Dictionary

All Word

24801 चम्कनु अ.क्रि. ३. उन्नतिमा लाग्नु, तरक्की हुनु।
24802 चम्कनु / चम्कनो ना. मानिसको कपालमा लाग्ने जुम्राको पुरै हुर्किएको अवस्था ढाडीभन्दा सानु र भुसुनुभन्दा ठुलो जुम्रो।
24803 चम्काइ ना. चम्कने भाव, क्रिया वा गुण।
24804 चम्काइनु क.क्रि. चम्कने पारिनु।
24805 चम्काउनु स.क्रि., प्रे. क्रि. १. चम्किने पार्नु टल्काउनु।
24806 चम्काउनु स.क्रि., प्रे. क्रि. २. मत्ताउनु।
24807 चम्काउनु स.क्रि., प्रे. क्रि. ३. चम्कन लगाउनु।
24808 चम्काचम्की ना. सानाठुला चम्काहरूको समूह।
24809 चम्काचम्की ना. बाझ्ने र जुध्ने होडबाजी, चम्काइको प्रतियोगिता।
24810 चम्किनु अ.क्रि. झलक्क झल्कनु, तेजिलो हुनु, चम्कनु।
24811 चम्किलो वि. चमक भएको, चमकदार, चहकिलो।
24812 चम्की ना. सानो खालको चम्को।
24813 चम्के वि. चम्को भएको (चुलो); चुलोको चम्कोजस्तो आकारको (कुनै वस्तु)।
24814 चम्को ना. चुलाको मुखमा भाँडा अड्याउन तीनतिर उठाइएको थुम्को।
24815 चम्चा ना. एकापट्टि समाउनाका लागि बिंड भएको र अर्कापट्टि अलिकति खोपिल्टो परेको, खाना खान वा पकाइएका खानालाई चलाउन प्रयोग गरिने उपकरण; चमच; चमचा।
24816 चम्चागिरी ना. चाकरी, स्वार्थपूर्ण सेवाकार्य।
24817 चम्ची ना. सानो खालको चम्चा।
24818 चम्पक ना. १. सुगन्धमय सेतो वा पहेँलो फूल फुल्ने एक जातको बोट वा त्यसको फल, चाँपो; चम्पा।
24819 चम्पक ना. २. एक प्रकारको सुगन्धी द्रव्यविशेष।
24820 चम्पक ना. ३. एक प्रकारको केरा।
24821 चम्पकमाला ना. १. प्राचीन कालमा प्रचलित एक प्रकारको गहना।
24822 चम्पकमाला ना. २. चम्पक फूलबाट बनाइएको माला।
24823 चम्पकमाला ना. ३. प्रत्येक पाउमा क्रमशः भ, म, सगण र दुई गुरु वर्ण भईकन पाँचौँ अक्षरमा विश्राम हुने एक वार्णिक छन्दविशेष।
24824 चम्पत ना. भाग्ने वा कुलेलम ठोक्ने काम, बेपत्ता हुने काम, टाप ठोक्ने क्रिया वा प्रक्रिया; सुइँकुच्चा।
24825 चम्पा ना. हे. चम्पक।
24826 चम्पावत ना. प्राचीन कूर्माचल देशको राजधानी, हालको कुमाऊँ प्रदेशको एक प्रसिद्ध स्थल।
24827 चम्पावती ना. गङ्गाको किनारमा रहेको एक प्राचीन नगरको नाम, अङ्गदेशको राजधानी (वर्तमान भागलपुर )।
24828 चम्पासरी ना. मसिना र बास्नादार चामल हुने एक प्रकारको धान।
24829 चम्पू ना. गद्य र पद्य दुवै मिसिएको काव्य (उदा. मेरो कविताको आराधना, सम)।
24830 चम्बल ना. १. भेडाको ऊनबाट तयार गरिने एक कपडाविशेष।
24831 चम्बल ना. २. भारतको एक प्रसिद्ध नदी र सो नदी भएको उपत्यका।
24832 चम्बलघाटी ना. डाँकुहरूको बिगबिगी भएको कुख्यात आश्रयस्थल।
24833 चम्बु ना. सानो मुख भएको टुटीवाल एक प्रकारको जलपात्र, एक प्रकारको लोहोटा।
24834 चम्मु वि. अग्घोर बाठो असाध्य चतुरो, छट्टु।
24835 चम्लायो ना. एक जातको वृक्षविशेष।
24836 चम्सुर ना. तरकारी खाइने, काँचै खाँदा नाकमा राग आउने, मसिना डाँठ र फाटेका पात हुने प्रसिद्ध सागविशेष।
24837 चय ना. सङ्ग्रह, समूह, थुप्रो; राशि।
24838 चयन ना. १. टिप्ने काम (फूल आदि)।
24839 चयन ना. २. बटुल्ने, सङ्ग्रह गर्ने वा सङ्कलन गर्ने काम थुपार्ने वा जम्मा गर्ने काम।
24840 चयनशील वि. चयन गर्ने स्वभाव भएको।
24841 चयनहरा ना. थारू स्त्रीहरूले गलादेखि छातीसम्म लट्कने गरी लगाउने एक थरी गहना।
24842 चयनिका ना. सङ्ग्रह गरिएका कुनै पनि वस्तु, पदार्थ वा तत्त्व
24843 चयनीय ना. चयन गर्न योग्य; जम्मा गर्न हुने।
24844 चर्नु अ.क्रि. घँसिलो चौर, डाँडो, जङ्गल आदिमा गाईबस्तुले डुलेर घाँस आदि खाँदै पेट भर्नु।
24845 चर ना. १. जासुस, गुप्तचर, गूढपुरुष, सी. आई.डी
24846 चर ना. २. दूत, कलियो।
24847 चर ना. ३. घरको जग।
24848 चर ना. ४. रोग।
24849 चर ना. ५. सुइँको, भेद। वि.
24850 चर ना. ६. हिँडडुल गर्ने, चल्ने, जङ्गम।