काम; घिच्याइ र मुन्ट्याइ; लछारपछार।
23413 घिच्च्याउनु स.क्रि. १. हातमा वा डोरी, पटुका आदिमा समाएर तान्नु; खिच्नु; घिसार्नु।
23414 घिच्च्याउनु स.क्रि. २. जबरजस्तीसित लैजानु; घिस्स्याउनु।
23415 घिच्च्याहट ना. घिच्चिने काम वा अवस्था; घिच्चिनेको गुहार वा पुकार।
23416 घिच्रो ना. घोक्रो (तुच्छार्थमा र प्रायः पशुको )।
23417 घिटीघिटी क्रि.वि. १. मर्ने बेला सास रोकिई थुक निल्न पनि गाह्रो हुने किसिमले। ना.
23418 घिटीघिटी क्रि.वि. २. अन्तिम अवस्था; सास जान लागेको स्थिति।
23419 घिट्को ना. १. च्यापच्याप घाँटी सुकेका अवस्थामा थुक निल्दा उत्पन्न हुने शब्द।
23420 घिट्को ना. २. तरल पदार्थ घुटुक्क निल्दाखेरिको आवाज।
23421 घिडघिड ना. १. कुनै कुराका निम्ति अरूछेउ अड्डी लिएर गरिने प्रार्थना वा करकर।
23422 घिडघिड ना. २. मनको प्रबल इच्छा; भित्री चाहना; धोको।
23423 घिडघिडाइ ना. घिडघिडाउने काम वा प्रक्रिया।
23424 घिडघिडाइनु क.क्रि. घिडघिड गरिनु।
23425 घिडघिडाउनु स.क्रि. आफ्नो कार्यसिद्धिका निम्ति अर्कालाई दिक्क लाग्ने गरी पुकार्नु; घिडघिड गर्नु।
23426 घिडघिडे वि. घिडघिड गर्ने; घडघडे।
23427 घिडघिडो वि. १. छोड्न पनि नसकिने र स्वीकार गरिहाल्न पनि नहुने।
23428 घिडघिडो वि. २. कत्ति नै सम्झाएबुझाए पनि नमान्ने; एकोहोरो।
23429 घिडघिडो वि. ३. मर्न लागेको; अधमरो। ना.
23430 घिडघिडो वि. ४. आँटेको काम गर्न नपाउँदा हुने मनको बेचैनी।
23431 घिडघिडो वि. ५. धोको; अन्तिम इच्छा।
23432 घिन ना. कुनै मन नपर्दो वा फोहर कुरो देख्ता मनमा हुने सिकसिको; घिन; घृणा।
23433 घिनलाग्दो वि. १. फोहर; फोहरी।
23434 घिनलाग्दो वि. २. अनाचारी। स्त्री. घिनलाग्दी।
23435 घिनाइ ना. घिनाउने भाव, क्रिया वा प्रक्रिया।
23436 घिनाइनु अ.क्रि. घिन मानिनु।
23437 घिनाउनु अ.क्रि. १. अ.क्रि. घिन मान्नु; सिकसिको लाग्नु; दिगमिगाउनु। स.क्रि.
23438 घिनाउनु अ.क्रि. २. घृणा गर्नु; छिःछिः र दूरदूर गर्नु।
23439 घिनाहा वि. घिनलाग्दो; फोहरी; दुष्ट।
23440 घिन्ताङघिन्ताङ क्रि.वि. १. मादल बजाउँदा आवाज आउने किसिमले। ना.
23441 घिन्ताङघिन्ताङ क्रि.वि. २. त्यसरी आएको तिखो आवाज।
23442 घिन्तामुनी ना. १. मादल बजाएर नाच्ने एक प्रकारको नाच।
23443 घिन्तामुनी ना. २. त्यस्तो नाच नाच्ने व्यक्ति।
23444 घिरघर क्रि.वि. १. १ पाङ्ग्रा लागेको वस्तु घिसार्दा वा गुडाउँदा शब्द आउने गरी।
23445 घिरघर क्रि.वि. २. घुर्रो घुम्दा आवाज निस्कने चालमा।
23446 घिरघराइ ना. घिरघर शब्द आउने क्रिया वा प्रक्रिया।
23447 घिरघराइनु अ. क्रि. घिरघिर होइनु।
23448 घिरघराउनु अ. क्रि. घिरघर आवाज आउनु।
23449 घिरघिरे वि. घिरघिर गर्ने।
23450 घिरिङ ना. १. चिप्लेर वा घिसेर खेलिने एक प्रकारको खेल; चिप्लेटी।