Dictionary

All Word

26301 चुकचुकाउँदो वि. १. कलकल परेको कलिलो।
26302 चुकचुकाउँदो वि. २. मायालाग्दो, रहरलाग्दो, कलपर्दो।
26303 चुकचुकाउनु स.क्रि. १. चुकचुक गर्नु, थकथकी मान्नु पछुतो लाग्नु।
26304 चुकचुकाउनु स.क्रि. २. प्रशंसा गर्नु, सहाउनु।
26305 चुकचुकी ना. पछुतो; पश्चात्ताप, थकथकी।
26306 चुकन्दर ना. गाजर वा मुलाका ढबको, काँचै वा पकाएर खाइने, एक प्रकारको गुलियो, प्रायः रातो कन्दमूल।
26307 चुकाइ ना. १. चुक्ने भाव, क्रिया वा प्रक्रिया। [चुकाउ + आइ]
26308 चुकाइ ना. २. चुकाउने भाव, क्रिया वा प्रक्रिया।
26309 चुकाइनु क.क्रि. १. चुक्ने वा भुल गर्ने पारिनु।
26310 चुकाइनु क.क्रि. २. चुक्ता पारिनु; तिरिनु।
26311 चुकाउनी ना. १. दही, मही आदिमा बारा, फुरौला आदि र मसलासमेत हालेर पकाइएको अमिलो खाद्य वस्तु।
26312 चुकाउनी ना. २. दही हालेर बनाइएको आलुको अमिलो अचार।
26313 चुकाउनु स.क्रि. १. चुक्ता गर्नु, रिन फच्छे गर्नु, समाप्त गर्नु, टुङ्ग्याउनु।[चुक् + आउ + नु] प्रे. क्रि.
26314 चुकाउनु स.क्रि. २. चुक्ने पार्नु, चुक्न लाउनु, झुक्क्याउनु।
26315 चुकानी ना. चुकाउनी।
26316 चुकिनु क.क्रि. भुलमा परिनु भुल गरिनु।
26317 चुकिलो वि. चुकजस्तो अमिलो, चुकका स्वादको।
26318 चुकुल ना. १. कुनै वस्तुलाई प्वालमा हाल्दा खाली रहेका भागमा दह्रो र कसिलोसँग ठोकिने काठ।
26319 चुकुल ना. २. झ्यालढोका आदि नखोलिने पार्न भित्रपट्टिबाट जडेर लगाइने साधन।
26320 चुकुल ना. ३. प्वाल परेका ठाउँमा टाल्न ठोकिने काठको टुक्रो प्वाल टाल्ने वस्तु; ठिंको।
26321 चुकेमुसो ना. छुचुन्द्रो, चुँक्क गर्ने मुसो।
26322 चुक्किनु अ.क्रि. काठ, इँट, सिमेन्ट आदिका वस्तु चर्कनु, चिरिनु, फुट्नु।
26323 चुक्क्याइ ना. चुक्किने क्रिया वा प्रक्रिया।
26324 चुक्ता ना. फछ्र्यौट फच्चे; चुक्ती।
26325 चुक्ताचुक्ती ना. सबै फछ्र्योट राम्रै छिनाफाना।
26326 चुक्तिनु अ.क्रि. १. चुक्ती हुनु, फर्छिनु, तिरिनु।
26327 चुक्तिनु अ.क्रि. २. पूरा हुनु, टुङ्गिनु।
26328 चुक्ती ना. १. कसैसँग लिएको वा कसैलाई दिनुपर्ने रुपियाँ - पैसा आदिको भुक्तानी भएको अवस्था, रिन फर्छिने वा फछ्र्याउने काम, फछ्र्यौट, फच्चे।
26329 चुक्ती ना. २. समाप्ति, खतम।
26330 चुकत्याइ ना. १. चुक्तिने भाव, क्रिया वा प्रक्रिया। [चुक्त्याउ + आइ]
26331 चुकत्याइ ना. २. चुक्त्याउने भाव, क्रिया वा प्रक्रिया।
26332 चुक्त्याइनु क.क्रि. चुक्ता गरिनु।
26333 चुक्त्याउनु स.क्रि. चुक्ता गर्नु; फछर्याउनु।
26334 चुक्र ना. अमिलो तत्त्व भएको फल निचोरेर पकाई बाक्लो पारी बनाएको लेदो पदार्थ, अमिलो, चुक।
26335 चुक्राम्ल ना. चुक अमिलो, पकाएर चुक पारिएको अमिलो, चुक।
26336 चुक्ली ना. अर्काका विषयमा कसैसित गरिएको नराम्रो कुरो, भए-नभएको कुरो लगाउने काम, पोल, छुल्याइँ, छुस्केरा।
26337 चुक्लीखोर वि. चुक्ली वा पोल लगाउने, छुल्याहा घुसी।
26338 चुक्ली चाकडी ना. अर्काको पोल लगाउँदै आफू जाती बन्नका लागि गरिने चाकडी।
26339 चुक्लीचाक्ली ना. चुक्ली लगाएर आफू जाती हुन गरिएको काम - कुरो अर्काको पोल लगाएर आफू साखिलो हुने काम वा प्रयत्न।
26340 चुङ्गा ना. शरीरमा लगाउँदा मास्तिरबाट गोलीगाँठासम्म , एक प्रकारको खुकुलो लुगा, चोंगा।
26341 चुड्गी ना. १. रबरहरूको गुच्छा बनाएर खुट्टाले उफार्दै खेलिने खेल।
26342 चुड्गी ना. २. हे चुंगी।
26343 चुची ना. आइमाईका दुधको मुन्टो, स्तनको चुच्चो।
26344 चुचुराचुचुरी ना. सानाठुला चुचुरा वा टाकुराहरूको समूह।
26345 चुचुरी ना. टाकुरो वा चुचुरोको सानो रूप; सानो चुचुरो।
26346 चुचुरो ना. पहाडको चुलिएर गएको शिर, टाकुरो डाँडाको टुप्पो चोटी।
26347 चुच्चिनु अ.क्रि. तलतिरको भाग फुकेर मास्तिरको भाग साँगुरिंदै जानु, चुच्चो हुनु।
26348 चुच्चे वि. चुच्चो परेको, चुच्चो भएको; चुच्चिएको; टुप्पो भाग तिखो परेको।
26349 चुच्चे करेलो ना. झिनो खालको बेलो र पाङ्ग्रा परेका पात हुने, पहेँलो फूल फुल्ने एक लहरो; तरकारी, अचार आदि खाइने भित्र काला बियाँ र बाहिर काँडा हुने त्यसैको चुच्चे फल, करेलो
26350 चुच्चे कुटो ना. खन्ने भागमा चुच्चो परेको एक प्रकारको हतियार, कुटो।