Dictionary

All Word

24101 घ्वाप्ल्याक्क क्रि.वि. भाँडाको वस्तु एकै पटक घोप्ट्याउने किसिम।
24102 घ्वारघ्वार क्रि.वि. १. घाँटीमा कफ जमेका बेला सास फेर्दा आवाज आउने चालले।
24103 घ्वारघ्वार क्रि.वि. २. बाघ, बिरालो आदि ठुलो स्वरले घुर्दा आवाज आउने किसिमले।
24104 घ्वारघ्वारी/घ्वारघ्वारती क्रि.वि. अझ छिटो घ्वारघ्वार गर्ने चालमा।
24105 घ्वार्र क्रि.वि. १. निदाएका बेला घाँटी बज्ने ढङ्गले।
24106 घ्वार्र क्रि.वि. २. बाघ, बिरालो आदि ठुलो स्वरले घुर्दा शब्द निस्कने चालले।
24107 घ्वार्र क्रि.वि. ३. घारो घिस्स्याउँदा शब्द उत्पन्न हुने किसिमले।
24108 घ्वालघ्वाल क्रि.वि. १. झोल पदार्थ खन्याउँदा वा पोखिँदा शब्द आउने किसिमले।
24109 घ्वालघ्वाल क्रि.वि. २. वायुविकार भएको अवस्थामा पेट कराउने चालले।
24110 घ्वालघ्वाली / घ्वालघ्वाल्ती क्रि.वि. घ्वालघ्वालसँग वा घ्वालघ्वाल पारेर।
24111 घ्वाल्ल क्रि.वि. घ्वालघ्वाल शब्द एकैचोटि आउने किसिमले।
24112 घ्वासघ्वास क्रि.वि. गह्रौँ वस्तु भुईंमा घिसार्दा शब्द आउने चालमा।
24113 घ्वासघ्वास्ती/घ्वासघ्वासी क्रि.वि. घ्वासघ्वास आवाज आइरहने किसिमले।
24114 घ्वास्स क्रि.वि. घ्वासघ्वासको आवाज एकैचोटि निस्कने चालमा; तिखो चालसँग घिसार्ने गरी।
24115 १. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पाँचौँ व्यञ्जनवर्ण, कण्ठ र नासिका स्थानबाट उच्चारण हुने सघोष, अल्पप्राण, अनुनासिक व्यञ्जनवर्ण, कवर्गको अन्तिम तथा पाँचौँ वर्ण, लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न, नाकथोप्ली ङ।
24116 २. लेखाइका क्रममा विषयको वर्गीकरण वा विभाजन-उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिंदा दिइने क्रमबोधक पाँचौँ चिह्न।
24117 ङकार ना. ङ अक्षर; कवर्गको अन्तिम वर्ण।
24118 ङप्लक्क क्रि.वि. हे. कप्लक्क।
24119 ङरङर क्रि.वि. बाघ, बिरालो रिसाएर कराउँदा शब्द आउने किसिमले।
24120 ङर्र क्रि.वि. ङरङरको आवाज एक पटक आउने ढङ्गले ।
24121 ङाइँङुइँ क्रि.वि. अनकनाउने गरी नाकनिक गर्ने किसिमले।
24122 ङारङुर क्रि.वि. १. कुकुर, बिराला आदिले परस्पर झगडा गर्दा कराउने चालले। ना.
24123 ङारङुर क्रि.वि. २. झगडा, बाझो।
24124 ङार्रङुर्र क्रि.वि. जोडसँग ङारङुर गर्ने गरी।
24125 ङिच्च क्रि.वि. १. दाँत देखाएर हाँस्ने चालले; किच्च।
24126 ङिच्च क्रि.वि. २. जिल्ल वाल्ल; पक्क; हिस्स। वि.
24127 ङिच्च क्रि.वि. ३. निराश भएको, जिल्लाराम परेको।
24128 ङिच्चिनु अ.क्रि. १. ङिच्च पर्नु; हिस्स पर्नु; वाल्ल पर्नु।
24129 ङिच्चिनु अ.क्रि. २. अलिअलि दाँत देखाउनु।
24130 ङिच्चे वि. दाँत देखाएर हाँस्ने वा बोल्ने।
24131 ङिच्च्याइ ना. ङिच्च गर्ने क्रिया वा प्रक्रिया।
24132 ङिच्च्याइनु अ.क्रि. ङिच्च होइनु।
24133 ङिच्च्याउनु स.क्रि. ङिच्च पार्नु; हिस्स्याउनु।
24134 ङिच्च्याहट ना. ङिच्च्याउने काम वा अवस्था।
24135 ङिच्रिक्क क्रि.वि. निराश हुने वा जिल्लिने चालले; ङिस्स; ङिच्च।
24136 ङिसिक्क क्रि.वि. थोरै ओठ खोलेर वा मन नपर्ने किसिमले हाँस्ने चालले।
24137 ङिस्स क्रि.वि. १. थोरै दाँत देखाएर हाँस्ने चालले; खिस्स; ङिच्च। वि.
24138 ङिस्स क्रि.वि. २. ङिच्च परेको; जिल्लिएको।
24139 ङिस्सिनु अ.क्रि. ङिस्स पर्नु; हिस्सिनु; जिल्लिनु।
24140 ङिस्स्याइ ना. ङिस्स पर्ने क्रिया वा प्रक्रिया।
24141 ङिस्स्याइनु क. क्रि. ङिस्स पारिनु; हिस्स्याइनु।
24142 ङिस्स्याउनु प्रे. क्रि. ङिस्स पार्नु; हिस्स्याउनु।
24143 ङिस्स्याहट ना. ङिस्स्याउने काम वा चाल।
24144 ङुप्लुक्क क्रि.वि. हे. कुप्लुक्क।
24145 ङुर्र क्रि.वि. कुकुर, बिराला आदि झगडा गर्दा कम्पित गोल ध्वनि निकालेर कराउने गरी।
24146 ङुर्रिनु अ.क्रि. रिसाउनु; झोक्किनु।
24147 ङेकुबाजा ना. सिङबाजा।
24148 ङोपा ना. देउदेउताको तथा चाडपर्वमा गर्नुपर्ने पूजाआजा गराउने राईजातिको पुरेत।
24149 ङ‍्यकाइ ना. ङ‍्या‍क्ने क्रिया वा प्रक्रिया।
24150 ङ‍्या‍काइनु क. क्रि. ङ‍्या‍क्न लाइनु।