Dictionary

All Word

24601 चनकमन्द / चनखमन्द / चनखमन्न ना. सुनसान, सन्नाटा; चकमन्न।
24602 चनमते वि. चुलबुले, चञ्चल, छुकछुके; चकचके।
24603 चना ना. मसिना पात हुने, निला फूल फुल्ने र ससाना भुवादार कोसा लाग्ने बोट वा त्यसैका कोसाभित्रका गोलो चुच्चे दाना; चणक।
24604 चनाखो वि. चतुर, चतुरो।
24605 चनारो ना. काठका भाँडाकुँडा बनाउने व्यक्ति वा एक जाति, चुनारो।
24606 चनौटे वि. १. . चनौटोजस्तो चनौटाका आकारको। ना.
24607 चनौटे वि. २. त्यस्तो आकारको खेतबारीको गरो वा पाटो।
24608 चनौटो ना. चन्दन घोट्ने ढुङ्गो।
24609 चन्चले वि. छुकछुक गर्ने स्वभाव भएको, छुकछुके, चञ्चल।
24610 चन्जा ना. चाँजो; व्यवस्था; परिपञ्च, बन्दोबस्त; प्रबन्ध।
24611 चन्जापन्जा ना. १. १ यताउति गर्ने काम परिवर्तन; चेन्जफेन्ज।
24612 चन्जापन्जा ना. २. चाँजोपाँजो; बरबन्दोबस्त। ३ खटनपटन; अह्राउपहाउ।
24613 चन्जापन्जा ना. ४. बाँडफाँड, रप्फाडप्फा।
24614 चन्डाल्नी ना. हे. चण्डालिनी।
24615 चन्डु ना. अफिमबाट बनाइएको नसादार धूम्रपान - विशेष।
24616 चन्डुखाना ना. अफिम, गाँजा आदि लागु पदार्थ खाने अखाडा।
24617 चन्दन ना. सुगन्धयुक्त एक जातको कडा काठ वा त्यो काठ पानीमा घोटेर बनाइएको लेप, श्रीखण्ड, विलेपन, लेपन, चन्दनद्रव।
24618 चन्दन खोरी ना. चन्दन राख्ने पात्र वा भाँडो।
24619 चन्दन गिंडो ना. चन्दन घोटिने श्रीखण्ड, धुपी, काठ आदिको गिंडो।
24620 चन्दनगिरि ना. मलय पर्वत।
24621 चन्दननाथ ना. १. कर्णाली अञ्चलअन्तर्गत जुम्ला जिल्लाको खलङ्गास्थित एक महादेव।
24622 चन्दननाथ ना. २. नाथ सम्प्रदायका एक योगी।
24623 चन्दनी ना. चन्दन घोट्ने वा चन्दन बनाउने ठाउँ।
24624 चन्दने वि. १. चन्दनको टिको धेरै लगाउने।
24625 चन्दने वि. २. चन्दन तथा अन्य प्रसाद बाँडी जीविका चलाउने, चन्दन घोट्ने काम गरेर पेट पाल्ने।
24626 चन्दा ना. १. सामाजिक, सामूहिक कुनै पनि परोपकारी कार्यका निम्ति सहायतास्वरूप दिइने वा जम्मा गरिने रकम।
24627 चन्दा ना. २. पटक पटक गरी प्रकाशित भइरहने पत्र पत्रिका आदिको शुल्क, मूल्य। ३ सङ्घ, संस्था, सङ्गठन आदि चलाउनका निम्ति सम्बन्धित व्यक्तिहरूमध्येबाट उठाइने शुल्क।
24628 चन्द्र ना. १. जून, शशी, इन्दु चन्द्रमा सोम।
24629 चन्द्र ना. २. नवग्रहमध्ये दोस्रो ग्रह २९ १ / २ दिनमा पृथ्वीको परिक्रमा गर्ने र त्यसै आधारमा शुक्लपक्ष, कृष्णपक्षका साथै तिथिहरू निर्धारित गरिने पृथ्वीको उपग्रह।
24630 चन्द्रकर ना. चन्द्रकिरण; ज्योत्स्ना, चाँदनी इ.
24631 चन्द्रकला ना. १. चन्द्रकिरण, चन्द्रलेखा।
24632 चन्द्रकला ना. २. चन्द्रमाका सोह्र कला ( अमृता, मानदा, पूषा, पुष्टि, तुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीति, अङ्गदा, पूर्णा र पूर्णामृता)।
24633 चन्द्रकला ना. ३. शिरमा लगाउने चन्द्राकार गहनाविशेष।
24634 चन्द्रकान्त ना. चन्द्रमाको किरण पर्दा पानी निस्कने हरियो मणि, शशिकान्त शीतमणि, चन्द्रोपल।
24635 चन्द्रगन्ज ना. राणा प्रधानमन्त्री चन्द्रशमशेरका नामबाट रहेको एक प्रसिद्ध स्थान नेपालको पूर्वी तराईखण्डको सिराहा जिल्लामा पर्ने एक ठाउँ।
24636 चन्द्रगिरि ना. हे चन्द्रागिरि।
24637 चन्द्रगुप्त ना. १. विक्रमभन्दा २६३ वर्ष पूर्व पाटलिपुत्र राजधानी भएको मगधको राजसिंहासनमा बस्ने प्रथम मौर्य सम्राट्।
24638 चन्द्रगुप्त ना. २. ४३७ वि. सं. मा मगधको राजसिंहासनमा बस्ने विक्रमादित्य उपाधिधारी सुप्रसिद्ध गुप्तसम्राट्।
24639 चन्द्रग्रहण ना. १. चन्द्रमामा लाग्ने ग्रहण, राहुग्रस्त हुँदा चन्द्रमामा पर्ने आंशिक वा पूर्ण कालो टाटो।
24640 चन्द्रग्रहण ना. २. सूर्यको प्रकाश छेकिने गरी पृथ्वीको छाया चन्द्रमाका बिम्बमा परी आंशिक रूपमा वा पुरै चन्द्रमा नदेखिने हुने स्थिति त्यस स्थितिमा चन्द्रमामा देखिने कालो भाग वा टाटो।
24641 चन्द्रग्रहण ना. ३. हठयोगअन्तर्गत प्राण इडा नाडीद्वारा कुण्डलिनीमा पुगेको अवस्था।
24642 चन्द्रघण्टा ना. नवरात्रिका तेस्रो दिनमा पूजा गरिने एक भगवती, नवदुर्गामध्ये एक।
24643 चन्द्रचूड ना. चन्द्रशेखर, शिव, महादेव।
24644 चन्द्रधनु ना. चन्द्रमाको प्रकाशमा वा जुनेली रातमा देखिने इन्द्रधनु।
24645 चन्द्रधर ना. चन्द्रशेखर, शिव।
24646 चन्द्रप्रभा ना. चन्द्रमाको प्रकाश; जून।
24647 चन्द्रप्रासाद ना. जुनेली रातको आनन्द लिन सकिने भवनको छतभन्दा माथिको कोठा वा बुर्जा।
24648 चन्द्रबिन्दु ना. अक्षरहरूको थाप्लोमा लाग्ने अर्धचन्द्रबिन्दु, जूनटिकी; नाके स्वरबाट उच्चारण हुने त्यस्तो चिह्न)।
24649 चन्द्रबिम्ब ना. चन्द्रमाको प्रकाशमय वर्तुलाकार रूप, चन्द्रमाको पूर्ण बिम्ब, चन्द्रमण्डल, चन्द्रसभा।
24650 चन्द्रभाल ना. शिवजीको चन्द्रभूषणयुक्त रूप, शिवजी।