Dictionary

All Word

25601 चिउँटी ना. ३. सो मेल हुँदाको चिमटाइ।
25602 चिउँटी ना. ४. बुढी औंला र चोर औँलाका सहायताले कुनै वस्तु समात्ने स्थिति वा कार्य। वि.
25603 चिउँटी ना. ५. चिउँटीले आउने परिमाणको; चिम्टी।
25604 चिउँटी ना. ६. थोरै ज्यादै थोरै अति अल्प।
25605 चिउँडो ना. तल्लो ओठभन्दा मुनिको अनुहारको भाग; तल्लो बङ्गाराको उठेको भाग; च्युँडो; च्यापु।
25606 चिउरा ना. भिजाएको वा उसिनेको धान नफुट्तै भुटेर ढिकी, ओखल, मिल आदिमा कुटी थेप्चो बनाइएको एक खाद्य वस्तु च्युरा, चिपिटान्न।
25607 चिउरी ना. १. सुनजस्तो टल्कने पाट निस्कने एक जातको बोट।
25608 चिउरी ना. २. चिउली (फल वा बोट)।
25609 चिउला ना. मुना, टुसा, अङ्कुर, चिउलो।
25610 चिउला चिउली ना. मुनामुनी, टुसाटुसी।
25611 चिउली ना. चिउलो (कोमलार्थमा)।
25612 चिउली ना. सेता साना फूल फुल्ने, दुध निस्कने, अमारोको आकारको फल फल्ने, सो फल चुस्दा गुलियो रस निस्कने रुख वा त्यसको फल; हिगुदल।
25613 चिउलो ना. हे. चिउला।
25614 चिक्नु स.क्रि. स्त्रीसम्भोग गर्नु, मैथुन गर्नु।
25615 चिकनथली / चिकनथैली ना. स्त्री-योनि; जननेन्द्रिय।
25616 चिकनथैले वि. सम्भोगको ज्यादै चाह गर्ने (स्त्री); कामोन्मादी ; कामासक्त (स्त्री); भोगिनी।
25617 चिकाइ ना. सम्भोग गर्ने वा गराउने भाव, क्रिया वा प्रक्रिया।
25618 चिकाइनु क.क्रि. सम्भोग गराइनु वा गर्न लगाइनु।
25619 चिकाउनु प्रे. क्रि. सम्भोग गर्न लाउनु वा गर्ने पार्नु।
25620 चिकान ना. सम्भोग कार्य, समागम, मैथुन, सम्भोग।
25621 चिकामारी ना. चिकीखेल।
25622 चिकारु वि. मैथुनमा तल्लीन भएर लागेको।
25623 चिकित्सक ना. औषधोपचार गर्ने व्यक्ति; डाक्टर, वैद्य, कविराज, हकिम।
25624 चिकित्सा ना. १. निदान, रोगनिरूपण।
25625 चिकित्सा ना. २. इलाज, उपचार, औषधी, दवाई
25626 चिकित्सालय ना. औषधी गर्ने घर वा ठाउँ, औषधालय; वैद्यखाना; हस्पिटल; अस्पताल।
25627 चिकित्सा विज्ञान ना. रोगको निदान वा मीमांसा गर्ने र उपचार गरी निकोसमेत पार्ने एक विज्ञान तथा कला; चिकित्साशास्त्र; चरकसंहिता।
25628 चिकित्सित वि. चिकित्सा गरिएको (व्यक्ति); उपचार गरिएको।
25629 चिकिनु क.क्रि. सम्भोग गरिनु, मैथुन गरिनु।
25630 चिकी ना. स्त्रीजातिको जननेन्द्रिय; योनि, भग।
25631 चिकी खेल ना. मैथुन - क्रिया; चिकामारी।
25632 चिकुवा वि. बढी स्त्रीप्रसङ्ग गर्ने स्वभावको, धेरै स्वास्नीमान्छे चाहिने; अति मैथुन गर्ने।
25633 चिघ्रनु अ.क्रि. चिच्याउनु, च्याँठिनु, तर्सिएर रुनु; हिलिनु।
25634 चिघ्राइ ना. चिघ्रने वा चिघाउने भाव, क्रिया वा प्रक्रिया।
25635 चिघ्रिनु अ.क्रि. चिघ्रनु।
25636 चिडडी ना. भिडे माछो।
25637 चिडडो ना. फुटेको भाँडो, चिंगडो।
25638 चिचिघ्वाइँ ना. फिस्टो।
25639 चिचिन्डो ना. १. घिरौंलाका जस्ता पात, सेता फूल, सेता वा काला धर्सा भएका घिरौंलाकै आकारका फल हुने एक लहरो।
25640 चिचिन्डो ना. २. तरकारीका रूपमा व्यवहार गरिने त्यसको फल; चिनाकर्कटी।
25641 चिचिमोटे वि. चकचके, छुकछुके, चनमते (बालक-बालिका)।
25642 चिचिलो ना. १. भरखर फलेको, सानो कलिलो फल।
25643 चिचिलो ना. २. सानो कलिलो बालक बच्चो। वि.
25644 चिचिलो ना. ३. बेला नभएको (फल, फूल, सागपात आदि)।
25645 चिची ना. १. मासु (बालबोलीमा )।
25646 चिची ना. २. भर्खर जन्मेको शिशु।
25647 चिचीपापा ना. १. मासु र मिठाई लगायतका अन्य मिठा खानेकुरा।
25648 चिचीपापा ना. २. पुलपुल्याइ (उदा. - केटाकेटीहरूलाई चिचीपापा गरे बिग्रन्छन्)।
25649 चिचीभुँडी ना. १. नसप्रिएका साना बच्चा।
25650 चिचीभुँडी ना. २. साना बच्चा।