Dictionary

All Word

24951 चरु ना. २. ठाडो बिट भएको, धातुको एक भाँडोविशेष; सानो ठो।
24952 चरुवा ना. १. गाईबस्तु चराउने मानिस, गोठालो। वि.
24953 चरुवा ना. २. चर्ने गरेको (बस्तुभाउ)।
24954 चरेस १ ना. १. काँसो र जस्ता बराबर अनुपातमा मिसाएर तयार पारिएको एक प्रकारको धातुविशेष।
24955 चरेस १ ना. २. असल जातको मिहिन, पातलो र सेतो सुती कपडा।
24956 चरेस ना. गाँजाको लट्टाको चोप वा खोटो, तमाखु भैं धूम्रपान गरिने एक लागु पदार्थ।
24957 चरो ना. चराचुरुङ्गीवर्गको, पखेटा र चुच्चो हुने कुनै दोपाया प्राणी।
24958 चर्कनु अ.क्रि. १. फुट्नु, चिरिनु, चिरा पर्नु, धाँजा फाट्नु।
24959 चर्कनु अ.क्रि. २. प्रचण्ड हुनु, कडा हुनु।
24960 चर्कनु अ.क्रि. ३. सोला हान्नु, घाउ चर्केर दुख्नु, चस्कनु।
24961 चर्कनु अ.क्रि. ४. ठुलो स्वरले बोल्न, कड्कनु।
24962 चर्काइ ना. चर्कने भाव, क्रिया वा प्रक्रिया।
24963 चर्काइनु क.क्रि. चर्कने पारिनु, चर्कने पार्न लगाइनु।
24964 चर्काउनु स.क्रि. १. कुनै समस्या, मामला वा कुरालाई झन् गम्भीर तुल्याउनु।
24965 चर्काउनु स.क्रि. २. चिरा पार्नु।
24966 चर्काउनु स.क्रि. ३. कुनै जोडिएको वस्तुलाई चिर्को पार्नु।
24967 चर्काचर्की ना. दुवैतर्फबाट भएको साहो झगडा, बाझाबाझ, उग्र कलह।
24968 चर्किनु अ.क्रि. १. चर्को हुनु, चर्कनु।
24969 चर्किनु अ.क्रि. २. चर्को बनिनु।
24970 चर्कुले / चर्कुलो वि. १. कान खाने चर्को वा तिखो स्वर भएको, चरचरी बाझेजस्तो गरी बोल्ने।
24971 चर्कुले / चर्कुलो वि. २. छुकछुके; चकचके; चनमते, चञ्चले।
24972 चर्को वि. तिक्खर, कडा; तीव्र तेजी; कठोर; ज्यादा।
24973 चर्खा ना. चक्र झैँ पाङ्ग्रो जडी प्युरीबाट धागो कात्न बनाइएको, काठको घरेलु यन्त्रविशेष।
24974 चर्च ना. इसाई मतावलम्बीहरूको उपासना गर्ने सार्वजनिक भवन वा मन्दिर, गिर्जाघर।
24975 चर्चनु स.क्रि. १. चलन गर्नु, भोग गर्नु।
24976 चर्चनु स.क्रि. २. तह लगाउनु, सुमर्नु, काममा ल्याउनु।
24977 चर्चराइ ना. चर्चराउने भाव, क्रिया वा प्रक्रिया।
24978 चर्चराइनु अ.क्रि. चर्चराउने होइनु।
24979 चर्चराउनु अ.क्रि. १. चहऱ्याउनु भबाउनु।
24980 चर्चराउनु अ.क्रि. २. चरचर गरेर आवाज आउनु।
24981 चर्चरिका ना. १. नाटक प्रदर्शन गर्दा एउटा प्रकरण खतम भई, पर्दा गिराई फेरि अर्को प्रकरण सुरु गर्ने अवस्थामा पर्दा उठाउँदा गाइने एक प्रकारको गीत।
24982 चर्चरिका ना. २. नाटकका दुई नटुवाले आलोपालो गरी गाउने गीत।
24983 चर्चरिनु अ.क्रि. चरचर गरी दुख्नु, चरचर हुनु, चहऱ्याइनु, चर्कनु।
24984 चर्चरी ना. १. वसन्त ऋतुमा गाइने एक प्रकारको गीतविशेष।
24985 चर्चरी ना. २. सङ्गीतका तालमा बजाइने ताली।
24986 चर्चरी ना. 3. विद्वान्हरूद्वारा गरिएको सस्वर पाठ।
24987 चर्चरी ना. ४. आमोदप्रमोद, हर्षक्रीडा।
24988 चर्चरी ना. ५. रगण, सगण, दुई जगण, भगण एवं रगण हुने र पपाँच अक्षरमा विश्राम हुने एक छन्द।
24989 चर्चरे ना. १. च्याप्टो प्रकारको डाँठ भएको ससाना राता फूल फुल्ने र काला गेडा हुने एक जङ्गली लहरो।
24990 चर्चरे ना. २. गाईबस्तुलाई हुने एक भयङ्कर सरुवा रोग, गाईबस्तुको देसान।
24991 चर्चरे ना. ३. सारौं चरो, चर्चरो।
24992 चर्चरो ना. सारौं चरो।
24993 चर्चा ना. १. विचारविमर्श गम्भीर छलफल।
24994 चर्चा ना. २. प्रसङ्ग कथन; प्रकरण।
24995 चर्चा ना. ३. आवृत्ति, स्वरपाठ; अध्ययन।
24996 चर्चापीठ ना. कुनै विषयमा छलफल, बहस वा अनुसन्धान गर्न स्थापित भएको संस्था, आवश्यक विमर्शहरू सम्बद्ध व्यक्तिसमक्ष पुयाउन खडा भएको एक एकाइ।
24997 चर्चाइ ना. चर्चने क्रिया, भाव वा प्रक्रिया।
24998 चर्चाइनु क.क्रि. चर्चाउन लगाइनु।
24999 चर्चाउनु प्रे. क्रि. चर्चने काम गराउनु; चर्चन लाउनु।
25000 चर्चित वि. १. चर्चा गरिएको, प्रासङ्गिक।