Dictionary

All Word

23501 घुँगुरा ना. ४. दुर्गम स्थानमा जाने हुलाकीका लट्ठीमा जडिएको छर्ल्याङछर्ल्याङ गर्ने वस्तु।
23502 घुँगुरावाल ना. १. घुँगुरा लगाउने वा बेच्ने।
23503 घुँगुरावाल ना. २. घुँगुरा बजाउँदै हिँड्ने।
23504 घुँगुरावाल ना. ३. घुँगुरा हुने।
23505 घुँगुरिनु अ. क्रि. बाटुलो पर्नु; घुम्रिनु; गुँडुल्किनु।
23506 घुँगुरो वि. १. बाटुलो परेको; वृत्ताकार परेको; घुमेको; घुङुरो। ना.
23507 घुँगुरो वि. २. हे. घुँगुरा।
23508 घुँगुर्किनु अ. क्रि. घुँगुरो पर्न; मुन्द्रा पर्न; बाटुलो हुनु।
23509 घुँगुर्क्याइ ना. घुँगुर्किने क्रिया वा प्रक्रिया।
23510 घुँगुर्क्याइनु क.क्रि. घुँगुर्किने पारिनु।
23511 घुँगुर्क्याउनु प्रे. क्रि. घुँगुर्किने पार्नु; मुन्द्रामुन्द्रा बनाउनु।
23512 घुँगुर्क्याहट ना. घुँगुर्किने किसिम वा अवस्था।
23513 घुँगुर्क्याहा वि. घुँगुर्किने।
23514 घुँगुऱ्याइ ना. घुँगुरिने काम वा प्रक्रिया।
23515 घुँगुऱ्याइनु क.क्रि. घुँगुरो पारिनु; घुँगुरिने बनाइनु।
23516 घुँगुऱ्याउनु प्रे. क्रि. घुँगुरो पार्नु; बाटुलो वा गोलाकार पार्नु।
23517 घुँगुऱ्याहट ना. घुँगुरिने काम वा अवस्था।
23518 घुँगे ना. १. घुँगी खाने व्यक्ति।
23519 घुँगे ना. २. कसैलाई हेय ठानेर गाली गरिने शब्द। स्त्री. घुँगी।
23520 घुँग्रुके वि. १. घुँग्रुक्क परेको; घुमुर्किएको; घुँगुर्किएको; घुङ्रुके।
23521 घुँग्रुक्क / घुङ्रुक्क क्रि.वि. घुँगुरा पर्ने गरी; मुन्द्रा पर्ने किसिमले।
23522 घुँघुँ ना. सुँगुर (बालबोलीमा )।
23523 घुँघुँर ना. सुँगुर, बँदेल, बङ्गुर आदिका गलाबाट निस्कने शब्द वा आवाज।
23524 घुँडा ना. १. हे. घुँडो।
23525 घुँडा ना. २. मुख्य ठाउँ (दिव्य.)।
23526 घुँडाघुँडा वि. १. घुँडासम्म आउने (पानी)।
23527 घुँडाघुँडा वि. २. घुँडासम्म पुगेको (कट्टु, धोती आदि)।
23528 घुँडाधसाइ ना. धेरै मिहिनेत वा बल गर्ने काम।
23529 घुँडामुताइ ना. बिग्रँदो वा निर्धो चाल (उदा.- यस्तो घुँडामुताइले पनि के काम हुन्छ र!)।
23530 घुँडी ना. १. तुना वा टाँकको साटो पस्यौटामा घुसार्ने गरी बनाएको धातु वा कपडा आदिको डल्लो; एक प्रकारको टाँक।
23531 घुँडी ना. २. दाम्लाका एक छेउका टुप्पाको गाँठो।
23532 घुँडी खोप्रो ना. घुँडीदेखि मुनि वा पछाडिपट्टिको खोबिल्टो।
23533 घुँडी घर ना. घुँडा पसाउनका निम्ति दोब्याइएको तुनु; पस्यौटो।
23534 घुँडे वि. १. मोटा वा ठुला घुँडा हुने; घुँडाजस्तो; घुँडासम्म आउने।
23535 घुँडे वि. २. जात वा पड्क्तिमा लाग्ने।
23536 घुँडे भाग ना. जन्ती आएका दिन दुलहीतर्फबाट दुलाहालाई दिइने र जन्तेबाख्रो खाने दिन दुलाहातिरकाले दुलहीलाई दिइने विशेष भाग।
23537 घुँडे सुरुवाल ना. घुँडासम्म आउने सुरुवाल; लामो सुरुवाल काटेर घुँडासम्म राखिएको बुच्चे सुरुवाल; जाँघे।
23538 घुँडो ना. तिघ्रा र पिडौलाका बिचको अघिल्लो भागमा डल्लो वा पाङ्ग्रोजस्तो भई उठेको अङ्ग; तिघ्रा र पिडौँलाको जोर्नी परेको ठाउँ।
23539 घुइँकिनु अ. क्रि. १. कुनै वस्तु वेगसित जानु; हुत्तिनु।
23540 घुइँकिनु अ. क्रि. २. हानिनु।
23541 घुइँकिनु अ. क्रि. ३. बित्नु; मर्नु; नासिनु।
23542 घुइँकिनु अ. क्रि. ४. कुनै काम सजिलैसित बन्नु वा तामेल हुनु।
23543 घुइँक्याइ ना. घुइँकिने क्रिया वा प्रक्रिया।
23544 घुइँक्याइनु क.क्रि. घुइँकिने पारिनु।
23545 घुइँक्याउनु स.क्रि. १. कुनै वस्तुलाई जोडसित फ्याँक्नु; वेगले हुत्याउनु; हान्नु।
23546 घुइँक्याउनु स.क्रि. २. कुनै काम सजिलैसित पार लाउनु।
23547 घुइँक्याउनु स.क्रि. ३. सर गर्नु; जित्नु।
23548 घुइँचो ना. धेरै मानिसहरूको भिडभाड; घन्चमन्च; घचारो; ठेलमठेल।
23549 घुइरो ना. थाहा नपाइँदो गरी सुनिएको भित्री कुरो; हल्ला।
23550 घुइरोघुइरो ना. मित्रभित्रै चलेको हल्ला; खासखुस; गल्लीहल्ला।