Dictionary

All Word

24701 चपरासी वि. १. चपरास लगाउने (व्यक्ति)। ना.
24702 चपरासी वि. २. चप्रास लगाएको कर्मचारी, चप्रासी।
24703 चपरासी अड्डा ना. १. सिपाहीद्वारा पालोपहराको बन्दोबस्त मिलाउने अड्डा (प्राचीन कालमा )।
24704 चपरासी अड्डा ना. २. जेलको हेरचाह गर्ने अड्डा (राणाकालभन्दा अघि); बाटोकाजसम्बन्धी अड्डा ( राणाकालमा )।
24705 चपरासी अड्डा ना. ३. थोरै मात्र कैदको सजाय बाँकी रहेका कैदीबाट बाटाको सुघरसफाइ गर्न लगाउने अड्डा।
24706 चपरी ना. १. दुबो, झार आदिसमेतको माटाको ढेलो, चोइली, चोइलो, चाको।
24707 चपरी ना. २. पन्युले झिकेको भातको चोइलो।
24708 चपरो ना. ठुलो परिमाणको चपरी, चप्पा।
24709 चपर्चन्ड वि. १. कडा स्वभाव वा मिजासको; प्रचण्ड, उग्र।
24710 चपर्चन्ड वि. २. रिसाहा, मापाको, झक्कड, झक्की। ३ चम्मू; छुकछुके
24711 चपर्चन्डी ना. १. चपर्चन्ड हुने स्वभाव वा प्रवृत्ति। वि.
24712 चपर्चन्डी ना. २. त्यस्तो स्वभाव वा प्रवृत्तिकी (स्त्री)।
24713 चपल वि. १. चकचक] ; चञ्चल।
24714 चपल वि. २. स्थिर नरहने, अस्थिर।
24715 चपल वि. ३. थरथराउने; हल्लने।
24716 चपल वि. ४. अनित्य, क्षणिक।
24717 चपल वि. ५. फुर्तिलो, छरितो।
24718 चपलता ना. १. नाटक आदिका पात्रमा राग, द्वेषबाट हुने अस्थिरता; व्यभिचारी भावको एक भेद।
24719 चपलता ना. २. चपल हुने भाव वा गुण; चङ्ख्याइँ, बठ्याइँ।
24720 चपला वि. १. चपल स्वभावकी (स्त्री); बाठी। ना.
24721 चपला वि. २. बिजुली (मेघको)।
24722 चपला वि. ३. वेश्या, व्यभिचारिणी स्त्री।
24723 चपला वि. ४. धनकी देवी लक्ष्मी।
24724 चपला वि. ५. जिब्रो।
24725 चपला वि. ६. रक्सी।
24726 चपला वि. ७. त्रिष्टुप् जातिको एक समवृत्त छन्दविशेष।
24727 चपलावक्त्र ना. विषम पाउमा चारौं अक्षरदेखि पर नगण र सम पाउमा त्यस्तै गरी यगण हुने एक छन्द।
24728 चपाइ ना. १. चपाउने भाव, क्रिया वा प्रक्रिया।
24729 चपाइ ना. २. पचाउने वा चप गरिने क्रिया वा प्रक्रिया। [चाप् + आई]
24730 चपाइ ना. ३. चाप्ने भाव, क्रिया वा प्रक्रिया, चाप थिचाइ।
24731 चपाउनु प्रे. क्रि. चाप्न लगाउनु; चापिने पार्नु; थिचाउनु।
24732 चपाती ना. १. पातलो गरी बेलेर घिउ, तेल आदि केही नहाली पकाएको गहुँको रोटी, फुल्का, सुखा रोटी।
24733 चपाती ना. २. पुरी रोटी।
24734 चपेट/चपेटा ना. १. लबटो।
24735 चपेट/चपेटा ना. २. हत्केला। ३ थप्पड।
24736 चपेट/चपेटा ना. ४. कामको चापाचाप।
24737 चपेट/चपेटा ना. ५. कुनै काम चाँडो गराउन दिइने प्रेरणा।
24738 चपेट/चपेटा ना. ६. तरताकिता वा दबाव।
24739 चप्काइ ना. १. चप्काउने वा टाँस्ने क्रिया वा प्रक्रिया।
24740 चप्काइ ना. २. चप्काउने वा पचाउने भाव, क्रिया वा प्रक्रिया।
24741 चप्काइनु क.क्रि. १. चप गरिनु, चोरिनु।
24742 चप्काइनु क.क्रि. २. चप्काउने काम गरिनु; टँसाइनु।
24743 चप्काउनु स.क्रि. चप गर्नु, चप पार्नु, चोर्नु, टप्काउनु।
24744 चप्काउनु स.क्रि. गुँद, माड आदि लेसाइलो वा लेदो पदार्थले कुनै वस्तु टाँस्नु, जोड्नु।
24745 चप्प क्रि.वि. कुनै वस्तु मुखभित्र हाली छिटो निल्ने गरी। (उदा. - मुखभित्र एउटा उसिनेको लप्सी चप्प हालेर राम भाग्यो। )।
24746 चप्पन ना. चप गर्ने काम अर्काको चिज लाई अनैतिक रूपले आफ्नो पार्ने दुष्ट्याइँ कर्म; चप्पु।
24747 चप्पल ना. चट्टी।
24748 चप्पा ना. १. चपरी, चाको।
24749 चप्पा ना. २. भुटेको गहुँ, जौ आदिको पिठो वा सातु।
24750 चप्पू ना. हे. चप्पन।