Dictionary

All Word

26251 चुँडाउनु प्रे. क्रि. चुँड्ने गराउनु, चुँड्न लगाउनु।
26252 चुँडाल्नु स.क्रि. डोरी वा तारलाई छिनालेर दुई टुक्रा पार्नु; चुँड्नु।
26253 चुँडालाइ ना. चुँडाल्ने क्रिया वा प्रक्रिया।
26254 चुँडालिनु क.क्रि. चुँडाल्ने काम गरिनु।
26255 चुँडाहा वि. चुँड्ने वा चुँडिने स्वभावको।
26256 चुँडिनु क.क्रि. १. चुँड्ने काम गरिनु। अ.क्रि.
26257 चुँडिनु क.क्रि. २. छिन्नु, दुई टुक्रा हुनु।
26258 चुँदरी ना. ठाउँ-ठाउँमा धागाले चुनेर बुट्टा वा डोराजस्तो बनाइएको र रङले रङाइएको पटुका, धोती आदिको कपडा।
26259 चुँदरीबुट्टे वि. चुँदरीका जस्ता बुट्टा भएको, छेउ वा बिच-बिचमा बुट्टा पारिएको (कपडा)।
26260 चुः वि.बो. आश्चर्य, विस्मय आदि जनाउँदा प्रयोग गरिने अव्यय शब्द।
26261 चुः चु वि.बो. भुल भएको, बिर्सिएको, बिग्रिएको आदि विषयमा दुःख, खेद आदि प्रकट गर्दा वा पछुतो जनाउँदा प्रयोग गरिने शब्द।
26262 चुइँ क्रि.वि. १. चुँक्क, चुँ। ना.
26263 चुइँ क्रि.वि. २. चुइँकँदा वा अस्पष्ट बोल्दा निस्कने शब्द।
26264 चुइँकनु अ.क्रि. १. अस्पष्ट रूपमा दुःख वा पीडाको अनुभव व्यक्त हुनु, रोऱ्याइँ सुरु हुनु।
26265 चुइँकनु अ.क्रि. २. चुइँचुइँ शब्द निस्कनु।
26266 चुइँकने वि. चुइँकने काम गर्ने वा त्यस्तो स्वभावको, चुइँचइँ गर्ने (जस्तो- चुइँचुइँ चुइँकने जुत्ता)।
26267 चुइँकाइ ना. चुइँकने भाव, क्रिया वा प्रक्रिया।
26268 चुइँकाइनु क.क्रि. चुइँकने पारिनु।
26269 चुइँकाउनु प्रे. क्रि. चुइँकने पार्नु।
26270 चुइँकाहट ना. चुइँकने भाव, क्रिया वा प्रक्रिया।
26271 चुइँकिनु अ.क्रि. चुइँकनु।
26272 चुइँकी ना. १. सरकारी उर्दी वा घोषणा।
26273 चुइँकी ना. २. राणाशासनमा सरकारबाट जनतालाई कुनै काम कुरा थाहा दिनका लागि प्रचलित उर्दी वा फर्मान सुनाउने काम।
26274 चुइँके वि. चुइँकने स्वभावको, चुइँचुइँ गर्ने।
26275 चुइँकेतान ना. भरिया वा ढाक्रेहरूको ताँती।
26276 चुइँक्क क्रि.वि. १. चुइँक् आवाज आउने गरी।
26277 चुइँक्क क्रि.वि. २. कुनै कुरामा जवाफ दिन नसक्ने पारेर, लुत्रुक्क।
26278 चुइँक्क क्रि.वि. ३. मुसा आदि कराए झैँ गरी; चुक्क।
26279 चुइँक्याइ ना. चुइँक्याउने क्रिया वा प्रक्रिया।
26280 चुइँक्याइनु क.क्रि. चुइँक्याउने काम गरिनु।
26281 चुइँक्याउनु स.क्रि. १. बेसरी कस्नु वा बाँध्नु।
26282 चुइँक्याउनु स.क्रि. २. करमा पार्नु।
26283 चुइँक्याउनु स.क्रि. ३. गह्रौं भारी बोक्नु।
26284 चुइँचुइँ क्रि.वि. १. चुइँ आवाज बराबर आउने गरी।
26285 चुइँचुइँ क्रि.वि. २. मुसा कराएजस्तो आवाज निस्केर वा निकालेर।
26286 चुइँठो ना. १. चामल र पिठो मिसाई फत्काएर पकाइएको मकैको भात।
26287 चुइँठो ना. २. मकैको भात।
26288 चुइयाँ वि. आफ्नो चाहिँ केही निकाल्न नपरोस् भन्ने अत्यन्त लोभी, कन्जुस, कृपण, किरन्टोकी।
26289 चुक्नु स.क्रि. १. कुनै काम कुरा गर्दा भुल गर्नु, बिराउनु, गल्ती गर्नु।
26290 चुक्नु स.क्रि. २. मौका गुमाउनु।
26291 चुक्नु स.क्रि. ३. अपराध गर्नु।
26292 चुक्नु स.क्रि. ४. बिर्सनु।
26293 चुक ना. गल्ती हुन जाने काम, बिराम, भुल।
26294 चुक ना. अमिला जातका फल निचोरेर रस पकाई बाक्लो पारिएको वस्तु, चुक अमिलो।
26295 चुक अमिलो ना. चुकजस्तो अमिलो, ज्यादै अमिलो।
26296 चुक घोप्टिए जस्तो वि. कतै केही नदेखिने, बाक्लो, गाढा (अँध्यारो)।
26297 चुकचुक क्रि.वि. १. भुल वा पछुतो हुँदा मुखबाट शब्द निस्के झैँ गरी चुकचुकाउने किसिमले। ना.
26298 चुकचुक क्रि.वि. २. झुकझुक सन्देह।
26299 चुकचुकाइ ना. चुकचुक गर्ने भाव, क्रिया वा प्रक्रिया।
26300 चुकचुकाइनु क.क्रि. चुकचुक लाग्ने हुनु।