Dictionary

All Word

23601 घुट्ट क्रि.वि. झोल वस्तु निल्दा घाँटीबाट शब्द उत्पन्न हुने गरी।
23602 घुट्टघुट्ट क्रि.वि. त्यस्तो शब्द पटकपटक आए जस्तै।
23603 घुण ना. १. अन्न।
23604 घुण ना. २. हे. घुन।
23605 घुणाक्षरन्याय ना. घुनले पात खाँदै जाँदा संयोगवश कुनै अक्षर बने जस्तै मिहिनेत नगरी कुनै काम सिद्ध हुने प्रक्रिया।
23606 घुत्रुक्क क्रि.वि. १. कुनामा एकातिर गएर घुस्रने किसिमले; घुस्रुक्क; घुप्लुक्क।
23607 घुत्रुक्क क्रि.वि. २. तुरुन्तै मर्दाको चालमा; खुत्रुक्क।
23608 घुन ना. अन्न, काठपात आदिमा लाग्ने, फुस्रा र काला रङका पखेटा हुने एक प्रकारको सानो किरो; घुण।
23609 घुनघुन क्रि.वि. भमरा, माहुरी आदि उड्दा वा कराउँदा शब्द आउने किसिमले; भुनभुन।
23610 घुनघुनाइ ना. घुनघुन गर्ने क्रिया वा प्रक्रिया।
23611 घुनघुनाइनु क.क्रि. घुनघुन गरिनु; भुनभुनाइनु।
23612 घुनघुनाउनु अ.क्रि. भमरा, माहुरी आदि उड्दा वा कराउँदा घुनघुन शब्द निस्कनु।
23613 घुनघुनाहट ना. घुनघुनाउने काम, चाल वा अवस्था।
23614 घुन्डी ना. १. दम दिने र सुई मिलाउने घडीका एकापट्टिको सानो डल्लो पुर्जा।
23615 घुन्डी ना. २. चर्खाको हातो; हतौडी; घुँडी।
23616 घुन्डीवाल वि. घुन्डी लागेको; घुन्डी भएको।
23617 घुन्न क्रि.वि. भमरा, माहुरी आदि उड्दा वा कराउँदा शब्द निस्कने गरी।
23618 घुन्याहा वि. घुन लाग्ने; घुनले खाएको (अन्न, काठपात आदि)।
23619 घुप्लुक्क क्रि.वि. १. भाँडो घोप्टिने वा भाँडामा रहेको वस्तु एकैचोटि पोखिने चाल झैँ।
23620 घुप्लुक्क क्रि.वि. २. मानिस एक्कासि घोप्टो परेर लड्ने गरी।
23621 घुम्नु अ.क्रि. १. कमजोरी आदिले चक्कर खानु; रिङ्नु; चक्कराउनु।
23622 घुम्नु अ.क्रि. २. मन्दिर, मण्डप आदिलाई परिक्रमा गर्नु; प्रदक्षिणा गर्नु।
23623 घुम्नु अ.क्रि. ३. यताउति डुल्नु; टहल्नु।
23624 घुम्नु अ.क्रि. ४. काम न काजसित लरखराउनु; अल्लारिनु।
23625 घुम ना. चोयाले बुनेका दुइटा चित्रा भित्रबाहिर पारी बिचमा पातले छापेको, लाम्चिलो, चारकुने र दुइपाखे छाता वा ओढो; स्याखु।
23626 घुमक्कड वि. घुमफिर गर्ने बानी भएको; डुल्ने स्वभावको; घुमुवा; डुलुवा।
23627 घुमघाम ना. घुम्नेफिर्ने काम; डुलडाल; हिँडडुल।
23628 घुमफिर ना. यताउता घुम्नेफिर्ने काम; डुलफिर; हिँडडुल।
23629 घुमराडी ना. घुमजस्तो दुईपाखे पारी टाउकामा जुरोसमेत निकालेको राडी; बक्खु।
23630 घुमाइ ना. घुम्ने काम वा प्रक्रिया।
23631 घुमाइनु क.क्रि. घुम्न लाइनु; रिँगाइनु।
23632 घुमाउ ना. घुमाव।
23633 घुमाउनु प्रे. क्रि. घुम्ने काम गराउनु; रिँगाउनु; डुलाउनु।
23634 घुमाउने वि. १. घुम्न लाउने; घुमाएको; रिङाउने।
23635 घुमाउने वि. २. घुमाउरो परेको; फेरो पार्ने।
23636 घुमाउने घर ना. घुमाउरो छानो भएको घर; पाखा नछुट्टिने गरी बनाइएको, बाटुलो छानो भएको घर।
23637 घुमाउने चौतारो ना. वरिपरि घुमाएर वृत्ताकार पारी बनाइएको चौतारो।
23638 घुमाउने टपरी ना. वरिपरि बिट राखेर वृत्ताकार हुने गरी गाँसिएको, ठुलो खालको टपरी।
23639 घुमाउने दह ना. १. पानीको चक्का घुमेको देखिने वा भुँवरी परेको दह।
23640 घुमाउने दह ना. २. रिँगाउने खालको, कहालीलाग्दो दह।
23641 घुमाउरो वि. घुमेको; फेरो परेको; बाङ्गोटिङ्गो; सोझो नभएको बाटो, खोलो, कुरो इ.)।
23642 घुमाव ना. समभूमिमा देखिने नदीको मोड; घुम्ती।
23643 घुमिनु अ.क्रि. घुम्ने काम गरिनु; चक्कर खाइनु।
23644 घुमीफिरी क्रि.वि. सबैतिर घुमेर; घुमफिर वा घुमघाम गरेर।
23645 घुमुवा वि. घुमफिर गर्ने; डुल्ने स्वभावको; डुलुवा; घुमक्कड।
23646 घुमौटो ना. १. घुम्टो। वि.
23647 घुमौटो ना. २. घुमाउरो; घुमुवा; फेरो पर्ने
23648 घुमौरो वि. हे. घुमाउरो।
23649 घुम्टी ना. बिहामा दुलहीको शिर ढाक्ने सितारा, जरी आदि जडिएको फलफल गर्ने मूल्यवान् पछ्यौरा।
23650 घुम्टो ना. १. प्रायः विवाहित स्त्रीहरूले मर्यादाका निम्ति कपाल छोप्ने पछ्यौरा; कपाल ढाक्ने पछ्यौरी वा सारीको फेर; छोपो घुम्टी।