Dictionary

All Word

26351 चुच्चे चरो ना. लामो र तिखो चुच्चो हुने एक जातको चरो, चाँचर।
26352 चुच्चे टायल ना. झिँगटीको छानाका कुनामा राखिने कुखुराको टाउकाको आकारको चुच्चे टायल।
26353 चुच्चे बाम ना. मुखतिर चुच्चो परेको लामो र मोटो जातको बाम माछो।
26354 चुच्चेबुच्चे वि. चुच्चो परेको जस्तो देखिए पनि बुच्चो लाग्ने, चुच्चे भएर पनि पुड्को।
26355 चुच्चो ना. १. चराचुरुङ्गीहरूको मुखको टुप्पो।
26356 चुच्चो ना. २. हलो, कलम आदिका अगाडिको तिखो भाग। वि.
26357 चुच्चो ना. ३. तिखो परेको; लाम्चो र चोसो परेको।
26358 चुच्च्याइ ना. चुच्चिने भाव, क्रिया वा प्रक्रिया।
26359 चुच्च्याइनु क.क्रि. चुच्चो हुने पारिनु।
26360 चुच्च्याउनु स.क्रि. चुच्चो पार्नु; तिखो बनाउनु; तल्लो भागदेखि मास्तिरको भाग साँघुरो पार्दै लैजानु।
26361 चुट्नु स.क्रि. १. हात, खुट्टा, लौरो, ढुङ्गा आदिले कसैलाई पिट्नु, कुट्नु, गोद्नु, भकुर्नु।
26362 चुट्नु स.क्रि. २. चुटेर झार्नु; ठटाउनु (तोरी, धान, मकै आदि)।
26363 चुटचाट ना. बेसरी चुट्ने वा पिट्ने काम विशेष किसिमको चुटाइ; पिटपाट।
26364 चुटपिट ना. कुटपिट, मारपिट।
26365 चुटाइ ना. चुट्ने भाव, क्रिया वा प्रक्रिया।
26366 चुटाइनु क.क्रि. चुट्न लगाइनु, चुट्ने पारिनु।
26367 चुटाउनु प्रे. क्रि. चुट्न लगाउनु, चुट्ने पार्नु।
26368 चुटाचुट ना. परस्परमा चुट्ने काम; पिटापिट।
26369 चुटिनु क.क्रि. चुट्ने काम गरिनु, चुटाइ खाइनु।
26370 चुटुवा वि. १. १ भुइँमा ठोकेर वा लाठो, मुङ्ग्रो आदिले चुटेर झारिएको (अन्न)। ना.
26371 चुटुवा वि. २. चुटेर वा कुटेर झारिएको अन्न।
26372 चुट्का ना. १. साना-साना टुक्का, चुट्किला, खिस्सा।
26373 चुट्का ना. २. चुड्का।
26374 चुटकिलो वि. १. छोटो, छरितो र चिटिक्कको। ना.
26375 चुटकिलो वि. २. त्यस्तो बोली वा कुरो।
26376 चुटकिलो वि. ३. कुनै मनोरञ्जक वा घतलाग्दो कुरो, चुट्किलो।
26377 चुट्की ना. १. बुढी औँला र माझी औंला जोडी पड्काएर निकालिएको आवाज, चुड्की।
26378 चुट्की ना. २. साह्रै थोरै समय; छिन।
26379 चुठ्नु अ.क्रि. हात, मुख आदिमा लागेको जुठो पानीले पखाल्नु, मुख कुल्ला आदि गर्नु।
26380 चुठाइ ना. चुठ्ने क्रिया वा प्रक्रिया।
26381 चुठाइनु क.क्रि. चुठ्न लाइनु।
26382 चुठाउनु प्रे. क्रि. चुठ्न लाउनु।
26383 चुठुवा ना. चुठ्ने भाँडो, कोपरा।
26384 चुडारो ना. ढुङ्गा फोर्ने, कुँद्ने वा ढुङ्गाका भाँडाकुँडा बनाउने लोहकर्मी, लोहार।
26385 चुडेल ना. १. दुरुस्त तरुनी आइमाईको स्वरूप कल्पना गरिएकी प्रेत नारी; किचकन्नी, पिशाचिनी।
26386 चुडेल ना. २. साह्रै दुष्ट स्वभावकी आइमाई, कुरूप र घृणित स्त्री।
26387 चुड्का ना. १. छोटो लयमा छिटछिटो गाइने र चाँडचाँडो विश्राम गरिने एक प्रकारको लोकगीत।
26388 चुड्का ना. २. त्यसैको लय वा भाका।
26389 चुड्का ना. ३. चुट्का।
26390 चुकिलो वि. हे. चुट्किलो।
26391 चुड्की ना. हे. चुट्की।
26392 चुड्के ना. १. पाउमा आठ मात्रादेखि लिएर बाह मात्रासम्म हुने एक खालको रोइला लोकगीत। वि.
26393 चुड्के ना. २. चुड्की बजाउने।
26394 चुत ना. मल त्याग्ने अङ्ग, गुदद्वार, मलद्वार।
26395 चुतिया ना. १. तुच्छ, नीच, निकृष्ट। ना.
26396 चुतिया ना. २. गएगुज्रेको तुच्छ व्यक्ति।
26397 चुतके / चुत्को ना. १. साह्रै लोभी, कन्जुस, चुइयाँ, मक्खी।
26398 चुतके / चुत्को ना. २. धेरै नाफा खाने। (उदा. - नाफा खाने चुके / चुत्को साउँसमेत फुत्के / फुत्को। - उखान )।
26399 चुत्थिनु अ.क्रि. १. चुत्थो हुनु, सबैभन्दा पछि पर्नु।
26400 चुत्थिनु अ.क्रि. २. अपमानित हुनु, होचिनु।