Dictionary

All Word

25501 चार्टर ना. २. त्यस्तो अधिकार दिने काम।
25502 चार्टर ना. ३. कुनै सर्तमा कुनै ठुलो सवारी किरायामा लिनेदिने काम।
25503 चार्टर उडान ना. भाडा वा ठेक्कामा पूरा हवाईजहाज लिई मालसामान ओसारपसार गर्ने र यातायातका निम्ति गरिने उडाइ।
25504 चार्टर्ड एकाउन्टेन्ट ना. लेखापरीक्षणको विशिष्ट तहको तालिम प्राप्त गरी प्रमाणसमेत लिएको व्यक्ति।
25505 चार्वाक ना. १. बृहस्पतिको शिष्य मानिने अनीश्वरवादी तथा नास्तिक एक प्रसिद्ध दार्शनिक आचार्य।
25506 चार्वाक ना. २. महाभारतमा वर्णित एक राक्षसको नाम।
25507 चार्वाक दर्शन ना. ईश्वर, आत्मा, पुनर्जन्म, परलोक, धर्मशास्त्र आदिलाई नमानी भौतिक सुखलाई मात्र मान्ने चार्वाकको नास्तिक मत।
25508 चार्वाक मत ना. चार्वाकले चलाएको मत वा सम्प्रदाय।
25509 चाल्नु स.क्रि. १. चाल्नीले सानो-ठुलो छुट्ट्याउनु; छान्नु।
25510 चाल्नु स.क्रि. २. यताउता चलाउनु (गोटी आदि)।
25511 चाल्नु स.क्रि. ३. यता उता गर्नु, धुइँधुइँती चहार्नु।
25512 चाल ना. १. घरको छानो।
25513 चाल ना. २. नीलकण्ठ चरो।
25514 चाल ना. ३. घोडाको हिँडाइ।
25515 चाल ना. ४. सेउवा।
25516 चाल ना. ५. हिँडडुल गर्ने जीव।
25517 चाल ना. १. चल्ने वा हिँड्ने काम चलाइ, हिँडाइ, गति।
25518 चाल ना. २. रीति, चलन, प्रथा।
25519 चाल ना. ३. होस, ज्ञान, थाहा।
25520 चाल ना. ४. चेष्टा, छाँट, ढाँचा, हालत, चाला।
25521 चाल ना. ५. पूर्वरङ्ग ताल। ६ चरित्र।
25522 चाल ना. ७. पासा आदि खेलको गोटी चाल्ने क्रिया वा प्रक्रिया।
25523 चाल ना. बारीको पाटो।
25524 चालक ना. १. मोटर आदि हाँक्ने वा चलाउने व्यक्ति, ड्राइभर, डाइभर, हँकुवा, गाडीवान, सारथि।
25525 चालक ना. २. विद्युत् आदि सञ्चालन हुने पदार्थ (सुचालक, कुचालक इ.)।
25526 चालकशक्ति ना. फलाम आदि धातुमा रहने, धातुका अणु-अणु तताउने शक्ति।
25527 चालचलन ना. १. आनीबानी; शीलस्वभाव, चालामाला आचार, व्यवहार, शील, चरित्र।
25528 चालचलन ना. २. रीतिरिवाज, प्रथा।
25529 चालचुल ना. १. चेष्टा, लक्षण। २ हालखबर, अत्तोपत्तो।
25530 चालचुल ना. ३. नबोली र नचली बस्ने काम वा अवस्था।
25531 चालढाल ना. कामगराइको ढाँचा, चालामाला, ढग, ढाँचा।
25532 चालन ना. १. हिँडाउने काम, डोलाउने काम, छान्ने काम।
25533 चालन ना. २. ज्योतिषशास्त्रमा ग्रहहरू स्पष्ट गर्दा वा स्पष्ट ग्रहहरू ल्याउनुपर्दा जोड्ने वा घटाउने गणितको एक आधार सङ्ख्या।
25534 चालन शक्ति ना. पानी, बाफ, टर्बाइन, डिजेल, डिजेल-विद्युत् आदिमध्ये कुनै एकबाट यन्त्रादि चल्ने शक्ति।
25535 चालफाल ना. मेलोमेसो; व्यवस्था; चाँजो, बन्दोबस्त।
25536 चालबाज वि. कपटी चाल चल्ने, धोकेबाज, छली, धुर्त।
25537 चालबाजी ना. छल, कपट, धोका; षड्यन्त्र।
25538 चाला ना. १. चालचलन, व्यवहार।
25539 चाला ना. २. चरित्र; छाडन।
25540 चाला ना. ३. चेष्टा।
25541 चालामाला ना. १. बानीबेहोरा ; चालचलन, रीतिरिवाज।
25542 चालामाला ना. २. चरित्र; छाडन।
25543 चालिनु अ.क्रि. चाल्ने काम गरिनु।
25544 चालिसे ना. १. सामान्यतः चालिस बर्से आँखाको निकट दृष्टिमा हुने क्षति।
25545 चालिसे ना. २. नेपालका ब्राह्मणको एक थर।
25546 चाली ना. १. तराईमा भुईंमै डाँडाभाटा कसेको वा खालि भाटा मात्रले बनेको नछाइएको घरको छाना।
25547 चाली ना. २. पानीमा सनपाटका काँचा मुठा मिलाएर खप्ट्याइएको थुप्रो।
25548 चालिस ना. उनन्चालिसपछिको सङ्ख्या; दुई बिसको योगफल।
25549 चालिसौं वि. गणनाका क्रमले चालिसमा परेको।
25550 चालीस ना. हे चालिस।