Dictionary

All Word

24651 चन्द्रमणि ना. चन्द्रमाका किरणका स्पर्शले जगमगाउने भनिएको हरियो मणिविशेष, चन्द्रकान्तमणि।
24652 चन्द्रमण्डल ना. १. चन्द्रमाको वरिपरि कहिलेकाहीँ देखापर्ने गोलाकार परिधि।
24653 चन्द्रमण्डल ना. २. चन्द्रमाको पूर्ण बिम्ब, चन्द्रबिम्ब, चन्द्रमाको मण्डल।
24654 चन्द्रमण्डल ना. ३. हठयोगअन्तर्गत दुवै आँखीभौं जोडिने ठाउँभन्दा माथि र निधारभन्दा तल रहेको काल्पनिक चन्द्रमा।
24655 चन्द्रमल्लिका ना. जुनेली रातमा ढकमक्क फुली चारैतिर मगमग बास्ना फैलाउने एक थरी चमेली फूल।
24656 चन्द्रमा ना. १. सूर्यको प्रकाश पाएर राति आकाशमा चम्कने र २९ १/२ दिनमा एकपल्ट पृथ्वीलाई परिक्रमा गर्ने पृथ्वीको उपग्रह, चन्द्र, जून; सोम, शशी, इन्दु। २ नारीहरूले शिरमा लगाउने चन्द्रमाका आकारको एक गहना।
24657 चन्द्रमुख वि. १. चन्द्रमा झैँ हँसिलो उज्यालो र चक्का मुहार भएको, ज्यादै राम्रो अनुहार भएको। ना.
24658 चन्द्रमुख वि. २. चन्द्रमाजस्तो मुख, चन्द्रमारूपी मुख।
24659 चन्द्रमुखी वि. चन्द्रमाजस्तो उज्यालो मुख भएकी, साह्रै राम्री।
24660 चन्द्रलेखा ना. चन्द्रमाको किरण; चन्द्रकला; चाँदनी।
24661 चन्द्रवंश ना. राजा पुरुरवादेखि प्रारम्भ भएको नेपाललगायत भारतवर्षका क्षत्रियहरूको एक प्रसिद्ध वंश।
24662 चन्द्रवदन वि. चन्द्रमाको जस्तो मुख भएको, सुन्दर।
24663 चन्द्रवदनी वि. चन्द्रमाको जस्तो मुख भएकी (स्त्री); राम्री सुन्दरी।
24664 चन्द्रवल्लरी / चन्द्रवल्ली ना. सोमलता।
24665 चन्द्रवार/चन्द्रवासर ना. हप्ताका सात दिनमध्ये चन्द्रमाको पालोमा परेको दिन आइतबारदेखि शनिवारसम्मका सात वारमध्ये दोस्रो वार, सोमवार।
24666 चन्द्रविनायक ना. काठमाडौँ उपत्यकामा देवपत्तनको उत्तरी सीमामा पर्ने प्रसिद्ध चार गणेशमध्ये एक चाबहिल गणेश।
24667 चन्द्रविन्दु ना. देवनागरी लिपिअन्तर्गत अनुनासिक वा नाके ध्वनिको प्रतिनिधित्व गर्न सानुनासिक (स्वर) वर्णको शिरमा दिइने अर्ध चन्द्राकारको चिह्न, जूनटिकी (ँ)।
24668 चन्द्रशमशेर ना. नेपालमा वि. सं. १९०३ देखि सुरु भएको राणाशासनका पाँचौँ प्रधानमन्त्री वा श्री ३ महाराज ( शासनकाल वि. सं. १९५८ - १९८६०।
24669 चन्द्रशेखर वि. १. मस्तक वा निधारमा चन्द्रमा धारण गर्ने ना.
