Dictionary

All Word

24751 चप्पु, ना. हे. चट्कन; चड्कन।
24752 चप्लेटी वि. १. च्याप्टो र फराकिलो ( ठाउँ आदि)। २ समतल परेको। ना.
24753 चप्लेटी वि. ३. चिप्लेटी (खेल)।
24754 चप्लेटी ढुङ्गो ना. चिप्लेटी खेल्ने काममा आउने वा आउन सक्ने, करालो परेको केही ठुलो र चेप्टो, चिप्लो ढुङ्गो, चिप्लेटी खेल्ने ढुड्गो, चिप्लेटी ढुड्गो।
24755 चप्प्रासी वि. / ना. हे. चपरासी।
24756 चप्रास ना. हे. चपरास।
24757 चप्रासी वि. / ना. हे. चपरासी।
24758 चबाइ ना. चाब्ने क्रिया, भाव वा प्रक्रिया।
24759 चमक ना. प्रचण्ड तापबाट आएको प्रकाश, ज्वालाविनाको चहक, उज्यालो प्रकाश, तेज, टलक, प्रभा, टक; दीप्ति।
24760 चमकदमक ना. शोभा; चहकमहक, छवि, कान्ति।
24761 चमकदार वि. चमक भएको।
24762 चमकिन अ.क्रि. हे. चम्किनु।
24763 चमकिलो वि. हे. चम्किलो।
24764 चमक्क क्रि.वि. खुबसित चम्कने गरी।
24765 चमचम क्रि.वि. १. थोरै उज्यालो छर्दै चम्किने गरी। ना.
24766 चमचम क्रि.वि. २. छेनाबाट तयार पारिएको गुलियो मिठाईविशेष।
24767 चमचमाइ ना. चमचम गर्ने भाव, क्रिया वा गुण।
24768 चमचमाइनु अ.क्रि. चमक निस्किनु चम्किनु।
24769 चमचमाउनु अ.क्रि. चम्कनु, चमक आउनु।
24770 चमचा ना. हे. चम्चा।
24771 चमजुम्रो ना. मानिसका छालामा बलियोसँग टाँसिएर बस्ने मासु रङको सानो किनुविशेष, छालामा टाँसिने जुम्रो।
24772 चमडा ना. छाला।
24773 चमत्कार ना. १. आश्चर्य; अचम्म विस्मय।
24774 चमत्कार ना. २. खेल तमासा।
24775 चमत्कार ना. ३. साहित्यशास्त्रमा रसको अनुभूति गराउने काव्यसौन्दर्य।
24776 चमत्कारिता ना. चमत्कारपूर्ण गुण।
24777 चमत्कारी वि. चमत्कार गर्ने।
24778 चमत्कृत वि. आश्चर्य वा विस्मयमा परेको।
24779 चमत्कृति ना. १. चमत्कार।
24780 चमत्कृति ना. २. शिल्पक नामक उपरूपकका सत्ताइस अङ्गमध्ये एक।
24781 चमर ना. १. हम्कनाका निम्ति प्रयोग गरिने चौरीगाईको पुच्छरको फुर्को वा झुप्पो।
24782 चमर ना. २. राजकीय चिह्नमध्ये एक मानिने सोही झुप्पो, चँवर।
24783 चमरा ना. मकैको बोटको टुप्पोमा निस्कने धानचमरा जस्तै गरी आउने बोटबिरुवा र झारपातका टुप्पाको झुप्पो।
24784 चमरी ना. काला लामालामा बाक्ला रौं हुने, पुच्छरको झुप्पो काटेर चँवर बनाइने, तिब्बत र मध्य एसियामा पाइने एक जन्तुविशेष, चमरी गाई, चौंरी, चौरीगाई, याक, चुँगुर।
24785 चमरी गाई ना. हे. चमरी।
24786 चमस ना. काठको चम्चाजस्तो आकारको एक सोमपान पात्र।
24787 चमाचम क्रि.वि. खुब चमक आउने वा दिने गरी।
24788 चमार ना. १. छालाका जुत्ता आदि बनाउने जन्मजात पेसा भएको एक जाति, सार्की।
24789 चमार ना. २. मिझार ( सम्मान गर्दा )।
24790 चमू ना. प्राचीन कालको सेना (७२९ हात्ती, ७२९ स्थ, २१८७ घोडचढी र ३६४५ पदाति रहेको )।
24791 चमेना ना. खाजा; जलपान।
24792 चमेना गृह / घर ना. चमेना गर्ने ठाउँ वा घर, रेस्टुराँ।
24793 चमेरी ना. चमेरोको लघु रूप।
24794 चमेरी झ्याँट ना. प्रभात हुने समय वा बिहानको निछ्याम अवस्था।
24795 चमेरो ना. १. दिउँसो रुखका हाँगामा झुन्डिएर तलतिर मुख फर्काई बस्ने र प्रायः राति उड्ने जिउभरि भुत्ला भएको, पातलो कपडा झिल्लीदार पखेटा हुने, मुसोजस्तो एक स्तनपायी प्राणी।
24796 चमेरो ना. २. दुवै पक्षमा लाग्ने व्यक्ति; मल्कोढल्को।
24797 चमेली ना. लहरामा फुल्ने सेतो वा पहेँलो बास्नादार साना साना फूलविशेष।
24798 चमोट ना. विशिष्ट स्तरका अपराधीहरूलाई मात्र लगाइने छालाको नेल विशेष।
24799 चम्कनु अ.क्रि. १. छिनछिनमा झल्कनु, तेजिलो हुनु, टल्कनु, जगमगाउनु।
24800 चम्कनु अ.क्रि. २. कसैलाई नटेर्नु, सेखी खोज्नु, मात्तिनु; बढ्नु।