Dictionary

All Word

24401 चञ्चा ना. १. बेतद्वारा बनाइएका सरसामान।
24402 चञ्चा ना. २. खेतबारीमा बाली खान नदिनका निम्ति पशुपक्षीलाई तर्साउन राखिने पुतला, बुख्याचा।
24403 चञ्चु ना. १. चराका मुखको अघिल्तिरको केही लामो, कडा र तिखो भाग; चुच्चो, ठुँडो।
24404 चञ्चु ना. २. हरिण, मृग। वि.
24405 चञ्चु ना. ३. चड्ख, चलाख।
24406 चञ्चुका ना. सानो चञ्चु चुच्चो।
24407 चञ्चुपुट ना. चराहरूको बन्द चुच्चो।
24408 चञ्चुप्रवेश ना. १. चुच्चो पसाउने कार्य।
24409 चञ्चुप्रवेश ना. २. विषयवस्तुको सामान्य ज्ञान।
24410 चञ्चुप्रहार ना. चुच्चोको ठुँगाइ।
24411 चट ना. १. नोक्सान पुर्याउने कार्य, नाश, खतम।
24412 चट ना. २. सबै खाएर रित्याउने कार्य; पचाइ। क्रि.वि.
24413 चट ना. ३. तुरुन्त; झट्ट, तत्कालै।
24414 चटक ना. १. हातको सफाइ वा चलाकीद्वारा अपत्यारिलो काम गरेर देखाउने वा दर्शकमा भ्रम पैदा गराउने कला जादु।
24415 चटक ना. भँगेरो।
24416 चटका वि. हे. चट्का।
24417 चटकी ना. चटक गर्ने मान्छे, जादुगर।
24418 चटक्क क्रि.वि. एकदम छुट्टिने, काटिने, छिनिने, छोड्ने गरी। (उदा. - रामले चटक्क जागिर छोडेर व्यापार गर्न थालेछ। खसी चटक्क काट्न सक्ने बहादुर उही हो। )
24419 चटचट क्रि.वि. १. चुँडिने वा छिनिने गरी।
24420 चटचट क्रि.वि. २. फुट्ने वा चर्कने भएर।
24421 चटचट क्रि.वि. ३. कुनै वस्तु टाँसिने गरी।
24422 चटचट क्रि.वि. ४. त्यसरी नै 'खुरुखुरु चड्कन आदिको आवाज आउने गरी।
24423 चटचटी क्रि.वि. छिटो चटचट हुने वा त्यस्तो आवाज आउने गरी।
24424 चटनी ना. खानाका साथ चाटिने अमिलो, पिरो वा तिखो स्वाद भएको खाद्य वस्तु अचार, सितन, चास्सचुस्स साँधनी।
24425 चटपट ना. १. चाँडचाँडो गर्न खोज्ने काम वा अवस्था, झटपट, हतपत शीघ्रता।
24426 चटपट ना. २. चलाइ अस्थिरता।
24427 चटपटाइनु अ.क्रि. चाँडचाँडो गर्न खोजिनु, चटपट गरिनु।
24428 चटपटाउनु अ.क्रि. १. १ चाँडचाँडो गर्न खोज्नु, हडबडाउनु।
24429 चटपटाउनु अ.क्रि. २. कुनै काम गर्न निकै छटपटी हुनु वा उत्सुक हुनु।
24430 चटपटाउनु अ.क्रि. ३. छटपट गर्नु, हतारिनु, छटपटाउनु।
24431 चटपटाउनु अ.क्रि. ४. अस्पटाउनु।
24432 चटपटिनु अ.क्रि. चटपट लाग्नु, हतपतिनु छटपटिनु।
24433 चटपटी क्रि.वि. झटपटी, हतपती, छटपटी।
24434 चटपटे वि. १. चटपट गरिरहनुपर्ने, चुलबुले।
24435 चटपटे वि. २. अधीर, हतपते।
24436 चटाइ ना. चाट्ने भाव, क्रिया वा प्रक्रिया।
24437 चटाइनु क.क्रि. चटाउने काम गरिनु।
24438 चटाई ना. पराल, खोसेल्टो आदिबाट बनाइएको गुन्द्री वा सानो सुकुल, पाटबाट बनाइएको त्यस्तो बिछ्‌यौना।
24439 चटाउनु प्रे.क्रि. चाट्न लाउनु, चाट्ने काम गराउनु चाट्न दिनु।
24440 चटाक क्रि.वि. भन्नेबित्तिकै, छिटो, झट्ट भवाट्ट तुरुन्त, झटपट, शीघ्र, तत्क्षण।
24441 चटाकी वि. छिटछिटो काम गर्ने, तुरुन्त कार्य गर्ने, बिजुले।
24442 चटाचट क्रि. यो. १. चाँडचाँडो हुने गरी; छिटछिटो।
24443 चटाचट क्रि. यो. २. फुर्ति वा चटाकका साथ, फटाफट फटाफट।
24444 चटाचटी क्रि.वि. झन् छिटो चटाचट हुने गरी।
24445 चटामरी ना. चामलको पिठोलाई पानीमा रयाली ढुङ्गा वा माटाको तावामा चिल्लो नहाली पकाइने रोटी, चामलको पिठाको रोटी।
24446 चटारिनु अ.क्रि. १. झर्कोफर्को गर्नु, च्याँठिन चट्कनु फर्कनु।
24447 चटारिनु अ.क्रि. २. हतारिनु, झटपटिनु।
24448 चटारिनु अ.क्रि. ३. गाईले बहर खोज्नु; बर्ताउनु।
24449 चटारो ना. १. ठुलो हतार, ज्यादै आत्तुरी, हडबडी।
24450 चटारो ना. २. कामको चटारो वा मिड, असारको पन्ध्र ( तुक्का)।