Dictionary

All Word

25351 चाटुपटु वि. मिथ्या प्रशंसा गर्न सिपालु, चिप्ले।
25352 चाटूक्ति ना. १. मिठो र प्रिय वचन।
25353 चाटूक्ति ना. २. झुटो प्रशंसा, खुसामदको बोली, फुस्ल्याहट।
25354 चाड ना. १. पूजाआजा, भोज-भतेर, खेल-तमासा आदिबाट गरिने मनोरञ्जन, खास-खास प्रकारका धार्मिक कार्य वा पर्वोत्सव पर्व।
25355 चाड ना. २. उत्सव मनाइने वा भोज खाइने समय वा दिन।
25356 चाडपर्व/बाड ना. १. रमाइलो मनाइने र पूजा आदि गरिने विशेष पर्व।
25357 चाडपर्व/बाड ना. २. मिठो मिठो खाइने र रमाइलो गरिने पर्व वा दिन।
25358 चाणक्य ना. १. मौर्य सम्राट् चन्द्रगुप्तका मित्र र मन्त्री रहेका अर्थशास्त्रका लेखक तथा नागर राजनीतिका प्रणेता; विष्णुगुप्त; कौटिल्य। वि.
25359 चाणक्य ना. २. कूटनीतिज्ञ।
25360 चाणक्य नीति ना. १. चाणक्यद्वारा रचिएको राजनीति तथा अर्थनीति विषयको ग्रन्थ।
25361 चाणक्य नीति ना. २. कूटनीति।
25362 चाण्डाल ना. हे. चण्डाल।
25363 चातक ना. किंवदन्तीअनुसार आकाशबाट बर्सेको पानी मात्र खाएर बाँच्ने एक पक्षी, काकाकुल।
25364 चातुरी ना. चतुरो हुनाको भाव वा अवस्था, कुशलता, दक्षता, योग्यता।
25365 चातुर्थिक वि. प्रत्येक चार-चार दिनमा हुने वा आउने।
25366 चातुर्मासिक वि. १. प्रत्येक चार-चार महिना (कात्तिक, फाल्गुन र आषाढ) मा गरिने ( अनुष्ठान, यज्ञ इ.)।
25367 चातुर्मासिक वि. २. चार महिनासम्म चल्ने, चार महिना लाग्ने; चारमहिने।
25368 चातुर्य ना. १. चतुरता, चलाकी, कुशलता, होसियारी; बुद्धिमत्ता।
25369 चातुर्य ना. २. लावण्य; रमणीयता, सौन्दर्य।
25370 चातुवर्ण्य ना. ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र, चतुर्वर्ण।
25371 चादर ना. ओढ्ने वस्त्र, चद्दर, पछ्यौरा, बर्को।
25372 चानचुन वि. १. माथिल्लो एकाइमा नपुगी थोरै परिमाणमा मात्र रहेको, खुद्रा फाटफुट, फाटफुटे।
25373 चानचुन वि. २. अलिकति, थोरै अपुग।
25374 चानचुने वि. १. चानचुनमा गनिने सानोतिनो।
25375 चानचुने वि. २. निम्न श्रेणीको नगण्य; सामान्य।
25376 चानस ना. १. अकस्मात् घटेका घटना, सन्जोग; काकताली।
25377 चानस ना. २. अवसर मौका।
25378 चाना ना. मूला, नास्पाती, लौका आदिको पातलो गरी काटिएको टुक्रा वा ती टुक्रालाई घाममा बेसरी सुकाई बनाइएको, तरकारी अचार बनाएर खाइने सुक्खा वस्तु चानु, चानो।
25379 चानु ना. हे. चाना।
25380 चानुमानु ना. १. १ सुनसान चकमन्न।
25381 चानुमानु ना. २. चुपचाप। ३ चिह्न र अवशेष। क्रि.वि.
25382 चानुमानु ना. ४. अवशेषसमेत एकदम पनि।
25383 चानेचुने वि. हे. चानचुन।
25384 चान्द्र वि. चन्द्रमासँग सम्बन्धित, चन्द्रमासम्बन्धी।
25385 चान्द्रमास ना. चन्द्रमाको तिथिअनुसार गनिने महिना, चन्द्रमाका कलाका आधारमा प्रारम्भ गरिने महिना, शुक्ल वा कृष्णपक्षको प्रतिपदादेखि प्रारम्भ हुने महिना।
25386 चान्द्रायण ना. चन्द्रमाको वृद्धि वा क्षयद्वारा विनियमित एक धार्मिक व्रत वा प्रायश्चित्त गर्ने कृत्य। (यसमा चन्द्रमाको वृद्धिमा खानाको गाँसको परिमाण बढाउँदै लैजाने र क्षयमा चाहि गाँस घटाउँदै लैजाने गरिन्छ)।
25387 चान्सलर ना. १. विश्वविद्यालय वा एकेडमीका सर्वोच्च अधिकारी; कुलपति।
25388 चान्सलर ना. २. कुनै-कुनै देशका राष्ट्राध्यक्ष।
25389 चान्सलर ना. ३. ब्रिटिस सरकारमा उच्च पदाधिकारी।
25390 चान्सलर ना. ४. चर्चको उच्च अधिकारी।
25391 चान्सलर ना. ५. कुनै-कुनै राज्यमा प्रधान विचारपति।
25392 चाप्नु स. क्रि. १. रोगादिले ग्रस्त पार्नु।
25393 चाप्नु स. क्रि. २. अर्काको जग्गा आफ्नोमा घुसाउनु, ठाउँ लिनु।
25394 चाप्नु स. क्रि. ३. बाधा गर्नु।
25395 चाप्नु स. क्रि. ४. खप्टनु।
25396 चाप्नु स. क्रि. ५. ढलाउनु, थिचोमिचो गर्नु।
25397 चाप ना. रेखागणितमा वृत्तका परिधिको एक अंश वा भाग।
25398 चाप ना. १. थिचाइ, थिचावट, दवाब, पेलाइ, किचाइ।
25399 चाप ना. २. तेल, उखु आदि पेल्ने यन्त्र, साल।
25400 चाप ना. 3. अपराधीलाई कायल पार्न प्रायः औँला च्याप्ने काठको साधन।