Dictionary

All Word

25901 चिन्नु, स.क्रि. १. जान्नु वा थाहा पाउनु, परिचय पाउनु, पहिचान्नु।
25902 चिन्नु, स.क्रि. २. कसैको स्वभाव वा बानी बेहोरको जानकारी हुनु, आनीबानी थाहा पाउनु।
25903 चिन्नु, स.क्रि. ३. को कस्तो रहेछ भनी पहिचान पाउनु।
25904 चिन्नु, स.क्रि. १. तह वा चाङ वा खात मिलाएर राख्नु।
25905 चिन्नु, स.क्रि. २. घर, पर्खाल आदिको गारो लगाउनु, चिन्नु वा बनाउनु। विशुद्ध ज्ञानमय, परमात्मा ब्रह्म।
25906 चिन्मय ना. विशुद्ध ज्ञानमय, परमात्मा ब्रह्म।
25907 चिन्ह ना. हे. चिह्न, चिनु, चिनो।
25908 चिन्हाइनु क.क्रि. चिनाइनु।
25909 चिन्हाउनु स.क्रि. चिनाउनु।
25910 चिन्हारी ना. चिनारी।
25911 चिन्हारु वि. चिनारु।
25912 चिन्हिनु क.क्रि. चिनिनु।
25913 चिपचिप क्रि.वि. टाँसिइरहने गरी।
25914 चिपिचल्लो / चिपिचिल्लो वि. १. तेल लगाएर चिल्लो पारिएको (जुल्फी, कपाल इ.)। ना.
25915 चिपिचल्लो / चिपिचिल्लो वि. २. कोइली चरी।
25916 चिपुल्लोचापुल्लो / चिल्लोचापुल्लो ना. चिल्लोचाल्लो, घिउ, तेल, बोसो आदिको मात्रा धेरै रहेको खानेकुरो वा वस्तु चिप्लोचाप्लो।
25917 चिप्प क्रि.वि. लेसिलो पदार्थ हात आदिमा लागेर टाँसिए झैँ ; नउप्कने किसिमले टाँसिने गरी।
25918 चिप्प ना. १. औँलाका नङको कुनो दुख्ने वा पाक्ने एक रोग।
25919 चिप्प ना. २. नङशूल।
25920 चिप्रा ना. आँखाका कुना कुनामा देखापर्ने सेतो लेसिलो पदार्थ, कचेरा, नेत्रमल।
25921 चिप्रिक्क क्रि.वि. पानी आदि तरल पदार्थ सुक्ने वा घट्ने गरी।
25922 चिप्लनु अ.क्रि. चिप्लो वा सिलिक्क परेको ठाउँमा खुट्टा आदि र असन्तुलित हुनु।
25923 चिप्लाइ ना. चिप्लिने भाव, क्रिया वा प्रक्रिया।
25924 चिप्लिनु अ.क्रि. १. चिप्लो पदार्थमा परेर घसिनु।
25925 चिप्लिनु अ.क्रि. २. गल्ती गर्नु, बिरिनु।
25926 चिप्ले वि. १. चिप्लो भएको ( वस्तु आदि)।
25927 चिप्ले वि. २. लोलोपोतो पार्ने, बेसारे, खुसामदी। ना ३ खुसामद।
25928 चिप्लेकिरो ना. भुइँमा घस्रँदै हिँड्दा सेतो याल छोड्दै हिँड्ने, हाड नभएको, बर्खायाममा देखिने एक प्रसिद्ध किरो।
25929 चिप्लेटी ना. १. केही भिरालो जग्गामा, फल्याक, धातुका वस्तु आदिमा चिप्लिएर मनोरञ्जन लिने, खास गरी बालकहरूको एक खेल।
25930 चिप्लेटी ना. २. त्यस्तो खेल खेल्ने ठाउँ वा साधन।
25931 चिप्लेटी ना. ३. चिप्लेटी खेल्न हुने ढुड्गो।
25932 चिप्लेटी ढुड्गो ना. चेप्टो, चिल्लो र चिप्लो खालको ढुड्गो; चिप्लेटी खेल्न हुने ढुड्गो।
25933 चिप्लो वि. १. तेल, घिउ आदि चिल्लो पदार्थ लागे जस्तो, लेसाइलो।
25934 चिप्लो वि. २. चिप्लने किसिमको नरम र सुलुत्त परेको (ठाउँ)।
25935 चिप्लो वि. ३. कुराले ठिक्क पार्ने, मिठा कुरा बोल्ने।
25936 चिप्लो घसाइ ना. लोलोपोतो, बेसारेपन, खुसामद, झुटो प्रशंसा।
25937 चिप्लोचाप्लो वि. घिउ, तेल आदि धेरै चिल्लो भएको वा परेको चिल्लोचापुल्लो, चिल्लो- चापुल्लो।
25938 चिप्ल्याइ ना. चिप्लिने भाव, क्रिया वा प्रक्रिया।
25939 चिप्ल्याइनु क.क्रि. १. चिप्लो पारिनु।
25940 चिप्ल्याइनु क.क्रि. २. चिप्लो वा भिरालो ठाउँमा घसाइनु।
25941 चिप्ल्याउनु प्रे. क्रि. १. चिप्लो पार्नु।
25942 चिप्ल्याउनु प्रे. क्रि. २. चिप्लिने गराउनु।
25943 चिप्ल्याहट ना. चिप्लिने भाव, अवस्था वा क्रिया वा प्रक्रिया।
25944 चिफ वि. १. मुख्य, प्रमुख, प्रधान (चिफ एकाउन्टेन्ट, चिफ सेक्रेटरी आदि)। ना.
25945 चिफ वि. २. राणाकालका मुख्तियार।
25946 चिबहाल ना. सानो किसिमको बौद्ध स्तूप, चैत्य।
25947 चिबिर्चे ना. एक जातको सानो चरो।
25948 चिबिल्ले वि. १. अपत्यारिलो किसिमका कुरा गर्ने, मनगढन्त कथा चेर भन्ने ढाँटी, कुरौटे।
25949 चिबिल्ले वि. २. छुकछुके, चकचके।
25950 चिबे / चिमे ना. बिहानीपख कराउने, लामो पुच्छर हुने निक्खरा कालो रङको एक जातको चरो, झ्याँपी चरो।