Dictionary

All Word

25451 घ्याम्पी ना. वि. २. घ्याम्पोजस्तो पेट भएकी ठुलो पेट भएकी (स्त्री)।
25452 घ्याम्पे वि. १ घ्याम्पाजस्तो पेट भएको, भुँडीवाल।
25453 घ्याम्पे वि. २. ठुलो, बडेमाको।
25454 घ्याम्पे ऐँसेलु ना. ठुलाठुला टोप्रा हुने एक जातको ऐँसेलु।
25455 घ्याम्पे केरा ना. विशेष मोटो र थुम्क्याइलो बोट हुने एक जातको केरा।
25456 घ्याम्पे डाँडो ना. घ्याम्पाजस्तो आकार भएको डाँडो।
25457 घ्याम्पे भुँडी ना. घ्याम्पा जस्तै फुकेको भुँडी, गर्भ बोकेको ठुलो भुँडी।
25458 घ्याम्पो ना. १. अन्न राख्ने वा बिहा आदि कार्यमा पानी भरेर राख्ने माटो, पित्तल, तामा आदिको ठुलो गाग्रो, बिर्को लगाउन हुने धातुको ठुलो भाँडो।
25459 घ्याम्पो ना. २. धेरै जाँड खाने मान्छे।
25460 घ्यारघ्यार क्रि.वि. १. घाँटीमा कफ जमेको अवस्थामा सास फेर्दा शब्द आउने चालमा।
25461 घ्यार्र क्रि.वि. १. गह्रौं वस्तु घिसार्दा शब्द आउने ढङ्गले।
25462 घ्यार्र क्रि.वि. २. इन्जिनहरू चल्दा शब्द निस्कने किसिमले।
25463 घ्यू ना. हे. घिउ।
25464 घ्राण ना. १. सुँघ्ने इन्द्रिय, नाक।
25465 घ्राण ना. २. सुँघ्ने शक्ति।
25466 घ्राण ना. ३. बास्ना सुगन्ध।
25467 घ्राणेन्द्रिय ना. सुँघ्ने वा सुँघेर वस्तुको गुण थाहा पाउने इन्द्रिय नाक।
25468 घ्रातव्य वि. बास्ना लिन योग्य; सुँघ्न लायक।
25469 घ्वाँक वि. ठुलो बडेमाको; अजङको।
25470 घ्वाँकघ्वाँक क्रि.वि. १. मोटर आदि सवारीको हर्न बजेजस्तो गरी आवाज आउने ढङ्गले।
25471 घ्वाँकघ्वाँक क्रि.वि. २. बाँदर, बाघ आदि कराउँदा शब्द आउने गरी।
25472 घ्वाँके वि. जखमले, जख्खु, ठुलो आकारको।
25473 घ्वाइँ ना. १. खेलमा तोकेका ठाउँमा मार्न वा पुर्याउन प्रयोग गरिएका वस्तुमा सबभन्दा ठुलो वस्तु।
25474 घ्वाइँ ना. २. तामाको पुरानो बाक्लो पाँचपैसे ढ्याक।
25475 घ्वाइँ ना. वि. ३. ठुलो, ढब्बू।
25476 घ्वाइँकासा ना. घ्वाइँ फ्याँकेर खेलिने एक प्रकारको खेल।
25477 घ्वाइँघ्वाइँ क्रि.वि. जाँतो, घट्ट आदि घुमाउँदा शब्द आउने चालमा।
25478 घ्वाइँय क्रि.वि. जाँतो, घट्ट आदि घुमाउँदा र यन्त्रका चक्का घुम्दा एकै झोक्कामा शब्द निस्कने गरी।
25479 घ्वाडघ्वाङ क्रि.वि. १. वर्षायाममा बढेको खोलो बग्दा आवाज निस्कने किसिमले।
25480 घ्वाडघ्वाङ क्रि.वि. २. ठुलो स्वरले कुकुर भुक्ता शब्द आउने गरी।
25481 घ्वाच्च क्रि.वि. १. सबै वस्तु एकै ठाउँमा पर्ने वा जाकिने ढङ्गमा, घ्वाप्प।
25482 घ्वाच्च क्रि.वि. २. ठुलो सुइराले शरीरको मासु आदि कमलो ठाउँमा घोच्ने किसिमले।
25483 घ्वातघ्वात क्रि.वि. बाक्लो वा लेदो पदार्थ एकैचोटि खन्याउने गरी।
25484 घ्वातघ्वाती क्रि.वि. घ्वातघ्वात पार्ने किसिमले।
25485 घ्वात्त क्रि.वि. बाक्लो लेदो पदार्थ एकैचोटि खस्ने वा खसाउने गरी; खन्याउने किसिमले।
25486 घ्वाप्प क्रि.वि. १. सियो आदि तिखो वस्तुले कमलो वस्तु वा ठाउँमा एकैपल्ट घोच्ने गरी।
25487 घ्वाप्प क्रि.वि. २. भाँडाबर्तन घोप्टिने गरी, भाँडाको वस्तु एकैचोटि पोखिने किसिमले।
25488 घ्वाप्ल्याक्क क्रि.वि. भाँडाको वस्तु एकै पटक घोप्ट्याउने किसिम।
25489 घ्वारघ्वार क्रि.वि. १. घाँटीमा कफ जमेका बेला सास फेर्दा आवाज आउने चालले।
25490 घ्वारघ्वार क्रि.वि. २. बाघ, बिरालो आदि ठुलो स्वरले घुर्दा आवाज आउने किसिमले।
25491 घ्वारघ्वारी/घ्वारघ्वारती क्रि.वि. अझ छिटो घ्वारघ्वार गर्ने चालमा।
25492 घ्वार्र क्रि.वि. १. निदाएका बेला घाँटी बज्ने ढङ्गले।
25493 घ्वार्र क्रि.वि. २. बाघ, बिरालो आदि ठुलो स्वरले घुर्दा शब्द निस्कने चालले।
25494 घ्वार्र क्रि.वि. ३. घारो घिस्स्याउँदा शब्द उत्पन्न हुने किसिमले।
25495 घ्वालघ्वाल क्रि.वि. १. झोल पदार्थ खन्याउँदा वा पोखिँदा शब्द आउने किसिमले।
25496 घ्वालघ्वाल क्रि.वि. २. वायुविकार भएको अवस्थामा पेट कराउने चालले।
25497 घ्वालघ्वाली / घ्वालघ्वाल्ती क्रि.वि. घ्वालघ्वालसँग वा घ्वालघ्वाल पारेर।
25498 घ्वाल्ल क्रि.वि. घ्वालघ्वाल शब्द एकैचोटि आउने किसिमले।
25499 घ्वासघ्वास क्रि.वि. गह्रौं वस्तु भुईंमा घिसार्दा शब्द आउने चालमा।
25500 घ्वासघ्वास्ती/घ्वासघ्वासी क्रि.वि. घ्वासघ्वास आवाज आइरहने किसिमले।