Dictionary

All Word

24251 घण्टिका ना. १. सानो आकारको घण्ट।
24252 घण्टिका ना. २. चाँप।
24253 घण्टी ना. १. सानो घण्ट।
24254 घण्टी ना. २. साइकल आदिका अगाडि रहने, टिन्न बजाइने एक यन्त्र।
24255 घण्टी ना. ३. कार्यालय आदिमा टेबुलमा रहने र थिचेर बजाई पियन आदिलाई बोलावटको सङ्केत दिने यन्त्र।
24256 घण्टी ना. ४. कुनैकुनै घरमा जडिएको ढोकामा स्विच थिचेर आगमनको सूचना दिने यन्त्र।
24257 घण्टे वि. हे. घन्टे।
24258 घत ना. १. राम्रो वा नराम्रो हुने पूर्वलक्षण, छुक २. जोखना, आख।
24259 घत ना. ३. विचार।
24260 घत ना. ४. मनमा पर्ने असर, प्रभाव।
24261 घतघत क्रि.वि. गाग्राबाट एकैचोटि पानी खन्याउँदा शब्द निस्कने चालमा।
24262 घतघतिनु अ.क्रि. घतघत हुनु।
24263 घतघतिनु अ.क्रि. घतघती- क्रि.वि. अझ शीघ्र घतघत हुनेगरी।
24264 घतघत्याइ ना. घतघत्याउने काम वा प्रक्रिया।
24265 घतघत्याइनु क.क्रि. घतघत पारिनु वा गराइनु।
24266 घतघत्याउनु स.क्रि. / प्रे. क्रि. गाग्राबाट पानी एकैचोटि खन्याउनु घघत पार्नु।
24267 घतविघत ना. राम्रो वा नराम्रोको छुक विचार।
24268 घत लाग्नु टु. चित्त बुझ्नु, चाख लाग्नु, मन पर्नु।
24269 घत लाग्नु टु. (उदा.- लोककथा बालकहरूका लागि साह्रै घतलाग्दो हुन्छ)।
24270 घती वि. राम्रो, नराम्रोको छुक हेर्ने, जोखना गर्ने, घत निकाल्ने।
24271 घतेलो ना. झुप्पा-झुप्पा परेको काँढा हुने एक प्रकारको रुख वा बोट।
24272 घत्त क्रि.वि. पानी आदि र बाक्लो तरल वस्तु एक्कासि खन्याउँदा वा पोख्ता एकैपल्ट हुत्त निस्कने गरी।
24273 घत्रक्क क्रि.वि. कुनै ठोस वस्तु भर्दा वा खस्ता शब्द निस्कने गरी।
24274 घत्र्याकघुत्रुक क्रि.वि. १. कुनै जन्तु ओर्लिएको, लडेको, हिँडेको वा कुदेको आवाज आउने चालले।
24275 घत्र्याकघुत्रुक क्रि.वि. ना. २. त्यस किसिमको शब्द।
24276 घद्रक्क क्रि.वि. हे. घत्रक्क।
24277 घद्ग्राकघुद्रुक क्रि.वि. १. लडन्तभिडन्त पर्दा शब्द निस्कने चालले, घत्र्याकघुत्रुक।
24278 घद्ग्राकघुद्रुक क्रि.वि. ना. २. त्यस प्रकारको शब्द।
24279 घन ना. १. बादल, मेघ।
24280 घन ना. २. मुखमा डल्लो परेको फलामको कडा मुङ्ग्रो।
24281 घन ना. ३. खँदिलोपन, बाक्लोपन, कडापन।
24282 घन ना. ४. उही उही अङ्कको तीन पटक गुणन गर्ने क्रिया वा त्यसरी गुणन गर्दा भएको सङ्ख्या, कुनै खँदिलो वस्तुको लमाइ, चौडाइ र उचाइको गुणा गर्दा हुने सङ्ख्या।
24283 घन ना. ५. वेदमन्त्रको पाठ गर्ने एक विधि।
24284 घन ना. ६. ठुलो मुजुरा, घण्टा।
24285 घनक्क क्रि.वि. एकैचोटि घन्कने गरी रन्को फर्कने गरी बाजा आदि एकै साथ बज्ने चालमा।
24286 घनक्षेत्र ना. कुनै खँदिलो पदार्थको लमाइ, चौडाइ र मोटाइ वा गहिराइको विस्तार वा फैलावट।
24287 घनघटा ना. बादलको ताँती; तहतह परेको बादल, मेघमाला।
24288 घनघन ना. १. एक प्रकारको ठुलो डम्फु।
24289 घनघन ना. क्रि.वि. २. बाजा आदि बज्दा घन्केर आवाज आउने गरी।
24290 घनघोर वि. १. उत्पातको ज्यादै घना, धेरै बाक्लो।
24291 घनघोर वि. २. भयङ्कर, भीषण, डरलाग्दो, धूमधामको।
24292 घनघोर वि. ना. ३. बादलको गर्जाहट, मेघको गर्जना।
24293 घनघोर वि. ४. डरलाग्दो आवाज।
24294 घनचक्कर ना. १. ठुलो भ्रम भयङ्कर भुल।
24295 घनचक्कर ना. २. झमेला, झन्झट, टन्टा।
24296 घनचक्कर ना. ३ छुकछुके मानिस, अस्थिर वा चञ्चल बुद्धिको व्यक्ति।
24297 घनचक्कर ना. वि. ४. मूर्ख, बेकुफ।
24298 घनज्वाला ना. कालो बादलका बिच चम्कने बिजुली, चट्याङ पर्दा निस्कने प्रकाश।
24299 घनटाउके वि. घनजत्रो अर्थात् ठुलो टाउको हुने, टाउके; घन्टाउके।
24300 घनता ना. घना हुनाको स्थिति बाक्लोपन, खँदिलोपन, घनत्व।