Dictionary

All Word

25751 चखन्ची वि. १. चाख्ने स्वभाव भएको; चाखेर हिँड्ने।
25752 चखन्ची वि. २. सानो चित्त भएको।
25753 चखली वि. उत्ताउली; चञ्चल स्वभावकी।
25754 चखलो वि. १. भड्किलो; उत्ताउलो।
25755 चखलो वि. २. निर्लज्ज, उच्छृङ्खल।
25756 चखाइ ना. चाख्ने क्रिया वा प्रक्रिया।
25757 चखाइनु क.क्रि. चाख्न लाइनु।
25758 चखाउनु प्रे.क्रि. १. चाख्न लाउनु।
25759 चखाउनु प्रे.क्रि. २. अनुभव गराउनु।
25760 चखुवा वि. १. चाखेर हिँड्ने स्वभावको; चाख्ने बानी भएको।
25761 चखुवा वि. २. खानको लोभी।
25762 चखिलो वि. १. चाख लाग्दो।
25763 चखिलो वि. २. स्वादिलो।
25764 चखेटो ना. राडी, पाखी आदिको सानो टुक्रा।
25765 चखेत्रो ना. बास्नादार फूल फुल्ने, भोगटेका छाँटका ठुलठुला फल फल्ने एक वृक्ष, सोही वृक्षको फल।
25766 चखेल ना. हे. चठेल।
25767 चखेवा ना. नदीका किनारमा रहने, कविहरूले प्रणयवियोगको उपमा दिंदा प्रायः उल्लेख गर्ने एक प्रसिद्ध चरो; चक्रवाक।
25768 चखेवा हाँस ना. घरपालुवा हाँसभन्दा सानो हुने रातो रङको एक जातको हाँस।
25769 चडेरी ना. हे. चँगेरी।
25770 चङ्ख वि. १. बाठो, चतुरो, चलाख।
25771 चङ्ख वि. २. होसियार बिउँझो, सचेत, सावधान।
25772 चड्खु ना. दुई बेग्लाबेग्लै तुना तानेर खोल्न र बन्द गर्न सकिने पैसा हाल्ने कपडा वा छालाको थैली।
25773 चड्खे ना. चड्ख, बाठो।
25774 चड्खे चरो ना. फिस्टाजस्तो सानो एक जातको चरो।
25775 चङ्गा वि. १. फुर्तिलो, स्वस्थ, स्वच्छ।
25776 चङ्गा वि. २. नीरोगी स्वस्थ तन्दुरुस्।
25777 चङ्गा वि. ३. सुन्दर, स्वच्छ।
25778 चङ्गा ना. कागज वा कपडाका टुक्रामा हलुङ्गो सिन्काको फ्रेम हाली धागो छोडेर हावामा उडाइने खेलौना; त्यस्तो खेलौना उडाइने साधन वा खेल।
25779 चङ्गी वि. १. फुर्तिलो रमाइलो।
25780 चङ्गी वि. २. विभिन्न रङको रङ्गीको पूरक (जस्तो- रङ्गीचङ्गी )।
25781 चङ्गुल वि. १. पक्षीहरूको पन्जा।
25782 चङ्गुल वि. २. कुनै वस्तु उठाउँदा बन्ने औँलाको त्यस्तो आकार वा स्थिति।
25783 चङ्गुल वि. ३. कसैलाई फसाउन तयार पारिएको जालसाज ; फन्दा, पासो।
25784 चचली पैयाँ ना. घेरो लागेर एक अर्काको हात समाती फनफनी घुमेर खेलिने एक प्रकारको बालखेल, चकलीपापा।
25785 चचह/चचहै ना. १. पिङ खेल्दा वा रुखका हाँगामा सैसैला खेल्दा भनिने शब्द, त्यसरी भुल्ने काम।
25786 चचह/चचहै ना. वि. बो. २. पिङ वा रुखका हाँगा, लहरा आदिमा झुल्दा खुसी प्रकट गरिने शब्द आहै।
25787 चञ्चल वि. १. चकचके, चुलबुले, छुकछुके, चनमते।
25788 चञ्चल वि. २. अधीर, हतपत्ते, सम्भ्रमी; अस्थिर।
25789 चञ्चलता ना. चञ्चल हुनाको भाव वा अवस्था, अस्थिरता, अधीरता; चुलबुल्याइँ।
25790 चञ्चला ना. १. बिजुली।
25791 चञ्चला ना. २. लक्ष्मी, सम्पत्ति।
25792 चञ्चला ना. ३. रगण, जगण, रगण, जगण, रगण र एक लघु हुने एक वार्णिक छन्द।
25793 चञ्चलाश्री ना. धनदौलत, सम्पत्ति।
25794 चञ्चले वि. हे. चन्चले।
25795 चञ्चा ना. १. बेतद्वारा बनाइएका सरसामान।
25796 चञ्चा ना. २. खेतबारीमा बाली खान नदिनका निम्ति पशुपक्षीलाई तर्साउन राखिने पुतला, बुख्याचा।
25797 चञ्चु ना. १. चराका मुखको अघिल्तिरको केही लामो, कडा र तिखो भाग; चुच्चो, ठुँडो।
25798 चञ्चु ना. २. हरिण, मृग।
25799 चञ्चु ना. वि. ३. चड्ख, चलाख।
25800 चञ्चुका ना. सानो चञ्चु चुच्चो।