Dictionary

All Word

24851 चर ना. ७. सजीव।
24852 चरक ना. १. भारतीय आयुर्वेदका प्रवर्तक र 'चरकसंहिता' का लेखक।
24853 चरक ना. २. शेषनागका अवतार मानिने तिनै आचार्य।
24854 चरक ना. ३. डुलुवा, बटुवा पथिक।
24855 चरकसंहिता ना. चरक मुनिले लेखेको आयुर्वेदीय चिकित्सासम्बन्धी एक प्रसिद्ध ग्रन्थ।
24856 चरक्क क्रि.वि. १. चिरिने वा धाँजा फाट्ने गरी।
24857 चरक्क क्रि.वि. २. घाम आदि चर्केर पोल्ने गरी।
24858 चरचर क्रि.वि. १. धमाधम फाट्ने वा चिरिने भएर।
24859 चरचर क्रि.वि. २. घाउ आदि दुख्ने वा चर्कने गरी ना.
24860 चरचर क्रि.वि. ३. चररको ध्वनि वा पीडा।
24861 चरचर क्रि.वि. ४. चिरिने प्रक्रिया।
24862 चरचरी क्रि.वि. १. धमाधम फाट्ने वा चिरिने भएर, चरचर।
24863 चरचरी क्रि.वि. २. घाउ आदि दुख्ने वा चहऱ्याउने गरी।
24864 चरचरी क्रि.वि. 3. घाँस उखेल्दा धमाधम चरचर आवाज आउने गरी।
24865 चरचरे वि. १. चरचर आवाज निकाल्ने वा त्यस्तो आवाज आउने गरी बोल्ने।
24866 चरचरे वि. २. चिडाहा स्वभावको, झर्काहा।
24867 चरण ना. १. पाद, पाउ, पयर, गोडा।
24868 चरण ना. २. श्लोकको एक पङ्क्ति, चौथाइ अंश।
24869 चरण ना. ३. वेदको एक शाखा वा सम्प्रदाय।
24870 चरण ना. ४. वंश पुस्ता।
24871 चरण ना. ५. स्तम्भ।
24872 चरणकमल ना. कमलको फूलजस्तो पाउ वा पादतल, चरणपद्म चरणारविन्द (मानमर्यादा जनाउँदा प्रयोग गरिने शब्द)।
24873 चरणचिह्न ना. पाउको चिह्न, कुनै चिज माथि परेको पाइलाको डोब।
24874 चरणतल ना. पैतालो; पादतल।
24875 चरणन्यास ना. कदम, पाइला।
24876 चरणपादुका ना. १. खराउ।
24877 चरणपादुका ना. २. ढुड्गा आदिमा कुँदेर पूजा गर्ने हेतुले बनाइएको पादचिह्न।
24878 चरणयुगल ना. दुई पाउ, दुई खुट्टा।
24879 चरणरेखा ना. पादचिह्न; चरणचिह्न।
24880 चरणसेवा ना. १. आफूभन्दा ठुला वा बडाको सेवा, मान्यजनको सेवा।
24881 चरणसेवा ना. २. पाउ दाब्ने वा मिच्ने काम।
24882 चरणसेवी ना. १. सेवक, नोकर, भक्त। वि.
24883 चरणसेवी ना. २. सेवा गर्ने।
24884 चरणामृत ना. १. श्रद्धेय व्यक्तिको पाउ धोइएको पानी।
24885 चरणामृत ना. २. देवप्रतिमा आदिलाई स्नान गराइएको पानी; चरणोदक।
24886 चरणायुध ना. आफ्नो गोडा नै हतियार भएको प्राणी, कुखुरो। ना. चरणकमल।
24887 चरणार्ध ना. श्लोकको एक पाउको आधा भाग; आठौं भाग वा अष्टमांश।
24888 चरणोदक ना. चरणामृत।
24889 चरणोपधान ना. राजामहाराजाको सिंहासनमुनि पाउ राख्न बनाइएको एक आसन; पाउदान; पादपीठ।
24890 चरन ना. १. हे चरण।
24891 चरन ना. २. गाईबस्तु चर्ने ठाउँ, घाँस भएको ठाउँ, चउर, गोचर, गौचर।
24892 चरन क्षेत्र ना. गाईबस्तु चराउने निश्चित क्षेत्र।
24893 चरना ना. अन्तःपुरका केटी सुसारेहरूले भित्रपट्टि लगाउने तीन तहको जाँघवाल सुरुवाल, लामो जाँघिया, चर्ना।
24894 चरम वि. १. अन्तिम अन्त्यको।
24895 चरम वि. २. सबभन्दा पछिल्लो पश्चवर्ती।
24896 चरम अवस्था ना. आखिरी अवस्था अन्त्यकाल वा पछिल्लो अवस्था।
24897 चरमकाल ना. अन्तिम अवस्था अन्त्यकाल वा मृत्युको समय।
24898 चरमबिन्दु ना. १. रुचि, उत्तेजना आदिको सर्वोच्च बिन्दु। (जहाँ पुगेपछि अगाडि बढ्ने ठाउँ रहँदैन)।
24899 चरमबिन्दु ना. २. कुनै एक श्रृङ्खलाको अन्तिम तत्त्व वा घटना; चरमसीमा; पराकाष्ठा।
24900 चरमोत्कर्ष ना. १. अन्तिम सीमासम्म पुगेको उत्कर्ष, परम उत्कर्ष।