Dictionary

All Word

25251 चाँचल ना. चाँचर, चाँचरी ( गीत )।
25252 चाँचल ना. पाँजिएको र बतासले हल्लिने पानीको सोतो वा तरङ्ग; चाँचर।
25253 चाँची ना. लय मिलाएर हालिने कथा।
25254 चाँचूँ ना. अस्वीकार नगरिएको स्थिति, चाइँचुइँ; आनाकानी, नाइँनास्ति।
25255 चाँजो ना. चन्जा; व्यवस्था; बन्दोबस्त।
25256 चाँजोपाँजो ना. चन्जापन्जा; बरबन्दोबस्त।
25257 चाँडो क्रि.वि. १. छिटो; तुरुन्त, झटपट, शीघ्र, झट्ट; चटाक, झटाझ; तत्काल। वि.
25258 चाँडो क्रि.वि. २. छिटो चल्ने, झट्टै गर्ने।
25259 चाँद ना. १. चन्द्रमा, शशी, सोम।
25260 चाँद ना. २. बन्दुक हान्न वा धनुकाँड चलाउन अभ्यास गर्नेले बनाएको निसाना वा चिह्न, तारो।
25261 चाँद ना. ३. अघि सरकारी सेवामा रहेकाहरूले टोपी वा बिंडामा लगाउने चन्द्राकारको पद चिह्न, ब्याज।
25262 चाँदतोडा ना. अघि सरकारी कर्मचारीहरूलाई पदअनुसार लगाउन दिइने सुन वा चाँदीको चाँद र बिंडा वा तोडा सहितको पगरी, चाँद।
25263 चाँदनी ना. १. चन्द्रज्योति जून, चन्द्र- किरण।
25264 चाँदनी ना. २. चंदुवा।
25265 चाँदमरुवा ना. पहाडी भेगको औलिया र सिमसार ठाउँमा उम्रने, पहिले रातो र पछि सेतो रङको हुने ससाना फूल फुल्ने, खुर्सानीका जस्ता पात र बोट हुने तितो स्वादको, सानो सखरखण्डको जस्तो कन्द हुने एक बुटी; सर्पगन्धा।
25266 चाँदमारी ना. तारोहनाइ, तारो हान्ने काम वा अभ्यास; चानमारी।
25267 चाँदी ना. सुन झैँ लच्याकलुचुक हुने र पिटेर चेप्ट्याउन वा छाँट पार्न सकिने मूल्यवान् चहकिलो सेतो धातु मुद्रा र जुहारातमा प्रयोग गरिने प्रसिद्ध धातु रजत रौप्य।
25268 चाँदे वि. १. निधारमा सेतो टिको वा चाँदो हुने (बाखा वा भैँसी)। ना.
25269 चाँदे वि. २. ठुलो पातो भएको एक प्रकारको कोदालो।
25270 चाँदे वि. टाउकामा सेतो कत्ला हुने एक प्रकारको माछो।
25271 चाँदो ना. १. निधार, तालु।
25272 चाँदो ना. २. बाखा वा भैँसीका निधारमा हुने सेतो धर्को वा टिको।
25273 चाँदो ना. ३. तकदिर, भाग्य।
25274 चाँप ना. १. छमछम बज्ने सानासाना घुँघुरा हुने, गोडामा लगाइने गहना।
25275 चाँप ना. २. लुगा सिउने कलमा सियोमाथिको कपडा थिच्ने एक अवयव।
25276 चाँप / चाँपो ना. लाम्चा पात हुने, पहेँला वा सेता फूल फुल्ने, झुप्पा-झुप्पा भई फल लाग्ने, काठबाट मेच- कुर्सी आदि बनाइने एक रुख, चम्पा।
25277 चावल ना. हे. चामल।
25278 चाँवो ना. पानजस्तो पात हुने, पहेँला फूल फुल्ने र पिप्लाका आकारको फल लाग्ने एक लहरो, चाभो, पिप्लाको एक भेद।
25279 चाइँ चुइँ ना. १. आनाकानी, नाइँनास्ति, चाँचु। क्रि.वि.
25280 चाइँ चुइँ ना. २. सेल आदि पकाउँदा शब्द आउने गरी।
25281 चाइने / चाइनेजो वि.बो. बोल्दा वाक्य वा शब्दका बिचबिचमा अनावश्यक रूपले दोहोरिइरहने एक थेगो रहनी।
25282 चाउचाउ ना. मसिना लामा लामा त्यान्द्रा हुने, गहुँको पिठोबाट बनाइएको एक प्रकारको खाद्य वस्तु।
25283 चाउथो ना. तिजरोभन्दा एक दिन बढी बिराएर आउने ज्वरो, चारदिने ज्वरो।
25284 चाउरिनु अ.क्रि. १. चाउरे हुनु, चाउरी पर्नु, लोला पर्नु।
25285 चाउरिनु अ.क्रि. २. खुम्चिनु, साँघुरिनु।
25286 चाउरिनु अ.क्रि. ३. चुमुक्क पर्नु, विवश हुनु, अशक्त हुनु।
25287 चाउरी ना. उमेर वा रोगका कारणले शरीरका छालामा परेका मुजा वा खुम्चा।
25288 चाउरे वि. १. चाउरी परेको।
25289 चाउरे वि. २. दुब्लो, सिकुटे, सिट्ठो ना
25290 चाउरे वि. ३. चाउरी परेको मानिसलाई हियाएर बोलाउँदा भनिने शब्द।
25291 चाउरे बाँदर ना. १. दुब्लो बाँदर। वि.
25292 चाउरे बाँदर ना. २. नराम्रो स्वभाव भएको (मानिस)।
25293 चाउलो ना. टोपीको घेरामाथिको भाग वा चक्का।
25294 चाक ना. १. कम्मरभन्दा मुनि दुई नितम्बका जोर्नीका बिचमा रहेको अङ्ग, कन्डो, पुट्ठा, नितम्ब।
25295 चाक ना. २. कुनै भाँडो आदिको भुइँमा अडिने समतल अंश, पिंध। ३ दलानमा बस्नका निम्ति बनाइएको टाँड, ग्वालीको तला।
25296 चाकचकुवी ना. १. कमारी। वि.
25297 चाकचकुवी ना. २. अलपत्र परेकी (स्त्री)।
25298 चाकडी ना. हे. चाकरी।
25299 चाकनचुकन ना. सानोतिनो माल, खुद्राखुद्री, फुटकर खर्च।
25300 चाकर ना. १. कमारो, करिया, दास, गुलाम।