Dictionary

All Word

23701 घुर्क्याइनु क.क्रि. घुर्की लाइनु।
23702 घुर्क्याउनु स.क्रि. घुर्की लाउनु; घुर्की देखाउनु।
23703 घुर्क्याहट ना. घुर्क्याउने काम वा अवस्था।
23704 घुर्क्याहा वि. घुर्की लाउने।
23705 घुर्घुरे ना. मित्र चिसो माटो भएको ठाउँमा माथिमाथि खन्ने एक जातको किरो
23706 घुर्चो ना. घिच्रो; घुच्चुक।
23707 घुर्बिसो ना. फूलमा लचेप्रै रस भरिएर रहने, बिब्ल्याँटोपट्टि फुस्रा पात हुने, एक जातको पोथ्रो वा रुख।
23708 घुर्बैंसो ना. एक जातको बैँसको बोट।
23709 घुर्मिलो ना. ससाना मसिना पात हुने, खान हुने फल लाग्ने, एक खालको लहरो।
23710 घुर्मी ना. पाक्दा पहेँलो हुने, गोलभेँडाका आकारको र अमिलो स्वाद हुने फल फल्ने, एक जातको लहरो।
23711 घुर्मैलो वि. हे. घुरमैलो।
23712 घुऱ्यान ना. गाउँघरमा करेसाबारीको नजिकै रहेको भाँडा माझ्ने ठाउँ; घुरान।
23713 घुर्र क्रि.वि. १. निदाएका बेलामा घाँटीबाट घुरेको शब्द निस्कने गरी।
23714 घुर्र क्रि.वि. २. ढुकुर, परेवा आदि घुर्दा शब्द आउने किसिमले।
23715 घुर्र क्रि.वि. ३. गह्रौँ वस्तु घिसार्दा शब्द आउने चालमा।
23716 घुर्रघुर्र क्रि.वि. उपर्युक्त सबै किसिमले पटक-पटक शब्द आउने गरी।
23717 घुर्रा / घुर्रो ना. १. मही पार्दा मदानीको सर छिराएर अड्याइरहने काठको प्वाल भएको चक्का।
23718 घुर्रा / घुर्रो ना. २. रोटेपिङमा पिर्का अड्याउने साधन।
23719 घुर्रा / घुर्रो ना. ३. बिचमा प्वाल पारी धागो वा सानो खिरिलो डोरी छिराएर फनफनी घुमाउँदै र घुरघुर आवाज निकाल्दै खेलिने काठको पाङ्ग्रो।
23720 घुर्रा / घुर्रो ना. ४. ह्याकुलाको उठेको बाहिरी भाग (प्रायः बस्तुभाउको)।
23721 घुलित वि. हे. घोलित।
23722 घुल्ल क्रि.वि. पखाला लाग्दा पेट कराउने किसिमले।
23723 घुस्नु स.क्रि. १. बलैसँग वा बाधाविरोधको पनि वास्ता नगरी भित्र जानु; प्रवेश गर्नु; पस्नु; छिर्नु।
23724 घुस्नु स.क्रि. २. भिडभाडको बिचमा पुग्नु; घुस।
23725 घुस ना. अड्डा आदिमा परेको काम आफ्नो हुँदो गराउनका निम्ति त्यस्तो गरिदिने कर्मचारीलाई अवैध रूपमा दिइने धनमाल; उत्कोच।
23726 घुसखोर वि. घुस खाने; घुस्याहा।
23727 घुसखोरी ना. घुस खाने काम।
23728 घुसघुस क्रि.वि. भित्रभित्रै छासछुस कुरा लाउने चालसँग; चुक्ली लाउने किसिमले।
23729 घुसघुसे वि. घुसघुस गर्ने; छासछुस कुरा लाउने; चुक्ली लाउने; मुसमुन्द्रे।
23730 घुसमुन्टिनु अ.क्रि. १. भुईंमा मुख जोतिने गरी पछारिनु; घुसमुन्टो हुने गरी लड्नु।
23731 घुसमुन्टिनु अ.क्रि. २. उभिन्डिनु; घोप्टिनु।
23732 घुसमुन्टे वि. १. भुइँतिर मुन्टो फर्काएको, घुसमुन्टो भएको।
23733 घुसमुन्टे वि. २. घोसे, अँध्यारमुखे; अँध्यारखाउडे।
23734 घुसमुन्टो ना. १. भुइँतिर फर्किएको मुन्टो; घोसे पारिएको मुन्टो; तलतिर झुकेको मुन्टो वा मुख।
23735 घुसमुन्टो ना. २. घोप्टो परेको मुन्टो; उभिन्डो अनुहार।
23736 घुसमुन्ट्याइ ना. १. १ घुसमुन्टिने क्रिया वा प्रक्रिया।[घुसमुन्ट्याउ+आई]
23737 घुसमुन्ट्याइ ना. २. घुसमुन्ट्याउने क्रिया वा प्रक्रिया।
23738 घुसमुन्ट्याइनु क.क्रि. घुसमुन्टिने काम गरिन्।
23739 घुसमुन्ट्याउनु प्रे. क्रि. भुईंमा मुख जोतिने गरी पछार्नु; घुसमुन्टिन लाउनु।
23740 घुसमुन्ट्याहट ना. घुसमुन्टिने अवस्था, क्रिया वा प्रक्रिया।
23741 घुसरपन्जा ना. १. दनादन दिइने घुस्सा वा घुच्चा; लगातारको मुक्की।
23742 घुसरपन्जा ना. २. त्यस प्रकारको लडन्त वा भिडन्त।
23743 घुसरपन्जा ना. ३. मर्ने स्थिति; मराइ। (उदा.- जोखिमसित खेल्ने मान्छे घुसरपन्जा हुन कति बेर!)।
23744 घुसरपन्जा ना. ४. भुईंमा घिसारेर कौडा हान्ने एक चाल।
23745 घुसाइ ना. १. घुस्ने क्रिया वा प्रक्रिया। [घुसाउ + आइ]
23746 घुसाइ ना. २. घुसाउने क्रिया वा प्रक्रिया।
23747 घुसाइनु क.क्रि. घुस्न लाइनु।
23748 घुसाउनु प्रे. क्रि. पसाउनु; छिराउनु; घुसार्नु; घुस्न लाउनु।
23749 घुसान ना. बढारकुँढार गरिने कुनै वस्तुको रहलपहल; घुरान; कसिङ्गर।
23750 घुसार्नु स.क्रि. १. कुनै वस्तु पुग्ने ठाउँमा घुसाउनु, छिराउनु वा पसाउनु।