Dictionary

All Word

25401 चापचिह्न ना. खुट्टाका पैतालाको चिह्न।
25402 चापचुप ना. १. नबोलीकन बसेको अवस्था, चुपचाप, गुपचुप। क्रि.वि.
25403 चापचुप ना. २. खाना खाँदा सिनित्त हुने गरी।
25404 चापचुप ना. ३. मानिस पक्रँदा वा समाउँदा बोल्नै नपाउने गरी अपर्झट वा अकस्मात् फेला पार्ने वा समाइने गरी।
25405 चापट वि. फराक, विस्तृत, फैलिएको; गजिलो, चाक्लो; समतल।
25406 चापपेटी ना. घटी वा बढी हावाका यिचाइबाट बन्ने स्थान वा श्रेणी।
25407 चापलुस वि. चिप्लो घसेर कुरा गर्ने, खुसामदी; चाटुकार, मिथ्या प्रशंसक।
25408 चापलुसी ना. लोलोपोतो, चोसोमोसो, खुसामदीपन, चाटुकारिता, बेसारेपन; चेप्याइँ, चेपारेपन, चिल्लोघसाइ।
25409 चापल्य ना. चुलबुलेपन, चपलता, चञ्चलता।
25410 चापाचाप ना. १. बेफुर्सदी, व्यस्तता।
25411 चापाचाप ना. २. कडिकडाउ (रोगको); धरपकड, जोरजुलुम, सिकिस्ती।
25412 चाब्नु स.क्रि. दाँतले बिस्तारै चपाउनु, मुखमा लिनु वा च्याप्नु खानु (पान, सुपारी आदि)।
25413 चाबी ना. ताल्चा खोल्ने साधन, कुञ्जी हे. साँचो।
25414 चाबो / चाभो ना. एक जातको जङ्गली पान वा त्यसैको लहरा।
25415 चाम ना. छाला, चर्म, सामा।
25416 चाम कोदाली ना. पुरानो धान, कोदो आदि पसिनाले चोइली परेपछि खनेर उप्काउने एक प्रकारको कोदालो।
25417 चाममुठी ना. मुठी बाँध्दै, फुकाउँदै गरेर खेलिने ससाना नानीहरूको खेल।
25418 चामर ना. हे. चमर।
25419 चामरग्राही वि. चमर डोलाउने (व्यक्ति)।
25420 चामरधर / धारी ना. राजाको दायाँ-बायाँ बसेर चमर डोलाउने सेवक, चँवरदार।
25421 चामल ना. धानभित्रको सारयुक्त सेतो वा खैरो अन्न, चाँवल।
25422 चामलिङ्गी ना. पूर्वी नेपालमा चामलिङ थर हुने किराँतीहरूले बोल्ने एक भाषिका।
25423 चामुण्डा ना. दुर्गाको रौद्र रूप।
25424 चामे वि. १. युद्धमा ढाल भिर्ने (व्यक्ति)। ना.
25425 चामे वि. २. फोहोर टिप्ने र सोहोर्ने व्यक्ति, पोडे, मेहतर, च्यामे।
25426 चामे वि. ३. मनाङ जिल्लाको सदरमुकाम।
25427 चाम्मुठी ना. हे. चामठी।
25428 चाम्रिनु अ.क्रि. १. चाम्रो हुनु, नचुँडिने हुनु।
25429 चाम्रिनु अ.क्रि. २. जाँगर मर्नु, उत्साह सेलाउनु, फुर्ती हराउनु, ओइलाउनु।
25430 चाम्रे ना. पानीमा ढड्याइएको चामललाई घिउमा भुटी बाफले मात्र पकाइएको एक खाद्य वस्तु।
25431 चाम्रे च्याउ ना. एक प्रकारको जङ्गली च्याउ।
25432 चाम्रो वि. १. भाँच्न, चुँड्न र चपाउन कठिन पर्ने, लचिलो र दह्रो किसिमको।
25433 चाम्रो वि. २. कराँतिलो सारवान् दर्बिलो।
25434 चाम्रो वि. ३. कन्जुस।
25435 चाम्रो वि. ४. चिम्ट्याइलो।
25436 चाम्ग्राइ ना. चाम्रो हुनाको भाव वा अवस्था।
25437 चायाँ ना. राता डाँठ हुने, राता फूल फुल्ने, पातका बिचमा रातै धर्को हुने र ससाना काला गेडा फल्ने एक बोट।
25438 चाया ना. १. कपालमा हुने मसिना बुरबुरे पाप्रा वा सेतो हलुका धुलो।
25439 चाया ना. २. कलेजाको खराबीका कारणले आँखावरिपरि वा गालामा बस्ने कालो दाग पोतो।
25440 चार ना. १. गणनाक्रममा तीनपछिको सङ्ख्या ४ को अङ्क। वि.
25441 चार ना. २. तीनपछिका सङ्ख्याको।
25442 चारआँठे वि. आँठेआँठा भएको; आँठा पारी बाटिएको (कपाल आदि)।
25443 चारकडे वि. चार कडा भएको (भयाँगा आदि)।
25444 चारकलम ना. पूर्वी नेपालको लिम्बू समाजमा केटी मागेर कुरो छिनेको र विवाह गर्ने निधो लागेको दिन केटाका तर्फबाट केटीका आमा-बाबुलाई दिइने पैसा, जाँड-रक्सी आदिको कोसेली।
25445 चारकाने वि. चार कान भएको, घाँटीमा कान झैँ दुईवटा लुर्कन भएको (खसी, बाख्रा आदि)।
25446 चारकिल्ला ना. सिमाना (खेतबारीको ); साँध, सीमा, परिधि, चौहद्दी।
25447 चारकुने वि. १. चार कुना परेको; चारपाटे आकारको; चारखाने। ना.
25448 चारकुने वि. २. चार कुना पारी सिन्काले गाँसी तयार पारिएको पातको एक पात्र।
25449 चारखाना ना. चारपाटे आकारको बुट्टा भएको कपडा, चारखाने कपडा।
25450 चारखाने वि. चारकुने आकारको, चारखाना भएको।