Dictionary

All Word

26601 चुलबुलाहट ना. चुलबुल गर्ने काम, किसिम वा अवस्था; चुलबुली।
26602 चुलबुली ना. चुलबुल गर्ने स्वभाव, चञ्चल प्रवृत्ति, चकचके चाला।
26603 चुलबुले वि. चुलबुल गर्ने स्वभावको; चञ्चले, चकचके।
26604 चुलाचम्का ना. खानेकुरा पकाउनका निम्ति बनाइएका चुला र तिनै चुलाका चम्का।
26605 चुलाचुली ना. १. महाभारत शृङ्खलाका पहाडहरूदेखि दक्खिनतिर रहेका होचा होचा पहाड एवं थुम्काहरूको समूह, चुरे पहाड।
26606 चुलाचुली ना. २. सानाठुला चुलाहरूको समूह।
26607 चुलिनु अ.क्रि. चुलोजस्तो थुम्किलो हुनु, चुच्चो परी अग्लो हुँदै जानु, झुसिनु।
26608 चुली ना. १. चुलाको सानो रूप, सानो चुलो, चुली।
26609 चुली ना. २. एकापट्टि चुच्चो परेको फल फल्ने एक जातको आरु।
26610 चुली ना. १. पर्वतको चुच्चो परेर अग्लिएको शिखर, पहाडको टुप्पो, टाकुरो। २ थुप्रो, रास।
26611 चुलीगारा ना. दुईपाखे छानो हुने घरका चौडाइपट्टिको धुरीसम्म पुगेको गारो, चुलिएर गएको गारो।
26612 चुलुक ना. हत्केलो खुम्च्याएर पानी अडिने बनाइएको खोचो, हत्केलाको खाल्टो चुल्लु।
26613 चुलेंसी ना. चुत्राका भन्दा ठुला र प्याजी रङका गेडा फल्ने, ती खाँदा जिब्रोको वा निलो हुने एक जातको बुटो, त्यसैको फल।
26614 चुलेंसी ना. फेदबाट ठाडो हुँदै गएको र चराको जस्तो चुच्चो भएर निहुरिएको, ढाडपट्टिबाट तरकारी आदि काट्ने काममा प्रयोग गरिने, एक प्रकारको फलामे हतियार।
26615 चुलेंसी हाड़ ना. चुलेंसीजस्तो परेको टाउकाका बिचको माथिदेखि तलसम्मको हाड, मेरुदण्ड।
26616 चुले वि . चुलोसित सम्बन्धित; एउटै चुलोमा पकाएको खाना खाने।
26617 चुले निम्तो ना. चुलै निम्तो।
26618 चुले पाथी ना. तामा, पित्तल, गिद्रो आदिद्वारा निर्मित, चुली पारेर धान, कोदो आदि अन्न भरिने पाथी।
26619 चुलेत्रो ना. चुलो पोत्ने लुँडो पोतारीको लुँडो; चुल्हेत्रो।
26620 चुलेत्रो ना. भोर्लाका आकारका गाढा हरिया पात हुने, डॉक्लाभित्र फके गुबो हुने, गाईबस्तुले खाने, लेकाली डाले घाँस।
26621 चुलै वि. चुलोसहितको एउटै चुलोमा खानेजतिको; चुले।
26622 चुलै निम्तो ना. एउटा चुलामा पकाएर खानेजति सबै परिवारलाई गरिएको निम्तो, जहानैलाई गरिएको निम्तो।
26623 चुलो ना. १. खानेकुरा पकाउनका निम्ति आगो बाल्न र भाँडा बसाल्न बनाइएको ठाउँ चुल्हो।
26624 चुलो ना. २. भान्साखण्ड।
26625 चुलोचम्को ना. चुलो र चुलाका निम्ति चाहिने चम्को, चुलो र त्यससँग सम्बन्धित अरू त्यस्तै वस्तुको समूह।
26626 चुल्ठाचुल्ठी ना. सानाठुला चुल्ठाहरूको समूह, चुल्ठा र अरू त्यस्तै वस्तुको समूह।
26627 चुल्ठिनु अ.क्रि. चुल्ठी पर्नु, चुल्ठा हुनु।
26628 चुल्ठी ना. १. तीन वा पाँच आँठा पारेर बाटेको चेप्टो डोरी वा स्त्रीजातिको केश।
26629 चुल्ठी ना. २. चुल्ठाको सानो रूप सानो चुल्ठो।
26630 चुल्ली भाटो ना. छानो छाइसकेपछि अन्तमा धुरी कस्न प्रयोग गरिने भाटो।
26631 चुल्ठे वि. १. चुल्ठोजस्तो चुल्ठो भएको चुल्ठोवाला।
26632 चुल्ठे वि. २. चुल्ठो जस्तै परी फेदतिर ठुलो र टुप्पातिर साँगुरिदै गएको, बाला लाग्ने, एक जातको बास्नादार मसिनो धान।
26633 चुल्ठे गाँठो ना. १. दाम्लामा दाम्लै गाँस्ताखेरि पारिने गाँठो।
26634 चुल्ठे गाँठो ना. २. चुल्ठो बाटिसकेपछि पारिने गाँठो।
26635 चुल्ठो ना. तीन आँठा वा पाँच आँठा पारेर बाटेको, आइमाईका केशराशिको लँडो, वेणी।
26636 चुल्ठयाइ ना. चुल्ठो पार्ने कार्य।
26637 चुल्ठ्याइनु क.क्रि. चुल्ठो पार्ने कार्य गरिनु।
26638 चुल्ठ्याउनु स.क्रि. / प्रे. क्रि. चुल्ठो पार्नु वा पार्न लगाउनु।
26639 चुल्ठ्याहट ना. चुल्ठ्याइ।
26640 चुल्याइ ना. १. चुलिने क्रिया वा प्रक्रिया। [चुल्याउ+आइ]
26641 चुल्याइ ना. २. चुल्याउने क्रिया वा प्रक्रिया।
26642 चुल्याइनु क.क्रि. चुली पारिनु, चुल्याउने काम गरिनु।
26643 चुल्याउनु स.क्रि. चुली पार्नु, झुसी बनाउनु।
26644 चुल्हेत्रो ना. चुलेत्रो।
26645 चुल्हो ना. हे. चुलो।
26646 चुवा ना. दुधिला र लाम्चा पात हुने, भेट्नातिर बढी पहेँलो र टुप्पातिर बढी सेतो रङको बास्नादार फूल फुल्ने तथा बाक्लो बोक्रो र झिनो काठ हुने, एक जातको बोट, त्यसैको फूल।
26647 चुवान ना. महाराजाधिराज वा युवराजका व्रतबन्धमा प्रजालाई लगाइने दर्शन भेटीस्वरूपको दस्तुर, चुमान।
26648 चुस्नु स.क्रि. १. मुखले कुनै वस्तु च्यापेर रस निचोरी निल्नु।
26649 चुस्नु स.क्रि. २. अनुचित किसिमले अर्काको शोषण गर्नु।
26650 चुसचुस क्रि.वि. १. कुनै वस्तु थोरथोरै मात्रामा दिने वा लिने गरी।