Dictionary

All Word

25201 चस्मदिद वि . कुनै घटना आफ्नै आँखाले देख्ने; देखी जान्ने, प्रत्यक्षदर्शी (साक्षी, गवाही )।
25202 चस्मा ना. आँखासम्बन्धी रोग वा कमजोरीबाट बची त्यसलाई सुरक्षित तुल्याउन नाक र कानको अवलम्बमा दुवै आँखामा लगाइने सिसाको एक उपकरण, उपनेत्र।
25203 चस्याकचुसुक क्रि.वि. १. लगातार घोच्ने वा भनिबिझाउने गरी। ना.
25204 चस्याकचुसुक क्रि.वि. २. जिब्रामा चस्स लाग्ने अचार, सितन आदि; चास्सस्स।
25205 चस्याकचुसुक क्रि.वि. ३. छास्सछुस्स।
25206 चस्याकचुसुक क्रि.वि. ४. चुबुरचाबुर।
25207 चस्स क्रि.वि. १. एकाएक तिखो रूपमा मसिनु काँडा बिने गरी।
25208 चस्स क्रि.वि. २. अप्रिय कुरा सुन्नाले मन दुख्ने गरी।
25209 चहक्नु अ.क्रि. १. चम्कनु, जगमगाउनु।
25210 चहक्नु अ.क्रि. २. भित्रैदेखि प्रसन्न भएर रवाफिलो व्यवहार गर्नु।
25211 चहक्नु अ.क्रि. 3. चिरबिराउनु, चहचहाउनु।
25212 चहक ना. १. प्रकाश; उज्यालो टलक।
25213 चहक ना. २. तेज कान्ति।
25214 चहकदार वि . १. टलकदार, चहक भएको, चम्किलो।
25215 चहकदार वि . २. उज्जर; उज्यालो (कपडा आदिको रङ वा बुट्टा)।
25216 चहकमहक ना. १. चमकदमक सौन्दर्य शोभा। २ आनन्दमय वातावरण।
25217 चहकाइ ना. चहकिने भाव, क्रिया वा प्रक्रिया।
25218 चहकाइनु क.क्रि. चहकिन लाइनु।
25219 चहकाउनु अ.क्रि. १. चहकिलो हुनु। प्रे. क्रि.
25220 चहकाउनु अ.क्रि. २. चहकिने पार्नु वा पार्न लगाउनु।
25221 चहकिनु अ.क्रि. चहकनु, जगमगिनु।
25222 चहकिलो वि . चहक भएको; चहकदार।
25223 चहक्याइ ना. चहकिने भाव, क्रिया वा प्रक्रिया; चहक्याहट।
25224 चहक्याइनु क.क्रि. चहकिने तुल्याइनु।
25225 चहक्याउनु प्रे. क्रि. चहकिने पार्नु, चहकिलो तुल्याउनु।
25226 चहक्याहट ना. चहक्याइ।
25227 चहचह ना. / वि. चचहै; चचह।
25228 चहरिंदो वि . चहऱ्याउने, पोल्ने, चरचर गर्ने, चरचरिंदो।
25229 चहऱ्याइ ना. चहऱ्याउने भाव, क्प्ररिया वा क्रिया।
25230 चहऱ्याइनु अ.क्रि. चहऱ्याउने हुनु, टट्टाइनु।
25231 चहऱ्याउनु अ.क्रि. १. घाउखटिरा आदि कोरिएर वा कडा औषधी पर्नाले चर्केर दुख्नु, टट्टाउनु, भबाउनु, पोल्नु।
25232 चहऱ्याउनु अ.क्रि. २. चर्चराउनु।
25233 चहऱ्याहट ना. चहऱ्याइ।
25234 चहलपहल ना. सुखीको कामकाज, मनोरञ्जनको चटपटी; रमणीयता।
25235 चहला वि . निथ्रुक्क भएर भिजेको निथ्रुक्क।
25236 चहलो ना. १. चाँचल, पानी चाँचर।
25237 चहलो ना. २. पानीमुनि भासिने हिलो भएको फराक दह।
25238 चहार्नु अ.क्रि. घुमफिर गर्नु, घुम्दै डुल्दै हिँड्नु चाहार्नु।
25239 चहार वि . १. चार सङ्ख्याको (उदा. -चहार दिवार )।
25240 चहार वि . २. सबभन्दा कम दर्जाको चुत्यो किसिमको। ना.
25241 चहार वि . ३. जग्गाका अब्बल, दोयम, सिम र चहार चार श्रेणीमध्ये सबैभन्दा तल्लो तहको जग्गा।
25242 चहाराइ ना. चहार्ने भाव, क्रिया वा प्रक्रिया।
25243 चा ना. हे. चिया।
25244 चाँगुनारायण ना. काठमाडौँ उपत्यकाको दोलागिरि पर्वतमा अवस्थित, नेपालका लिच्छवि राजा मानदेवद्वारा वि. सं. ५२१ मा आफ्नी आमा राज्यवतीको सम्झनामा निर्मित, कलापूर्ण प्रसिद्ध मन्दिर वा धार्मिक पीठ, सोही मन्दिरभित्र स्थापित तथा कार्तिक शुक्ल एकादशीमा मेला लाग्ने चार नारायणमध्ये एक।
25245 चाँगे ना. तिखा टुप्पा भएका लाम्चा हरिया पात हुने, कलेजी र पहेँला रङका झुप्पा - झुप्पा फूल फुल्ने र फूलका फेदमा काला गेडा लाग्ने एक प्रकारको बोट वा त्यसैको फूल।
25246 चाँचर ना. चुच्चो कालो भएको, शिरमा कल्की हुने र फुसो कालो वर्णको, भँगेरोजत्रो एक ऋषिपक्षी, चुच्चे चरो।
25247 चाँचर ना. नदी वा खोला फिँजिएर बगेको, तर्न सकिने ठाउँ, जँघार।
25248 चाँच ना. पश्चिम नेपालको चौथो र पाँचौँ विकासक्षेत्रभित्र प्रचलित तथा फागुमा गाइने प्रसिद्ध लोकगीत, चाँचल।
25249 चाँचरी ना. चाँचर (चरो )।
25250 चाँचरी ना. रोपाइँ गर्दा गाइने खास गीत।