Dictionary

All Word

23851 घोकाइ ना. घोक्ने काम वा प्रक्रिया।
23852 घोकाइनु क.क्रि. घोक्न लाइनु।
23853 घोकाउनु प्रे. क्रि. घोक्न लाउनु; रटाउनु।
23854 घोकिनु क.क्रि. घोक्ने काम गरिनु; रटिनु।
23855 घोकुवा वि. धेरै घोक्ने; घोकन्ते।
23856 घोक्रिनु अ.क्रि. १. घोक्रोजस्तो समरो हुनु।
23857 घोक्रिनु अ.क्रि. २. छिप्पिन; जालो पस्नु ( घिरौँला आदि)।
23858 घोक्रिनु अ.क्रि. ३. घोक्रामा समातिएर धकेलिनु; गर्दनमा अँठ्याइएर उछिट्टिनु; गलहत्तिनु।
23859 घोक्रेछुत्ती/ घोक्रेसुत्ती ना. घोक्रामा समातेर हुत्याउने क्रिया; गलहत्ती; ठ्याक खुवाउने काम।
23860 घोक्रो ना. श्वासनली तथा गोजेरोभन्दा माथि र हाब्रोभन्दा तलतिरको भाग; घाँटी; गर्धन; घिच्रो।
23861 घोक्य्राइ ना. घोक्र्याउने क्रिया वा प्रक्रिया।
23862 घोक्य्राइनु क.क्रि. घोक्रिने पारिनु; गलहत्याइनु।
23863 घोक्य्राउनु स.क्रि. कसैलाई घोक्रामा समातेर हुत्त्याउनु; गलहत्याउनु; गर्दन्याउनु।
23864 घोक्य्राउने ना. १. डाँडाभाटा गर्नुभन्दा पहिले ठुलाठुला काठ वा बाँस छानाका दुवै पाखाबाट धुरीसम्म ल्याएर जोडिने सामान; भ्याल्सी। वि.
23865 घोक्य्राउने ना. २. घोक्रामा समातेर हुत्त्याउने। (उदा.- घोक्य्राउनेले घोक्य्राइहाल्यो, अब पाखुरा निमोठेर के गर्नु ! )।
23866 घोक्य्राहट ना. घोक्य्राउने वा गलत्त्याउने काम वा अवस्था।
23867 घोगचा ना. माटाको भाँडो बनाउँदा प्रयोग गरिने काठको विशेष प्रकारको मुङ्ग्रो।
23868 घोगाघोगी ना. सानाठुला धेरै घोगा।
23869 घोगी ना. सानो घोगो।
23870 घोगे ना. १. घोगा झैँ भएर ज्वानाका दाना जस्ता गेडा फल्ने र ढक्कीहरू बनाइने एक जातको भार। वि.
23871 घोगे ना. २. घोगो भएको; घोगो लागेको।
23872 घोगे चाँप ना. सेता ठुलठुला दलका बिचमा घोगोजस्तो कर्णिकार फूल फुल्ने एक जातको चाँप; राजचम्पक।
23873 घोगे बाली ना. घोगाका रूपमा फल्ने अन्नको बाली ( मकैबाली )।
23874 घोगो ना. १. खोयामा घर हार परेर गेडा लागेको, मकैको लाम्चो सिङ्गो फल।
23875 घोगो ना. २. त्यस्तै आकारको फल वा फूल।
23876 घोग्यानी ना. धेरै घोगा भएको वा घोगा लाग्ने ठाउँ; घोगाहरूको समूह।
23877 घोघे ना. बदमास खालका बस्तु बाँध्न प्रयोग गरिने पाट वा भुत्लाको लठारे डोरी।
23878 घोच्नु स.क्रि. १. कुनै वस्तुभित्र तिखो वा धारिलो वस्तु पसाल्नु; घोप्नु; रोप्नु।
23879 घोच्नु स.क्रि. २. ठोस्नु, कोच्नु।
23880 घोच्नु स.क्रि. ३. मर्म पर्ने गरी भन्नु; घोचपेच गर्नु।
23881 घोच्नु स.क्रि. ४. बारम्बार सम्झाउनु; अर्ती दिनु; प्रेरित गर्नु।
23882 घोचघाच ना. १. घोच्नेवर्ने काम।
23883 घोचघाच ना. २. घोचपेच गर्ने काम।
23884 घोचपेच ना. अर्कालाई मर्म पर्ने गरी भनिएको कुरो; बिझ्ने वा चित्त दुख्ने कुरो; छेडछाड।
23885 घोचाइ ना. घोच्ने क्रिया वा प्रक्रिया।
23886 घोचाइनु क.क्रि. घोच्न लाइनु; घोपाइनु।
23887 घोचाउनु प्रे. क्रि. घोच्न लाउनु; घोपाउनु।
23888 घोचाघोच ना. परस्परमा घोच्ने काम; परस्परको घोचाइ; घोचपेच; छेडछाड।
23889 घोचाघोची ना. सानाठुला धेरै घोचा।
23890 घोचिनु स.क्रि. घोपिनु; रोपिनु।
23891 घोचिलो वि. घोच्ने; घोच्ने खालको।
23892 घोचुवा वि. घोच्न खोज्ने; घोच्ने।
23893 घोचो ना. बार बार्नका निम्ति र गाईगोरुका लागि छहारी बनाउनका निम्ति खाँबा, खुट्टी हुने खालको लङ्गुरो।
23894 घोट्नु स.क्रि. १. कुनै कडा वस्तुलाई चिल्लो, चम्किलो पार्नका निम्ति अर्को वस्तुमा मल्नु वा रगेड्नु।
23895 घोट्नु स.क्रि. २. खल गर्नु; पिँध्नु।
23896 घोट्नु स.क्रि. 3. खुबसित काम लगाउनु; जोत्नु।
23897 घोट ना. घोट्ने वा दल्ने काम; घोटाइ वा दाइ।
23898 घोटघाट ना. घोट्नेवर्ने काम।
23899 घोटा ना. हे. घोट्टा।
23900 घोटाइ ना. घोट्ने क्रिया वा प्रक्रिया।