Dictionary

All Word

26001 चिम्लाइनु क.क्रि. चिम्लन लाइनु।
26002 चिम्लाउनु प्रे. क्रि. चिम्लने पार्नु वा चिम्लन लगाउनु।
26003 चिम्लिनु स.क्रि. १. चिम्लनु। क. क्रि.
26004 चिम्लिनु स.क्रि. २. चिम्लने काम गरिनु।
26005 चिम्सिनु अ.क्रि. चिम्सो हुनु, आँखा साना र चिमचिम गर्ने हुनु।
26006 चिम्से वि. चिम्सा आँखा हुने; चिमचिमे; चिम्सो।
26007 चिम्सो वि. आँखा साना हुने र चिमचिम गरिरहने खालको; चिम्से।
26008 चिया ना. १. प्रायः गरम मुलुकहरूमा उमारिने, सेता फूल फुल्ने, एक थरी बाह्रमासे बुटो वा त्यसैका कलिला पातका मुना सुकाईवरी तयार पारिएको पत्ती वा धुलो।
26009 चिया ना. २. तातो पानीमा इच्छानुसार चिनी र दुधको अनुपात मिलाई वा कागतीको रस निचोरी त्यस्तो पात वा धुलो राखी तयार पारिएको एक प्रसिद्ध पेय पदार्थ।
26010 चियाइ ना. चियाउने भाव, क्रिया वा प्रक्रिया।
26011 चियाइनु क.क्रि. चियाउने काम गरिनु।
26012 चियाउनु स.क्रि. कुनै एक लुकिने ठाउँ वा चेप, प्वाल, छड्के कोण आदिबाट हेर्नु गुप्ती चालले वा छलेर विशेष दृष्टि लगाउनु, चियो गर्नु; चेवा गर्नु।
26013 चियाकमान ना. चियाको खेती गरिने वा चिया उब्जाइने ठाउँ।
26014 चियाचमेना/ चियापान / चियापानी ना. चिया, कफी आदिका साथ खाइने हल्काफुल्का अन्य ठोस खाद्य पदार्थहरू, खाजा, जलपान, लघुभोजन, चमेना।
26015 चियो ना. नचाहिंदो गरी हेर्ने वा बुझ्ने काम, चेवा; जासुसी, ढुकाइ, सुराख।
26016 चियोचर्चा ना. कहीँ कसले के गर्दै छ भनी ढुकेर वा लुकेर हेर्ने काम, चेवाचर्चा।
26017 चिर्नु स.क्रि. १. कुनै हतियारले कुनै वस्तुलाई दुई फ्याक हुने गरी फार्नु (दाउरा चिर्नु, काँक्रो चिर्नु इ.)।
26018 चिर्नु स.क्रि. २. घाउ, खटिरा आदि चिरफार गर्नु।
26019 चिर वि. धेरै समयसम्म रहने, दीर्घ, पुरानो ( चिरविरह, चिरकाल इ.)।
26020 चिरकाल ना. दीर्घ काल धेरै वा लामो समय।
26021 चिरगोजा ना. चिलगोजके सल्लाजातको रुख वा त्यसमा फल्ने ससाना दाना, सिम्टा, चिलगोजा।
26022 चिरचिर ना. १. चरा आदिको कलरव ध्वनि। क्रि.वि.
26023 चिरचिर ना. २. त्यस्तो ध्वनि निस्कने गरी।
26024 चिरचिरती / चिरचिरी क्रि.वि. लगातार त्यस्तो ध्वनिका साथमा।
26025 चिरचिरे वि. चिरचिर गर्ने स्वभावको, फर्कने बानी भएको।
26026 चिरञ्जीवी / चिरजीवी वि. १. दीर्घजीवी; चिरजीवी। ना.
26027 चिरञ्जीवी / चिरजीवी वि. २. पुराणअनुसार अमर मानिएका आठ चिरञ्जीवी ( अश्वत्थामा, मार्कण्डेय, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य र परशुराम )।
26028 चिरञ्जीवी / चिरजीवी वि. ३. विष्णु।
26029 चिरञ्जीवी / चिरजीवी वि. ४. काग
26030 चिरनवीन वि. जहिले पनि नयाँ नै देखिने, सधैँ नयाँ भइरहने; चिरनूतन।
26031 चिरनिद्रा ना. १. मृत्यु, मरण, महानिद्रा।
26032 चिरनूतन वि. हे. चिरनवीन।
26033 चिरन्तन वि. धेरै दिन पहिलेदेखिको प्राचीन कालदेखिको, पुरातन; सदाको।
26034 चिरपरिचित वि. धेरै पहिलेदेखि परिचय भएको वा चिनेको, धेरै अघिदेखिको चिनजान भएको।
26035 चिरप्रतीक्षित वि. धेरै पहिलेदेखि प्रतीक्षा गरिएको, धेरै दिनदेखि पर्खिएर बसेको।
26036 चिरफार ना. १. चिर्ने र फार्ने काम।
26037 चिरफार ना. २. रोगको उपचारका लागि गरिने शल्यक्रिया; अपरेसन।
26038 चिरबिर क्रि.वि. गौंथली, भँगेरा आदि साना-साना चराचुरुङ्गी कराउने किसिमले; त्यसरी कराएको आवाज निस्कने गरी।
26039 चिरबिरे वि. चिरबिर गर्ने; तिखो स्वरले बारम्बार कराइरहने।
26040 चिरस्थायी वि. १. धेरै समयसम्म रहने; पछिसम्म टिक्ने, टिकाउ, चिरस्थ।
26041 चिरस्मरणीय वि. धेरै दिनसम्म सम्झनामा रहिरहने; पछिसम्म सम्झन योग्य।
26042 चिराइ ना. चिर्ने वा चिर्न लगाउने भाव, क्रिया वा प्रक्रिया।
26043 चिराइतो ना. औलिया जरोमा काँढा पकाएर खाइने, तितो स्वादको एक प्रकारको जङ्गली बुटी, भूनिम्ब।
26044 चिराइनु क.क्रि. चिर्न लाइनु।
26045 चिराउनु प्रे. क्रि. चिर्न लाउनु।
26046 चिराउनी ना. १. चिराउँदा लाग्ने दस्तुर।
26047 चिराउनी ना. २. चिराउने काम; चिरानी।
26048 चिराक/चिराग ना. मुडेहातजतिको काठ वा बाँसमा कपास, कपडा बेरी तेलमा चोपेर बालिने राँके बत्ती; मसाल; पुल्ठो; राँको; दियालो।
26049 चिराचिरा क्रि.वि. १. कुनै कुरो चर्कने, चिरिने वा काटिने गरी।
26050 चिराचिरा क्रि.वि. २. काँक्रो, मेवा आदि ठाडोपट्टिबाट काटी धेरै चिरो पारेर। ना.