Dictionary

All Word

24001 घोर्ले वि. ३. डँडाक; जखमले (खसी, स्याल आदि )।
24002 घोल्नु स.क्रि. १. झोल पदार्थलाई डाडु, पन्यु, दाबिलो आदिले चलाउनु; हुँडल्नु; घालघुल गर्नु।
24003 घोल्नु स.क्रि. २. रयालिने गरी चलाउनु; मथ्नु।
24004 घोल ना. १. औषधी, पिठो आदि मिलाई घोलेको लेदो; घोलिएको झोल पदार्थ।
24005 घोल ना. २. मही; मट्ठा; लस्सी।
24006 घोलक ना. कुनै ठोस पदार्थलाई घोल्न वा मिलाउन सक्ने तरल पदार्थ।
24007 घोलघाल ना. घोल्नेवर्ने काम; रयाल्ने, हुँडल्ने वा फिट्ने काम।
24008 घोलन ना. तरल पदार्थ र ठोस पदार्थ घोलिएर तयार गरिएको वस्तु।
24009 घोलाइ ना. घोल्ने किसिम, क्रिया वा भाव।
24010 घोलाइनु क.क्रि. घोल्न लाइनु।
24011 घोलाउनु प्रे. क्रि. घोल्न लाउनु; हुँडलाउनु।
24012 घोलाघोल ना. तरल पदार्थ तथा ठोस पदार्थलाई घोल्ने वा हुँडल्ने काम।
24013 घोलित वि. घोलकमा बिलाउने वा बिलिएर तरल बन्ने। (पानी घोलक हो भने त्यसमा बिलाउने नुन, चिनी घोलित हुन्)।
24014 घोलिनु क.क्रि. घालघुल पारिनु; हुँडलिनु।
24015 घोलुवा वि. घोलेको; घोलेर बनाइएको।
24016 घोष १ ना. स्वरचिम्टी नजिकिएर दबाब र प्रकम्पनका साथ उच्चारित हुने ध्वनि। [ग्, ज्, ड्, द्, ब्, घ्, झ्, ढ्, ध्, भ्, ङ्, न्, म्, य्, र्, ल्, व्, ह् ध्वनि]
24017 घोष २ ना. १. ठुलो आवाज; चर्को शब्द; गुञ्जित ध्वनि।
24018 घोष २ ना. २. घोषणा; डुङ्ग्री; डुन्डी।
24019 घोष २ ना. ३. हल्ला; अफबाह।
24020 घोष २ ना. ४. तालका साठी भेदमध्ये एक।
24021 घोषक वि. १. घोषणा गर्ने।
24022 घोषक वि. २. घोष निकाल्ने।
24023 घोषण ना. घोषणा गर्ने क्रिया वा भाव; ठुलो स्वरको गर्जना।
24024 घोषणा ना. १. कुनै कुरो ठुलो स्वरले सुनाउने काम; केही कुराका बारेमा निश्चयसाथको भनाइ।
24025 घोषणा ना. २. राजाबाट देशवासीका नाममा भएको आज्ञा; राजाको हुकुम।
24026 घोषणापत्र ना. कुनै संस्था वा व्यक्तिको कुनै कुरामा उद्देश्य वा सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र ( संस्थाको घोषणापत्र, चुनावको घोषणापत्र इ.)।
24027 घोषित वि. १. १ घोषणा गरिएको; ठुलो स्वरले केही कुरा सुनाइएको; केही कुरा निश्चयसाथ भनिएको।
24028 घोषित वि. २. राजाज्ञा भएको।
24029 घोषीभवन ना. १. शब्दभित्र रहेका प्रथम र द्वितीय वर्णहरूका स्थानमा तृतीय, चतुर्थ र पञ्चम वर्णहरू हुने काम वा स्थिति।
24030 घोषीभवन ना. २. अघोष ध्वनिहरूका स्थानमा सघोष ध्वनिहरू रहने प्रक्रिया (काक > काग, शूकर > सुँगुर, घोटक > घोडो इ.)।
24031 घोसिउँ वि. कुप्रो परेको; निहुरिएको; घोस्यूँ (कोदालो, कोदाली आदि)।
24032 घोसे वि. १. केही नबोली झोक्राइरहने; अँध्यारो मुख भएको; अँध्यारमुखे; अँध्यारखाउडे।
24033 घोसे वि. २. कुप्रिएको; कुप्रे (कोदालो, कोदाली आदि हतियार)।
24034 घोसे मुन्टो ना. निहुरिएको वा झोक्रिएको मुन्टो; केही नबोली घोत्लिइरहेको अनुहार; अँध्यारो मुख।
24035 घोसो ना. अँध्यारो वा निन्याउरो मुख; तलतिर फर्किएको अनुहार।
24036 घोस्यूँ वि. हे. घोसिउँ।
24037 घोस्सिनु अ.क्रि. रिसाएर घोसे मुन्टो लगाउनु; ठुस्स पर्नु; घोसे हुनु।
24038 घोस्स्याइ ना. घोस्सिने क्रिया वा भाव।
24039 घोस्स्याइनु क.क्रि. घोस्सिन लाइनु।
24040 घोस्याउनु प्रे. क्रि. घोस्सिन लाउनु; घोसे पार्नु; ठस्स पार्नु।
24041 घोस्स्याहट ना. घोस्सिने क्रिया वा चाल।
24042 घोस्स्याहा वि. घोसे हुने; घोसे भएको।
24043 घौर ना. ताड वृक्षका पात र फूलको गुच्छो वा झुप्पो।
24044 घ्न वि. (उत्तरपदका रूपमा जोडिएर ) हत्या गर्ने; मार्ने वा नष्ट गर्ने अर्थ दिने (शत्रुघ्न कृतघ्न इ.)।
24045 घ्यँकाइ ना. घ्याँक्ने क्रिया वा प्रक्रिया।
24046 घ्यँकाइनु क.क्रि. घ्याँक्न लाइनु।
24047 घ्यँकाउनु प्रे. क्रि. घ्याँक्न लाउनु; घ्यँकाउनु।
24048 घ्या ना. आर्घो; घेवा।
24049 घ्याँक्नु स.क्रि. १. गर्दनमा समातेर थिच्न; ङ्याक्नु।
24050 घ्याँक्नु स.क्रि. २. आक्रमण गर्नु; झम्टनु।