24670 चन्द्रशेखर वि. २. महादेव शिव।
24671 चन्द्रहार ना. आधा चन्द्रमाको आकारका बहुमूल्य धातुका टुक्राहरूका योगबाट बनेको पूर्ण चन्द्रमाको जस्तो आकार भएको गलामा लगाइने गोलो माला वा हार, नारीहरूद्वारा गलामा लगाइने पूर्णचन्द्रमाका आकारको प्राचीन गहनाविशेष।
24672 चन्द्रहास ना. १. चम्किलो तरवार।
24673 चन्द्रहास ना. २. रावणको तरवार।
24674 चन्द्रांशु ना. चन्द्रकिरण; जून; चाँदनी।
24675 चन्द्रा ना. १. खुला दलान।
24676 चन्द्रा ना. २. चंदुवा।
24677 चन्द्रागिरि ना. चन्द्रगिरि काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने, समुद्रको सतहभन्दा ८,३६५ फिट अग्लो एक प्रसिद्ध पर्वत।
24678 चन्द्रालोक ना. १. चन्द्रमाको प्रकाश।
24679 चन्द्रालोक ना. २. अलङ्कारवादी संस्कृत साहित्यशास्त्री जयदेवद्वारा लिखित एक ग्रन्थको नाम।
24680 चन्द्रिका ना. १. जून; चन्द्रमाको किरण, चाँदनी, ज्योत्स्ना; कौमुदी।
24681 चन्द्रिका ना. २. जूनको शीतल प्रकाश वा जगमगाहट।
24682 चन्द्रिकोत्सव ना. प्राचीन कालमा शरद् ऋतुको पूर्णिमाका अवसरमा मनाइने एक उत्सव।
24683 चन्द्रोदय ना. १. चन्द्रमाको उदय जून उदाएको अवस्था वा समय।
24684 चन्द्रोदय ना. २. आयुर्वेदीय पद्धतिअन्तर्गत पारो र सुन भस्म गरेर बनाइने एक उत्तेजक औषधी।
24685 चन्नी ना. रामगिनीको जस्तो फल फल्ने, गेडा वा घोघाको अचार खाइने र बुटाको पाट निकालिने एक प्रकारको झाडी; चन्नीपाट।
24686 चप ना. आलुको भाती अथवा मुछेको पिठोभित्र केराउ, तरकारी वा मासु हाली बाहिरबाट बेसनको लेदो लगाई तेल वा घिउमा तारेर बनाइएको खाद्य वस्तु।
24687 चप २ ना. १. खाने वा पचाएर निल्ने काम।
24688 चप २ ना. २. कुनै पनि चिज (पैसालगायत) नफर्काउने नियतले लिएको लियै गर्ने काम; पचाउने काम; सित्तैंमा खाइदिने काम पच।
24689 चपक्क क्रि.वि. नउप्किने वा नछुट्टिने गरी (टाँसिनु, जोडिनु, जडिनु, समाउनु इ.)।
24690 चपचप क्रि.वि. १. कुनै पदार्थ च्याप च्याप लाग्ने वा टाँसिने गरी। (उदा. चाकु खाँदा मुखभरि चपचप टाँसिन्छ)।
24691 चपचप क्रि.वि. २. गर्मी वा कठिन मानसिक अवस्थाका कारणले मुख सुक्ने गरी प्याकप्याक।
24692 चपट ना. १. ढोका, दैलो; द्वार।
24693 चपट ना. २. पहरा; चौकी, पालो; गारद।
24694 चपटे ना. ढोके, द्वारे; पहरेदार; पाले।
24695 चपडा ना. हे. चपरा।
24696 चपत ना. १. थप्पड।
24697 चपत ना. २. आघात वा क्षति।
24698 चपत ना. ३. चोटपटक।
24699 चपरा ना. खारेर वा शुद्ध पारेर पातलो पाप्रा पाप्रा बनाइएको लाहा, चपडा।
24700 चपरास ना. अर्दली तहका कर्मचारीले कमरपेटी वा छातीमा लगाउने, कार्यालय वा संस्थाको नाम, कर्मचारीको दर्जा र नम्बर लेखिएको धातुको ब्याज, चप्रास।