Dictionary

All Word

26451 चुपार्नु स.क्रि. तालुमा तेल हालेर हत्केलाले ठोक्दै चुपचुप शब्द निकाल्नु, तालुमा तेल ठोक्नु।
26452 चुपाराइ ना. चुपार्ने क्रिया वा प्रक्रिया।
26453 चुपारिनु क.क्रि. चुपार्ने काम गरिनु।
26454 चुपिचण्डाल वि. धुर्त, चम्बु, घट्ट, ज्यादै चलाख, चतुर, कपटी।
26455 चुपिचल्लो ना. १. कागको जस्तो रङ र बनोट परेको तर सानो आकारको एक चञ्चल पक्षी; चिबे। वि.
26456 चुपिचल्लो ना. २. शरीरमा तेल लगाउँदा लचेप्रो बनेको, तेलले जिउ भिजेको, तेल बढी भएर च्यापच्याप भएको।
26457 चुपी ना. १. कर्दका आकारको तर केही पातलिएर लामो हुँदै गएको धारिलो हतियार।
26458 चुपी ना. २. काठ आदि काट्ने टुप्पाको पछिल्लो भाग नुहेको फलामे साधन।
26459 चुप्प क्रि.वि. १. चुम्बन गर्दा शब्द आउने गरी। ना.
26460 चुप्प क्रि.वि. २. म्वाइँ, चुप्पा।
26461 चुप्रनु स.क्रि. बालकलाई शरीर लचेप्रो हुन्जेल तेल लगाउनु।
26462 चुप्राइ ना. चुप्रने क्रिया वा प्रक्रिया।
26463 चुप्राइनु क.क्रि. चुप्रने पारिनु।
26464 चुप्राउनु प्रे. क्रि. चुप्रने पार्नु।
26465 चुप्रिनु अ.क्रि. चुप्रने हुनु, तेल लगाउने काम हुनु।
26466 चुबुरचुबुर ना. / क्रि.वि. हे. चुभुरभुर।
26467 बुर्के ना. पेटमा अकासे रङको भुवादार छाती हुने, सानो र ख्याउटे एक जातको चरो।
26468 चुबुर्को ना. हे. चुभुर्को।
26469 चुभुरचुभुर ना. १. धेरै नदिई अल्प मात्रामा दिने कार्य, चुबुरचुबुर। क्रि.वि.
26470 चुभुरचुभुर ना. २. थोरथोरै मात्रामा अलि अलि छास्सछुस्स।
26471 चुभुरचुभुर ना. ३. घरीघरी, बारम्बार।
26472 चुभुर्किनु अ.क्रि. १. थोरैथोरै हुनु।
26473 चुभुर्किनु अ.क्रि. २. धेरै भाँडामा थोरथोरै अन्न हालिएको हुनु।
26474 चुभुर्को ना. १. दिँदा बाँड्दा वा राख्दाको अल्प मात्रा, चुबुक।
26475 चुभुर्को ना. २. सबै भाँडा उपयोगी वस्तुहरूले भरिई, राख्ने अरू भाँडो नपाइनाले त्यसै उपेक्षित अल्प-उपयोगी वस्तु।
26476 चुभुर्को ना. ३. फाल्न माया लागेकाले मात्र राखिएको तर फाले पनि हुने कुनै वस्तु।
26477 चुभुर्को ना. ४. भाँडा पर्याप्त भएकाले छुट्टै राखिएको नभए मिसाएर राखे पनि हुने वस्तु।
26478 चुभुर्क्याइ ना. चुभुर्किने वा चुभुर्कोको मात्रा दिने काम भइरहने क्रिया वा प्रक्रिया; थोरथोरै मात्रामा दिने कार्य।
26479 भुर्क्याइनु क.क्रि. चुभुर्कोका रूपमा दिइनु वा राखिनु।
26480 चुभुर्क्याउनु स.क्रि. / प्रे. क्रि. चुभुर्को पार्न लगाउनु, चुभुर्कोका रूपमा दिनु वा राख्नु।
26481 चुम्नु स.क्रि. १. माया वा स्नेहले अरूका गाला, ओठ आदिमा चुम्बन गर्नु, म्वाइँ खानु, चुम्मा लिनु।
26482 चुम्नु स.क्रि. २. स्पर्श गर्नु; छुनु।
26483 चुम्नु स.क्रि. ३. आफूतिर खिच्ने गुण हुनु।
26484 चुमजम्रो ना. हे. चमजुम्रो।
26485 चुमना ना. मधेस र बिहारका केही जातिका चलनअनुसार तिनका विवाहमा केटातर्फकाले केटीतर्फकालाई दिनुपर्ने एक प्रकारको दस्तुर, पोल्टो, कनौती, चुमान, चुम्ना।
26486 चुमाइ ना. चुम्ने भाव, क्रिया वा प्रक्रिया।
26487 चुमाइनु क.क्रि. चुम्न लगाइनु, चुम्ने पारिनु।
26488 चुमाउनु प्रे. क्रि. चुम्न लगाउनु, चुम्ने पार्नु।
26489 चुमान ना. चुमना; पोल्टो; कनौती।
26490 चुमावन ना. हे. चुवान।
26491 चुमाहा वि. चुम्ने काम गर्ने, चुम्न चाहने।
26492 चुमिनु क.क्रि. चुम्ने काम गरिनु, चुम्मा लिइनु।
26493 चुमुर्किनु अ.क्रि. खुम्चिएर वा सुकेर चाउरी पर्नु, चाम्रो हुनु।
26494 चुमुर्क्याइ ना. चुमुर्किने भाव, क्रिया वा प्रक्रिया।
26495 चुमुर्क्याइनु क.क्रि. चुमुर्किने पारिनु।
26496 चुमुर्क्याउनु प्रे. क्रि. चुमुर्किने पार्नु।
26497 चुमुर्क्याहट ना. चुमुर्किने किसिम, क्रिया वा अवस्था।
26498 चुमुर्क्याहा वि. चुमुर्किने स्वभावको।
26499 चुमुवा वि. चुम्ने काम गर्ने (व्यक्ति)।
26500 चुम्किनु अ.क्रि. १. चुमुक्क पर्नु, चाउरी पर्नु।