Dictionary

All Word

24501 चढाइ ना. ४. आक्रमण, हमला।
24502 चढाइनु क.क्रि. १. उकालिनु।
24503 चढाइनु क.क्रि. २. समर्पण गरिनु।
24504 चढाउ ना. १. चढाइ।
24505 चढाउ ना. २. उकालो।
24506 चढाउ ना. ३. बढिबढाउ, उन्नति।
24507 चढाउनु स.क्रि. १. माथि पुऱ्याउनु उकाल्नु।
24508 चढाउनु स.क्रि. २. समर्पण गर्नु दिनु; टक्र्याउनु, अर्पण गर्नु, सुम्पनु।
24509 चढ्दो वि. १. उँभो लागेको, बढ्दो उन्नतितिर लागेको।
24510 चढ्दो वि. २. बढ्दो उमेरको।
24511 चणक ना. चना।
24512 चण्ड वि. १. प्रचण्ड, उग्र, रिसाउने स्वभावको; जन्ड; रुष्ट; खरो।
24513 चण्ड वि. २. उष्ण।
24514 चण्ड वि. ३. फुर्तिलो।
24515 चण्डता ना. चण्ड हुनाको भाव, गुण वा अवस्था, उग्रता, तीव्रता।
24516 चण्डांशु ना. सूर्य; रवि।
24517 चण्डातक ना. १. बाहाँकटे चोलो।
24518 चण्डातक ना. २. चरना, जाँघे।
24519 चण्डातक ना. ३. छोटो पेटीकोट साया।
24520 चण्डाल ना. १. ज्यादै नीच र घृणित जाति वा त्यस जातिका मानिस, चाण्डाल।
24521 चण्डाल ना. २. दुष्कर्मी, दुष्ट, क्रूर काम गर्ने व्यक्ति।
24522 चण्डालिनी ना. दुष्ट स्वभावकी स्त्री; चाण्डालिनी; चन्डाल्नी।
24523 चण्डिका ना. दुर्गाको एक रूप, चण्डी।
24524 चण्डी ना. १. दुर्गा देवी।
24525 चण्डी ना. २. सात सय श्लोक भएको दुर्गाको माहात्म्य लेखिएको पुस्तक, सप्तशती।
24526 चण्डी ना. ३. दुई नगण, दुई सगण, एक गुरु हुने र आठौं अक्षरमा विश्राम हुने एक छन्द।
24527 चण्डी पाठ ना. सप्तशती पाठ गर्ने काम।
24528 चण्डीश ना. चण्डीका स्वामी अर्थात् शिव।
24529 चण्डू ना. हे. चन्डु।
24530 चण्डेश्वर ना. रक्तवर्ण रूपका शिवजी।
24531 चण्डेश्वरी ना. काभ्रे जिल्लाको बनेपा सहरको पूर्वोत्तरमा स्थित एक देवी दुर्गा।
24532 चतरा ना. कोसी अञ्चलअन्तर्गत सुनसरी जिल्लामा रहेको एक स्थान।
24533 चतरा नहर ना. सोही ठाउँमा नेपालभारत सहयोगबाट सप्तकोसीको पानीमा बाँध बाँधी बनाइएको, ५६,५०० हेक्टर जमिनको सिंचाइ हुने एक प्रसिद्ध नहर।
24534 चतुर् ना. १. चारको सङ्ख्या।
24535 चतुर् ना. २. समास भएका शब्दमा चार भन्ने अर्थ बुझाउने पूर्वपद (चतुर्गण, चतुर्युग, चतुर्वर्ण इ.)।
24536 चतुर वि. १. चलाक, होसियार, बाठो, चनाखो; चतुरो; कुशल, मेधावी, सिपालु।
24537 चतुर वि. २. फुर्तिलो, छिटोछरितो।
24538 चतुर वि. ३. सुन्दर, प्रिय।
24539 चतुरङ्गिणी ना. १. हात्ती, घोडा, रथ र पैदल चार अङ्गद्वारा सुसज्जित फौज।
24540 चतुरङ्गिणी ना. २. पासाको खेल।
24541 चतुराइ ना. चतुरो हुनाको भाव, गुण वा अवस्था, बठ्याइँ, चातुर्य, चलाकी।
24542 चतुरानन वि. १. चार मुख भएको। ना.
24543 चतुरानन वि. २. ब्रह्मा।
24544 चतुराश्रम ना. वर्णाश्रम व्यवस्थाअनुसार जीवनका चार अवस्था (ब्रह्मचर्य, गार्हस्थ, वानप्रस्थ र सन्न्यास)।
24545 चतुरो वि. हे. चतुर।
24546 चतुर्थ वि. चौथो, चारौं।
24547 चतुर्य खण्ड ना. भूगर्भशास्त्रमा जीव कल्पको विभाजनमा पर्ने समयको चौथो खण्ड, नवजीवनका समयको विभाजनका तृतीय खण्डपछि आउने अन्तिम खण्ड।
24548 चतुर्य हिमयुग ना. पुरातत्त्वशास्त्रअनुसार आजभन्दा असी हजार वर्षपहिले प्रारम्भ भएको हिमयुग, तृतीय हिमानी वा तृतीय हिमयुगभन्दा पछिको हिमयुग, चार हिमयुग वा चार हिमानीमध्ये अन्तिम हिमयुग।
24549 चतुर्थांश ना. चौथाइ, चौथो भाग, चौथाइ भाग।
24550 चतुर्थांशक ना. कुल पुनरावृत्तिलाई चार भागमा बाँड्ने विचारको मान।