Dictionary

All Word

23651 घुम्टो ना. २. आमा, बाबु आदि आत्मीय जन मर्दा पर्ने संस्कार-कर्मअनुसारको आशौच वा जुठो।
23652 घुम्टो ना. ३. आकाशमा थपिंदै वा धुम्मिँदै गएको बादलको अंश। (उदा.- हिमालमाथि बादलले भखरै घुम्टो हालेको थियो।)
23653 घुम्ट्यौली वि. घुम्टाले शिर छोपेकी; घुम्टो हालेकी।
23654 घुम्ती ना. १. घुमाउरो परेको बाटो; घुम्नुपर्ने ठाउँ; कुहुनेटो; मोड। वि.
23655 घुम्ती ना. २. घुम्ने खालको; घुमेको; घुमाउरो।
23656 घुम्ती अदालत ना. सरकारबाट जिल्लाजिल्लामा छिन्न बाँकी रहेका मुद्दामामिलाहरू छिनाउन र दुनियाँलाई पिरमर्का परेमा न्याय, इन्साफ दिनदिलाउन दौडाहाका रूपमा खडा गरिएको अदालत।
23657 घुम्ती अस्पताल ना. जनतामा स्वास्थ्यसेवा पुयाउन जिल्लाजिल्ला वा गाउँगाउँमा घुम्ने व्यवस्था गरिएको वा त्यसरी आंशिक समयका निम्ति कुनै ठाउँमा चलाइएको अस्पताल।
23658 घुम्ती खेती ना. नयाँनयाँ ठाउँ फेरेर वा एक बाली पाक्ता नपाक्तै अर्को बाली लगाउने गरी गरिने खेती।
23659 घुम्ती पुस्तकालय ना. गाडी वा यानद्वारा प्रमुख स्थलमा घुम्दै सर्वसाधारण सदस्यहरूलाई पुस्तक लेनदेनको सेवा पुयाउने वा कुनै ठुलो पुस्तकालयको त्यस्तो अङ्ग।
23660 घुम्ती लिक ना. रोपवे क्यारियर आउँदा जाँदा स्टेसनमा गुड्न बनाइएको लिक।
23661 घुम्रिनु अ.क्रि. घुँगुरिनु; मुन्द्रा पर्नु।
23662 घुम्रे वि. १. घुम्रो परेको; मुन्द्राजस्तो बनेको; घुँगुरिएको।
23663 घुम्रे वि. २. बेकम्मा; काम नलाग्ने।
23664 घुम्य्राइ ना. घुम्रिने क्रिया वा प्रक्रिया।
23665 घुम्य्राइनु क.क्रि. घुम्रिने पारिन्।
23666 घुम्य्राउनु स.क्रि. घुँगुऱ्याउनु।
23667 घुम्य्राहट ना. घुम्रिने काम वा अवस्था।
23668 घुम्य्राहा वि. घुम्रिने खालको।
23669 घुयेँत्रो ना. डोरीको बिचमा ढुड्गो राखी हातले घुमाएर हान्ने एक किसिमको अस्त्र।
23670 घुर्नु अ.क्रि. १. निदाएका बेलामा घाँटीबाट घुरघुर शब्द निस्कनु।
23671 घुर्नु अ.क्रि. २. घुर्रघुर्र शब्द आउने गरी ढुकुर, परेवा आदि बोल्नु।
23672 घुर्नु अ.क्रि. ३. मही पार्दा घारघुर शब्द निस्कनु।
23673 घुर १ ना. १. तिघ्रा, जाँघ (जस्तो- घुर जोर्नु, घुर थाप्नु, घुर थापेर सुत्नु इ.)।
23674 घुर १ ना. २. काख।
23675 घुर १ ना. ३. सुत्ने ठाउँ; शयनस्थान, ओछ्यान; बिछ्यौना। वि.
23676 घुर १ ना. ४. अदृश्य; नदेखिने (जस्तो- घुरमैलो।)
23677 घुर २ ना. परेवा, माछा आदिको गुँड।
23678 घुर ३ ना. भयास, झिँगटा आदि; घुरा।
23679 घुर ४ ना. मधेसमा गाउँघर र सहर बजारतिर झासमुस बालेर आगो ताप्न बनाइने अगेन; घुर।
23680 घुरघुर क्रि.वि. १. निदाएका बेला घाँटीबाट शब्द निस्कने गरी।
23681 घुरघुर क्रि.वि. २. ढुकुर, परेवा आदि कराउने किसिमले।
23682 घुरघुर क्रि.वि. ३. मही पार्दा शब्द निस्कने चालसँग।
23683 घुरघुराइ ना. घुरघुराउने क्रिया वा प्रक्रिया।
23684 घुरघुराइनु क.क्रि. निद्रामा घुरघुर शब्द निकालिन; घुरघुर आवाज आउने पारिनु।
23685 घुरघुराउनु क्रि. १. निदाएका बेलामा घाँटीबाट शब्द निकाल्नु; घुर्रघुर्र शब्द गर्नु।
23686 घुरघुराउनु क्रि. २. परेवा, ढुकुर आदि कराउनु; घुर्नु।
23687 घुरघुराउनु क्रि. ३. मही पार्दा शब्द निस्कनु।
23688 घुरघुराहट ना. घुरघुराउने काम वा अवस्था।
23689 घुरण ना. सुँगुर, बङ्गुर आदि कराउँदाको आवाज; घुँघुर।
23690 घुरमैलो वि. १. अलिअलि बादल लागेको; नजानिँदो मैलो।
23691 घुरमैलो वि. २. अँध्यारो अँध्यारो वा रछाहारछाहा परेको।
23692 घुराइ ना. घुर्ने क्रिया वा प्रक्रिया।
23693 घुराइनु क.क्रि. घुर्न लाइनु।
23694 घुराउनु प्रे. क्रि. घुर्न लाउनु।
23695 घुरान ना. १. धुलोमूलो, कसिङ्गर आदिको थुप्रो।
23696 घुरान ना. २. मल आदि फोहोर वस्तुको थुप्रो।
23697 घुरिनु अ.क्रि. घुराइको शब्द निकालिनु।
23698 घुर्की ना. १. धोको पूरा गर्नका निम्ति गरिएको बिठ्याइँ; देखावटी रिस।
23699 घुर्की ना. २. उल्टो धम्की।
23700 घुर्क्याइ ना. घुर्की लगाउने काम वा प्रक्रिया।