Dictionary

All Word

26151 चिल्लीबिल्ली ना. कसैबाट पनि सहायता लिन नसकिने स्थिति के गरूँ, कसो गरूँको अवस्था, बिल्लीबाठ; बिचल्ली; बिजोक।
26152 चिल्ली राँड ना. छोराछोरी भएकी बिधुवा स्त्री।
26153 चिल्लो ना. १. घिउ, तेल, बोसो आदि स्निग्ध पदार्थ, चिल्लोपन, स्निग्धता। वि.
26154 चिल्लो ना. २. तेल - घिउ आदिको जस्तो चिल्लो भएको, चिप्लो, टल्कने।
26155 चिल्लो घसाइ ना. मुखले ठिक पार्ने कुरा वा परिपाठ, मिठा कुरा गरी आफ्नो हुँदो तुल्याउने काम खुसामद।
26156 चिल्लोचापुल्लो ना. १. घिउ, तेल आदि स्निग्ध पदार्थ, चिल्लो भएको वस्तु।
26157 चिल्लोचापुल्लो ना. २. स्निग्धता।
26158 चिल्लै अपेक्षित वस्तु नपाउने स्थिति।
26159 चिल्लौरी ना. एक हिंसक पक्षी; चिल।
26160 चिल्ल्याइ ना. चिल्लो पार्ने भाव, क्रिया वा प्रक्रिया।
26161 चिल्ल्याइनु क.क्रि. चिल्ल्याउने पारिनु, चिल्लो पार्न लगाइनु।
26162 चिल्ल्याउनु स.क्रि. चिल्लो पार्नु, चिल्लो बनाउनु, चिप्लो बनाउनु।
26163 चिल्ल्याहट ना. चिल्लो पार्ने वा चिल्लो बनाउने काम, भाव वा अवस्था।
26164 चिल्सो ना. हे. चिलेसो।
26165 चिवा ना. १. साना-साना स्तूप, चैत्य, मन्दिर आदि भएको विहार।
26166 चिवा ना. २. ससाना स्तूप आदि।
26167 चिसमिरो वि. अलि-अलि चिसो; ओसिलो परेको।
26168 चिसान ना. १. सधैँ चिसो भइरहने ठाउँ वा जग्गा।
26169 चिसान ना. २. चिसोपनको मात्रा।
26170 चिसापानी ना. चिसो पानी हुने वा पाइने ठाउँ।
26171 चिसापानीगढी ना. १. काठमाडौँबाट भीमफेदी निस्कँदा बिचमा पर्ने गढी।
26172 चिसापानीगढी ना. २. हाल मकवानपुर जिल्लामा पर्ने महाभारत पर्वत-शृङ्खलामा रहेको राणाकालीन एक प्रसिद्ध प्रशासनकेन्द्र।
26173 चिसापानीगढी ना. ३. राजधानी आउने जानेको खान तलासी २००७ सालपूर्व कडिकडाउका साथ र त्यसपछि क्रमशः खुकुलो गरिंदै आएको एक गौंडा।
26174 चिसिनु अ.क्रि. १. चिसो हुनु।
26175 चिसिनु अ.क्रि. २. भिज्नु।
26176 चिसिनु अ.क्रि. ३. ओसिनु।
26177 चिसिनु अ.क्रि. ४. सेलाउनु।
26178 चिसो वि. १. ताताको अंश पटक्कै नभएको, पानी ननिथ्रेको ठन्डा बनेको; नओबाएको।
26179 चिसो वि. २. जाडो हुने खालको; ठिहिऱ्याउँदो। ३ तिर्खा मर्ने, शीतल।
26180 चिसो वि. ४. स्वास्थ्यकर। ना.
26181 चिसो वि. ५. सर्दी ओस, ठन्डापन; जाडोपन।
26182 चिसो वि. ६. अल्छी ( दिव्य.)।
26183 चिसो वि. ७. शङ्का, सन्देह।
26184 चिसो छपनी ना. लिम्बू जातिका सभामा चाहिने जाँड छान्नका निम्ति धोईपखाली चिसो पारिएको छपनी।
26185 चिसो ढुड्गो ना. शक्तिहीन हुँदै गएको राज्य, सेलाएको राज्य (दिव्य.)।
26186 चिस्याइ ना. १. चिसिने भाव, क्रिया वा प्रक्रिया। [चिस्याउ + आइ]
26187 चिस्याइ ना. २. चिस्याउने भाव, क्रिया वा प्रक्रिया।
26188 चिस्याइनु क.क्रि. चिसो पारिनु।
26189 चिस्याउनु प्रे. क्रि. १. चिसो पार्नु ठन्डा तुल्याउनु सेलाउनु।
26190 चिस्याउनु प्रे. क्रि. २. शङ्का पैदा गराउनु, डर वा त्रास उब्जाउनु।
26191 चिस्यान ना. सधैंभरि चिसो भइरहने ठाउँ, चिसान।
26192 चिस्याहट ना. चिस्याउने क्रिया, स्वभाव वा अवस्था।
26193 चिहान ना. १. मुर्दा गाड्ने ठाउँ, मरेको मान्छे गाडिएको ठाउँ।
26194 चिहान ना. २. मुर्दा पोल्ने वा जलाउने ठाउँ, मसान।
26195 चिहाने वि. १. चिहान पार्ने लक्षण भएको।
26196 चिहाने वि. २. निधारका बिचमा रहेको सेतो ताराका बिच कालो थोप्लो हुने (गाई-गोरु)।
26197 चिहाने डाँडो ना. चिहान - चिहान भएको डाँडो, मुर्दा लगेर गाड्ने ठाउँ (पाखो)।
26198 चिहिरिनु अ.क्रि. अत्यास परेका बेलामा ठुलो र चर्को स्वरले कराउनु, अतालिएर वा तर्सिएर कराउनु, चिच्च्याउनु।
26199 चिहिऱ्याइ ना. चिहिरिने भाव, क्रिया वा प्रक्रिया।
26200 चिहिऱ्याइनु क.क्रि. चिहिरिने पारिनु।