Dictionary

All Word

25651 चिचीभुँडी ना. ३. शिशु तथा भ्रूण।
25652 चिचीमाम ना. १. मासुभात आदि (बालबोलीमा )।
25653 चिचीमाम ना. २. ज्यादै सजिला कुरा (हेयार्थमा)।
25654 चिच्चो वि. लालची, लोलुप, लोभी, कन्जुस, चिच्चा, किच्चो; किच्चक, खिच्चो।
25655 चिच्च्याइ ना. [चिच्याउने क्रिया, भाव वा प्रक्रिया।
25656 चिच्च्याइनु अ.क्रि. कराइनु, कौलासिनु।
25657 चिच्याउनु अ.क्रि. कङ्कला शब्द निकाल्नु; कौलास्नु, कराउनु।
25658 चिच्च्याहट ना. चिच्च्याइ।
25659 चिज ना. वैज्ञानिक प्रक्रियाअनुसार जमाइएको दुधबाट खाद्य पदार्थ।
25660 चिजо ना. १. कुनै पनि वस्तु वा पदार्थ, थोक।
25661 चिजо ना. २. महत्त्वपूर्ण वस्तु वा उत्तम कुरो।
25662 चिजबिज ना. कुनै वस्तु वा पदार्थहरूको समूह, मालताल, जेतेमेते।
25663 चिट ना. १. कुनै कुराको टिपोट गरिएको कागजको सानो टुक्रा।
25664 चिट ना. २. परीक्षामा अवैध साधनका रूपमा चोरी गर्ने मनसायले परीक्षार्थीले छलपूर्वक प्रयोग गर्ने टिपोटपत्र।
25665 चिट ना. पुललाई अड्याउनका लागि अवलम्बस्वरूप कसिने लट्ठा, झोलुङ्गे पुलको दुई छेउमा तारहरू कस्न बनाइएका मजबुत लट्ठा।
25666 चिटचिट क्रि.वि. १. मानसिक वा शारीरिक कष्टका कारणले शरीरमा पसिना आउने गरी। ना.
25667 चिटचिट क्रि.वि. २. त्यसरी आएको पसिनाद्वारा उत्पन्न च्याटच्याट।
25668 चिटचिटी / चिटचिट्ती क्रि.वि. चिटचिट, अझै चिटचिट हुने किसिमसँग, चिटचिटी।
25669 चिटिक्क क्रि.वि. सानो र राम्रो भई छाँट मिल्ने गरी चिट्ट, चट्ट्।
25670 चिटीचिटी क्रि.वि. हे चिटचिटी।
25671 चिट्ट क्रि.वि. सानो, राम्रो र बान्की पर्ने गरी चिटिक्क, बान्की परेर मिल्ने गरी।
25672 चिट्टा ना. कुमारी वा अक्षता स्त्रीको जननेन्द्रियको पर्दा वा आवरण, योनिको पर्दा वा जाली, कुमारीच्छद।
25673 चिट्टे वि. १. सानो च्यान्टे सिकुटे।
25674 चिट्टे वि. २. छरितो, छरिछाँटको राम्रो, डिलडौलको।
25675 चिट्ठा ना. १. नगद वा जिन्सी वस्तु पुरस्कारका रूपमा प्राप्त गर्ने लक्ष्यले नम्बर लगाइएका टिकट सर्वसाधारण जनतामा बिक्री गराई जम्मा गरिएको धन पर्नेलाई वितरण गरिने एक प्रणाली (लटरी)।
25676 चिट्ठा ना. २. अकस्मात् हात लागेको धन।
25677 चिठी/चिठ्ठी ना. १. टाढा बसेको कुनै आफन्त वा परिचित व्यक्तिलाई हुलाकमार्फत वा कुनै मान्छेमार्फत पठाइने लिखित भला - कुशली वा खैखबर।
25678 चिठी/चिठ्ठी ना. २. कार्यालयले कुनै संस्था वा व्यक्तिलाई सम्बोधन गरी पठाउने कुनै पनि प्रकारको लेखोट (पत्र, परिपत्र, सूचना इ.)।
25679 चिठी/चिठ्ठी ना. ३. कुनै व्यक्तिले संस्था वा विशिष्ट व्यक्तिका नाममा लेखेको दर्खास्त; आवेदन; निवेदनपत्र।
25680 चिठी / चिठ्ठीपत्र ना. चिठी।
25681 चिठी / चिठ्ठीपत्र निक्सारी ना. १. राणाकालमा प्रधानमन्त्री वा श्री ३ का नाममा आएका चिट्ठीपत्रादि जाहेर गर्ने एक अड्डा।
25682 चिठी / चिठ्ठीपत्र निक्सारी ना. २. अड्डामा गरिने चिठीपत्रको जाहेरी।
25683 चिठी / चिठ्ठी पुर्जी ना. कार्यालयको वा सरकारी कागजातको रूपमा आएको पत्र।
25684 चिड ना. १. फूलका आकारको बुट्टा भएको, तासको एउटा रङ, चिडिया।
25685 चिड ना. २. चिडा; गोब्रेसल्लो।
25686 चिडिया ना. चरो; पक्षी; पन्छी।
25687 चिडियाखाना ना. सार्वजनिक प्रदर्शनका निम्ति चरा-चुरुङ्गीलगायत जङ्गली पशुहरू र अनौठा शारीरिक बनावट भएका घरेलु जनावरसमेत सङ्ग्रह गरिने ठाउँ, चिडियाघर, पक्षीखाना।
25688 चिडियाघर ना. चिडियाखाना।
25689 चिड्को ना. १. चट्याङ, वज्रपात।
25690 चिड्को ना. २. वज्र ; चिर्को।
25691 चिढ्नु अ.क्रि. रिसाउनु, चिढिनु।
25692 चिढाइ ना. चिढ्ने वा चिढाउने भाव वा क्रिया वा प्रक्रिया।
25693 चिढाइनु अ.क्रि. चिढ्ने हुनु, चिढिनु।
25694 चिढाउनु स.क्रि. रिस उठाउनु, चिढ्याउनु।
25695 चिढिनु अ.क्रि. रिसाउनु, बेखुसी हुनु, नाराज हुनु, चिढ्नु।
25696 चिढ्याइ ना. चिढिने भाव वा क्रिया वा प्रक्रिया; चिढाइ।
25697 चिढ्याइनु अ.क्रि. चिढाइनु।
25698 चिढ्याउनु प्रे. क्रि. चिढिने पार्नु वा पार्न लगाउनु।
25699 चित् ना. १. विचार, प्रत्यक्ष ज्ञान, चेतना, बुद्धि, प्रज्ञा।
25700 चित् ना. २. हृदय; मन।