Dictionary

All Word

25301 चाकर ना. २. सेवक, नोकर, टहलुवा, भृत्य।
25302 चाकरी ना. १. चाकरको काम, सेवा, टहल, सुसार, ताबेदारी; परिचर्या।
25303 चाकरी ना. २. कसैलाई खुसी पार्न गरिने कार्य।
25304 चाकरीदार/ बाज वि. धेरै चाकरी गर्ने; चाकरीमा लागेको।
25305 चाकल ना. चारै छेउ वा सुर मिलेको, सम्म परेको जग्गा; छाँट मिलेको ठाउँ, चकला।
25306 चाकलमाडी ना. कामकाज केही नगरी गफ मात्र हाँकिरहने वा कुरा मात्र गरिरहने काम।
25307 चाका ना. १. मौरीले मह काढ्ने गुँड मह रहेको फग्लेंटो।
25308 चाका ना. २. टोपीको घेरो।
25309 चाकाचुली ना. १. फल्याकको बिचमा सन्तुलन राखी त्यसका दुई छेउमा बसी माथि तल गरी खेलिने, बालकहरूको एक खेल।
25310 चाकाचुली ना. २. ढिकीच्याउँ।
25311 चाकी ना. सागपात, घाँस आदिको ससानो मुठो, कल्ली।
25312 चाकु ना. मसिना जातको उखुको रस वा सखर पकाएर राम्ररी छानी चाका-चाका पारी जमाइएको, गुलियो खाद्य पदार्थ।
25313 चाके वि. १. बडेमाको चाक हुने, नितम्बी, ढाडे। ना.
25314 चाके वि. २. भारी बोक्दा भरियाले सजिलाका निम्ति पिठ्यूँमुनि राख्ने घाँस वा परालको मुठो।
25315 चाको ना. १. चपरी, चोइली, चोइलो, ढेला।
25316 चाको ना. २. माहुरीको मह पार्ने घार, छत्ता।
25317 चाक्लो वि. फराकिलो; चेप्टो, चौकुने, चारकुने, चापट।
25318 चाक्लो बाक्लो वि. फराकिलो र खाँदिएको, मोटो र टम्म मिलेको।
25319 चाक्षुष वि. १. आँखासम्बन्धी, आँखाको।
25320 चाक्षुष वि. २. दृष्टिद्वारा उत्पन्न भएको दृष्टिमा निर्भर रहेको।
25321 चाक्षुष वि. ३. आँखाले देखिने वा ग्रहण गर्ने।
25322 चाक्षुष वि. ४. देखी जान्ने (साछी)। ना.
25323 चाक्षुष वि. ५. न्यायशास्त्रअनुसार प्रत्यक्ष प्रमाणको एक भेद।
25324 चाक्षुष वि. ६. पुराणअनुसार छैटौं मनु।
25325 चाक्षुषज्ञान ना. कुनै वस्तु, घटना, दृश्य आदिलाई आँखाले हेरेर वा देखेर हासिल गरिएको ज्ञान, आँखाका सहायताले प्राप्त ज्ञान।
25326 चाक्षुष प्रत्यक्ष वि. खुद आफ्नै आँखाले देखेको, आफैँले प्रत्यक्ष देखेको।
25327 चाक्सी ना. पातलो र पहेँलो बोक्रा हुने, गुलियो -गुलियो स्वाद भएको, अमिलो फलको एक जात।
25328 चाख्नु स.क्रि. खानेकुराको स्वाद लिनु, मिठो नमिठो, नुन-मसला आदि ठिक छ-छैन भनी जाँच्न खाइहेर्नु, अनुभव गर्नु, आस्वादन गर्नु।
25329 चाख ना. कुनै विषयप्रति हुने मानिसको नैसर्गिक वा अर्जित मानसिक आकर्षण वा रुचि, अभिरुचि; आस्वादन, अनुराग, चाह, रहर।
25330 चाखिलो वि. चाखलाग्दो रुचिकर, चखिलो।
25331 चाखा ना. किताप आदि प्वाल पार्ने किरो; माउ।
25332 चाखुरो ना. हे. च्याखुरो।
25333 चाङ ना. थुप्रो, खात, रास, तड्डी।
25334 चाचा ना. गहना वा खेलौना ( बालबोलीमा)।
25335 चाञ्चल्य ना. १. चञ्चल हुनाको भाव वा स्थिति, चञ्चलता, अस्थिरता, द्रुत गति।
25336 चाञ्चल्य ना. २. नश्वरता।
25337 चाट्नु स.क्रि. १. जिब्रामा सोझै स्पर्श गरी कुनै चिजको स्वाद लिनु वा खानु।
25338 चाट्नु स.क्रि. २. अरूको धनमालमा लोभ गरी अलिअलि लिनु।
25339 चाट्नु स.क्रि. ३. अरूको धनमाल पचाउनु।
25340 चाट वि. १. विश्वासघाती।
25341 चाट वि. २. ठग, बदमास।
25342 चाट ना. १. चाट्ने काम वा स्थिति; चटाई।
25343 चाट ना. २. अभिलाषा, इच्छा। ३ रुचि।
25344 चाट ना. ४. समोसा आदिमा दही तथा मरमसला हाली बनाइएको एक प्रकारको खाद्य वस्तु।
25345 चाटचुट क्रि.वि. भाँडामा अलिकति पनि बाँकी नरहने किसिमले चाटेर, पाछीपछी गरी खाने वा सक्ने गरी।
25346 चाटीचुटी क्रि.वि. खाँदा भाँडासमेत चाटचुट वा पाछपुछ हुने गरी।
25347 चाटु ना. १. मधुर तथा प्रिय वचन, मिठो कुरा।
25348 चाटु ना. २. चापलुसी, मिथ्या प्रशंसा; फुस्ल्याइँ, खुसामद, चिप्लोघसाइ।
25349 चाटुकार वि. मिठो बोली बोल्ने, खुसामदी, चिप्ले।
25350 चाटुकारी ना. प्रिय वचन बोल्ने काम, खुसामद।