Dictionary

All Word

25051 चर्वण ना. १. चपाउने वा खाने काम।
25052 चर्वण ना. २. आचमन।
25053 चर्वण ना. ३. स्वाद चाख्ने काम।
25054 चर्वित वि . १. चपाइएको; खाइएको।
25055 चर्वित वि . २. चाखिएको।
25056 चर्वित चर्वण ना. १. गाईबस्तुहरूले खाएको घाँस फेरि मुखमा निकालेर चबाउने क्रिया; उग्राउने कार्य।
25057 चर्वित चर्वण ना. २. भनिसकिएको कुरो दोहोर फेरि भन्ने कार्य, पुनरुक्ति, निरर्थक आवृत्ति।
25058 चर्व्य वि . चबाइने वा चबाउनुपर्ने, चबाउन योग्य।
25059 चर्सा ना. छाला।
25060 चर्सा ठेक्का ना. छाला- ठेक्का।
25061 चर्सा रकम ना. १. छालाको ठेकदारीमा बुझाउनुपर्ने रकम।
25062 चर्सा रकम ना. २. छालाको ठेक्कापट्टा।
25063 चल्नु अ.क्रि. १. चलमलाउनु, हल्लनु, हिल्नु, काँप्नु।
25064 चल्नु अ.क्रि. २. चकचक गर्नु।
25065 चल्नु अ.क्रि. ३. हिँड्नु जानु।
25066 चल्नु अ.क्रि. ४. चलनमा आउनु।
25067 चल्नु अ.क्रि. ५. जिस्किनु।
25068 चल्नु अ.क्रि. ६. टिक्नु, खट्नु।
25069 चल्नु अ.क्रि. ७. प्रारम्भ हुनु।
25070 चल्नु अ.क्रि. ८. पासा आदि खेल खेल्दा कुनै चाल आरम्भ गर्नु।
25071 चल वि . १. चल्ने, काम्ने, हल्लिने, स्पन्दित हुने।
25072 चल वि . २. अस्थिर, चञ्चल।
25073 चल वि . ३. हिँडडुल गर्ने; जङ्गम।
25074 चल वि . ४. चलाउन सकिने (वस्तु)।
25075 चल वि . ५. चल्ती, चल्तीफिर्ती।
25076 चल वि . ६. चलनचल्तीमा आएको।
25077 चलअचल वि . चल्ने र नचल्ने; जङ्गम र स्थावर, अस्थिर र स्थिर।
25078 चलखेल ना. क्रियाशीलता, चल्ने खेल्ने काम, कुनै काममा हात हाल्ने काम।
25079 चलचित्र ना. बिजुलीका सहायताबाट रजतपटमा देखाइने चल्ने - फिर्ने कथात्मक नाट्यचित्र; सिनेमा, टाकिज।
25080 चलचित्र प्रदर्शक ना. चलचित्र देखाउने यन्त्र चलाउने मानिस।
25081 चलचित्र संस्थान ना. चलचित्रसम्बन्धी कामको व्यवस्था मिलाउने एक निकाय।
25082 चलचित्र सम्पादक ना. चलचित्र बनाउनका लागि खिचिएका दृश्यादिको काटछाँट गर्ने तथा मिलाउने काम गर्ने विशेषज्ञ।
25083 चल जोर्नी ना. शरीरको खास जोर्नी कीलेजोर्नी।
25084 चलता वि . चालु; चल्ता।
25085 चलतापुर्जा वि . १. सक्रिय, फुर्तिलो, जाँगरिलो, व्यवहारकुशल।
25086 चलतापुर्जा वि . २. हाकधाक भएको।
25087 चलताफिर्ता वि . चलतापुर्जा।
25088 चलती ना. हे. चल्ती।
25089 चलतीफिर्ती ना. चल्तीफिर्ती।
25090 चलदल ना. पात फिरफिर भइरहने एक वृक्षविशेष, पीपलको रुख, चलपत्र।
25091 चलन ना. १. रीतिपरम्परा, प्रथा।
25092 चलन ना. २. गति, चाल। वि.
25093 चलन ना. ३. गतिशील, कम्पायमान, काम्ने, हल्लने।
25094 चलनकलन ना. उच्चस्तरीय गणितको एक प्रकार।
25095 चलनचलाइ ना. चलनमा चलेको कामकुरो।
25096 चलनचल्ती ना. चलन वा व्यवहारमा उपयोग हुँदै आइरहेको कुरा, चलन।
25097 चलनचाँजो ना. कामकुराको व्यवस्था, घरायसी कारोबार, कामधन्दा।
25098 चलनचाँदीको वि . चलनचल्तीमा ल्याइएको (चाँदीको सुका, मोहर, रुपियाँ इ.)।
25099 चलनपुर्जी ना. कसैलाई कुनै कुरो भोग गर्न वा चलन गर्न दिँदा गरिने कागज, पट्टा, आज्ञापत्र, अधिकारपत्र।
25100 चलनिक्षेप ना. ब्याङ्कको चल्ती खातामा निक्षेपकर्ता वा खातावालले जम्मा गरेको निर्व्याजी रकम भागनिक्षेप।