Dictionary

All Word

25551 चालीसौं वि. हे. चालिसौं।
25552 चालु वि. १. चल्दो चल्ने, चल्ती। २ हालको अहिलेको।
25553 चालु वि. ३. सक्रिय, चल्तापुर्जा।
25554 चालू वि. हे. चालु।
25555 चालो ना. शरीरमा एकै ठाउँमा बुरुर्र भएर निस्कने मसिना खटिरा।
25556 चाल्नी / चाल्नु ना. पिठो, सुर्तीको धुलो आदि छान्नका निम्ति मसिना तार जाली वा प्वाल पारिएको फलामको पाता राखेर बनाइएको एक साधन, मसिना ठोस पदार्थबाट छोक्रा, बोक्रा वा अनावश्यक तत्त्व छुट्ट्याउने साधन, चालनी।
25557 चाल्ने वि. चाल्नीजस्तो; चाल्नीका छाँटको।
25558 चाल्ने खटिरा ना. चर्को घामको असर मानिसका शरीरको छालामा पर्दा उक्सिने ससाना खटिरा घमौरा ; पानी-खटिरा, गर्मी खटिरा।
25559 चाल्ने पिलो ना. धेरै मुख हुने पिलो।
25560 चाल्ने सिस्नु ना. ठुलठुला पात हुने र नपोल्ने एक प्रकारको सिस्नु।
25561 चास्नु स.क्रि. खनजोत गर्नु, गोडमेल गर्नु, चास वा मल पुग्ने गर्नु।
25562 चास ना. जग्गा जमिनमा खनजोत गर्ने तथा मलजल हाल्ने काम चास्ने काम।
25563 चासचुस ना. १. अमिलो, पिरो धेरै प्रकारका अचार, चटनी, सितन।
25564 चासचुस ना. २. रोटी पकाउँदा थोरै चिल्लो लगाउने काम।
25565 चासनी ना. हे. चास्नी।
25566 चासनी ना. गहना तयार गर्न सुन, चाँदी आदि जिम्मा लिनेले गहना बनाउन दिनेलाई पछि काम सिद्धिएपछि गहनामा कैफियत मिसिए -नमिसिएको जाँच्न काटेर दिएको सानो टुक्रो।
25567 चासिनु क.क्रि. चास्ने काम गरिनु।
25568 चासो ना. १. वास्ता, परवाह, खातिर, मतलब, प्रयोजन सरोकार।
25569 चासो ना. २. खाँचो; आवश्यकता।
25570 चासो पर्दो वि. वास्ता राख्नुपर्ने; सरोकार राख्नुपर्ने; आवश्यक।
25571 चास्नी ना. पानी, चिनी वा मिस्री हाली पकाइएको लस्सादार पदार्थ, चासनी, पाक।
25572 चास्स क्रि.वि. मनमा चिसो पस्ने गरी बिभने किसिमले मन दुख्ने गरी ( भन्नु वा केही गर्नु )।
25573 चास्सचुस्स क्रि.वि. १. पेटै नभरिने गरी, थोरथोरै।
25574 चास्सचुस्स क्रि.वि. २. आगो, तातो फलाम आदिले हल्कासित डाम्ने वा पोल्ने गरी।
25575 चास्सचुस्स क्रि.वि. 3. तार, सुइरो, छेस्का आदिको घोचाइका साथै।
25576 चास्सचुस्स क्रि.वि. ४. घोचपेच गरेर अर्कालाई छक्क पर्ने गरी।
25577 चाह ना. १. इच्छा, अभिलाषा, अभिरुचि।
25578 चाह ना. २. अनुभव।
25579 चाह ना. ३. वास्ता।
25580 चाहनु स.क्रि. चाह वा चाहना गर्नु, रुचाउनु, मन पराउनु, पाउन खोज्नु।
25581 चाहना ना. इच्छा; अभिरुचि, चाह; चाहाना।
25582 चाहर्नु स.क्रि. हे. चहार्नु।
25583 चाहा ना. चाहना, रुचि।
25584 चाहाना ना. हे चाहना।
25585 चाहार वि. १. केही कुलो लाग्ने वा जम्मै बर्सादका भरले रोपिने सुक्खा माटो भएको, हिउँदे र बर्से दुवै बाली नलाग्ने तथा कम उब्जा हुने (जग्गा); जग्गाका चार श्रेणीमध्ये तल्लो श्रेणीको। ना.
25586 चाहार वि. २. त्यस्तो जग्गा।
25587 चाहिँ ना. यो. धेरैमा एकलाई रोज्दा वा जोड दिँदा प्रयोग हुने शब्द, अवसरमा; समयमा; खेरि (उदा. तीनवटीमा कान्छीचाहिँ बाठी रहिछ। सेतो चाहिँ कुखुरो काट )
25588 चाहिँदो वि. १. चाहिएजति आवश्यक परेजति।
25589 चाहिँदो वि. २. आवश्यक ; जरुरी।
25590 चाहिँदो वि. 3. ठिक; मनासिब, उचित।
25591 चाहे संयो. विकल्प वा सर्त बुझाउँदा वाक्यमा दुईपल्ट प्रयोग हुने शब्द। (उदा.- चाहे खाऊ, चाहे नखाऊ। चाहे राम, चाहे श्याम आओस्।
25592 चिंगडो ना. फुटेको भाँडो, चिङडो।
25593 चिंगना ना. १. ढुङ्ग्रीप्वाँख पनि नउम्रेका कुखुराका ससाना बच्चा, चिङना।
25594 चिंगना ना. २. कुखुराको बच्चा चल्ला चल्लो।
25595 चिंगो ना. १. पानीमा बस्ने, टोक्ने सानो किरो।
25596 चिंगो ना. २. लाम्चा पात र सेता जरा हुने धानका खेतमा हुने एक भुइँझार।
25597 चिउँ ना. १. सुत्ने क्रिया वा निद्रा।
25598 चिउँ ना. २. साना शिशुलाई सुताउनका लागि गुनगुनाउने शब्द।
25599 चिउँटी ना. १. बुढी औंला र चोर औँलाका टुप्पाको मेल।
25600 चिउँटी ना. २. त्यस्तो मेलले टिप्दा आउनेजति मात्रा।