Dictionary

All Word

26401 चुत्थो वि. १. सबैभन्दा पछि परेको, अरूभन्दा निम्न दर्जामा रहेको।
26402 चुत्थो वि. २. काम नलाग्ने, बेकम्मा; रद्दी।
26403 चुथ्याइँ ना. चुत्थिने चाल, चुत्थोपन।
26404 चुथ्याइ ना. चुत्थिने भाव, क्रिया वा प्रक्रिया।
26405 चुत्थ्याइनु क.क्रि. चुत्यो पारिनु।
26406 चुत्थ्याउनु प्रे. क्रि. चुत्थो पार्नु, पछि पर्ने बनाउनु।
26407 चुत्याहा वि. १. नीच किसिमको आचार-विचार वा शील स्वभाव भएको। ना.
26408 चुत्याहा वि. २. त्यस्तो व्यक्तिलाई गालीका रूपमा प्रयोग गरिने शब्द।
26409 चुत्रो ना. पातमा काँडा हुने, पहेँलो फूल फुल्ने, निलो रङको गुलियो फल हुने, एक प्रकारको काँडादार बोट, त्यसैको फल।
26410 चुथ्रो ना. मसिना खालका पात हुने, रातीगेडीभन्दा सेख ठुला फल फल्ने र लेकमा पाइने एक जातको भुइँकार।
26411 चुन्नु स.क्रि. १. घोट, कलप आदि गरेका कपडालाई कुनै साधनद्वारा खुम्चा-खुम्चा पार्नु, मुजा पार्नु खाँच्नु।
26412 चुन्नु स.क्रि. २. आफ्नो आत्माले रोजेको वस्तु वा व्यक्तिलाई मतपत्र खसालेर वा अन्य कुनै प्रक्रियाले छान्नु, रोज्नु।
26413 चुन्नु स.क्रि. ३. टिप्नु।
26414 चुन ना. १. पान, खैनी आदिमा हालेर खाइने सेतो वस्तु।
26415 चुन ना. २. सिपी, ढुड्गा आदि पोलेर बनाइएको, घर पोत्ने काम लिइने सेतो धुलो।
26416 चुनखानी ना. चुन बनाउने ढुङ्गा झिक्ने वा त्यस्ता ढुङ्गाहरू पाइने ठाउँ।
26417 चुनढुड्गो ना. पोलेर चुन बनाइने ढुड्गो।
26418 चुनपानी ना. चुन मिसिएको पानी, चुन्याहा पहरोबाट बग्ने पानी।
26419 चुनभट्टी ना. चुनढुङ्गा पोलेर चुन बनाउने भट्टी।
26420 चुनरा ना. हे. चुँदरी।
26421 चुना ना. १. पान, खैनी आदिमा मिलाएर खाइने, ढुङ्गा, सिपी आदि पोलेर बनाइएको एक प्रकारको सेतो धुलो, सोही धुलो पानीमा यालिएको सेतो र बाक्लो तरल वस्तु।
26422 चुना ना. २. शरीरको कुनै भाग वा कपड़ा खुम्चिएर रेखैरेखा वा गरैगरा परेको स्थिति।
26423 चुना ना. ३. घरको गारो वा भित्तो पोत्न हुने सेतो धुलो, चुन।
26424 चुनाइ ना. चुन्ने भाव, क्रिया वा प्रक्रिया।
26425 चुनाइनु क.क्रि. चुन्न लाइन, चुनिने पारिनु।
26426 चुनाउ ना. १. जनमतद्वारा कुनै स्थान वा पदका निम्ति योग्य व्यक्ति छान्ने काम निर्वाचन।
26427 चुनाउ ना. २. आफूलाई मन वस्तु छान्ने काम, चयन; चुनाव।
26428 चुनाउनु प्रे. क्रि. चुन्न लगाउनु, चुनिने पार्नु।
26429 चुनारो ना. काठ कुँदेर त्यसका भाँडा कुँडाहरू बनाउने काम गर्ने जाति, चँदारो, चनारो।
26430 चुनाव ना. चुनाउ; निर्वाचन।
26431 चुनिलो वि. चुनको जस्तो स्वाद भएको, चर्को, तिक्खर।
26432 चुनी वि. चुनिएको, चुन्ने काम भएको।
26433 चुनी उखु ना. हरियो डाँठ हुने विशेष प्रकारको रसदार उखु।
26434 चुनीचुनाउ वि. घोट, कलप लगाएर चुनोट गरी तयार पारिएको, चुनीवरी ठिक बनाइएको।
26435 चुने ढुड्गो ना. १. चुन बनाउने काममा आउने ढुङ्गो, चुनको अंश रहेको ढुड्गो।
26436 चुने ढुड्गो ना. २. चुनजस्तो सेतो ढुड्गो।
26437 चुनेरी ना. रातो, कलेजी र पहेँलो फूल फुल्ने एक "जातको बोट, सोही बोटको फूल।
26438 चुनोट ना. १. आफ्नो अभिरुचिको विषय छान्ने काम छनोट।
26439 चुनोट ना. २. चुन्ने काम वा प्रक्रिया, निर्वाचन।
26440 चुनोट ना. १. घर, मन्दिर आदिमा चुन पोत्ने काम, चुना लगाउने काम।
26441 चुनोट ना. २. चुनले पोतेको घर।
26442 चुनौटो ना. चुन राख्ने भाँडो वा बट्टा।
26443 चुनौती ना. कसैलाई कुनै विषयमा दिइने उत्तेजक आह्वान, हाँक; ललकार।
26444 चुन्याइ ना. चुना पार्ने क्रिया वा प्रक्रिया।
26445 चुन्याइनु क.क्रि. चुना पारिनु, मुज्याइनु।
26446 चुन्याउनु स.क्रि. चुना पर्ने काम गर्नु, मुजा पार्नु; मुज्याउनु, खुम्चा पार्नु।
26447 चुप ना. बोल्दै नबोली बस्ने स्थिति मौन धारण गर्ने क्रिया; मौन।
26448 चुपचाप ना. १. केही पनि नबोलीकन रहने स्थिति, चापचुप। क्रि.वि. चालचुल केही नगरी मौनतासित; नबोलीकन।
26449 चुपार ना. १. शिरमा तेल हालेर हत्केलाले थपथप ठोक्ने काम।
26450 चुपार ना. २. जिउमा तेल घस्ने काम तेल लगाउने काम।