Dictionary

All Word

26551 चुऱ्याउनु प्रे. क्रि. चुरिने पार्नु।
26552 चुऱ्याहट ना. चुरिने वा चुऱ्याउने क्रिया वा प्रक्रिया।
26553 चुऱ्याहा वि. चुरिने खालको।
26554 चुरी ना. सानो चुरो चुरो।
26555 चुरी ना. आँट, साहस (जस्तो- चुरी - फुरी)।
26556 चुरीगाँठो ना. गोलीगाँठो, कुर्कुच्चादेखि माथिका दुइटा पाङ्ग्रा।
26557 चुरीफुरी ना. १. फुर्तीफार्ती, ताउरमाउर।
26558 चुरीफुरी ना. २. शक्ति, तागत।
26559 चुरीफुरी ना. ३. फुस्रो धाक, बिनसित्तिको रवाफ।
26560 चुरुक्क क्रि.वि. १. चुम्रुक्क।
26561 चुरुक्क क्रि.वि. २. तुरुक्क।
26562 चुरुक्क क्रि.वि. ३. चरक्क।
26563 चुरुम्फा ना. १. मास्तिरका मुन्टाको तरकारी खान हुने एक प्रकारको जङ्गली अलैँची।
26564 चुरुम्फा ना. २. मुलायम ऊनबाट बनेको एक प्रकारको बाक्लो भुवादार ओढ्ने।
26565 चुरुम्फा ना. ३. सगरमाथा अञ्चलको खोटाङ जिल्लामा रहेको एक प्रसिद्ध लेकाली डाँडो।
26566 चुरे ना. महाभारत पर्वतशृङ्खला र भित्री मधेसभन्दा दक्षिणतिर र तराईको उत्तरतिर फैलिएको बालुवामय माटो सोहोरिइरहने होचा होचा पहाडहरूको एक शृङ्खला, शिवालिक, चुलाचुली।
26567 चुरे पहाड ना. चुरेको पर्वतशृङ्खला ( चुरे रेन्ज)।
26568 चुरो ना. १. धातु, काँच आदिबाट तयार गरिएको, विशेष गरी आइमाईहरूले नारीमा लगाउने, बाटुला आकारको गहना।
26569 चुरो ना. २. काठभित्र रहेको गुभे भाग।
26570 चुरो ना. ३. फुर्र फुकेको धुलो पदार्थ।
26571 चुरोट ना. पातलो कागतको ढुङ्ग्रोमा सुर्तीको धुलो भरी, बेरेर मिसिनले तयार गरिएको धूम्रपान गरिने वस्तु (सिगरेट)।
26572 चुरौटी ना. नेपालका पश्चिमी पहाडहरूमा चुरा बेचेर जीविका गर्ने मुसलमान-जातिले बोल्ने भाषा; चुरौटे भाषा।
26573 चुरौटे ना. चुरा बेचेर जीविका गर्ने नेपाली मुसलमान जाति। स्त्री. चुरौटिनी/चुरौटेनी।
26574 चुरौटे भाषा ना. चुरौटेले बोल्ने भाषा, चुरौटी।
26575 चुर्के वि. १. झगडा गर्नका निम्ति निहुँ खोज्ने, बाझ्ने स्वभावको।।
26576 चुर्के वि. २. छुस्क्याइँ गर्ने, छुकछुके, छुल्याहा।
26577 चुर्को वि. १. निकै थोरै, अलिकति। ना.
26578 चुर्को वि. २. चुबुक, अल्प मात्रा।
26579 चुर्को वि. ३. सानोतिनो झगडा वा बाझो।
26580 चुर्को वि. ४. छुकछुकेपन, छुस्क्याइँ।
26581 चुर्क्याइँ /चुर्क्याहट ना. १. झगडालुपन, छुल्याहा चाल।
26582 चुर्क्याइँ /चुर्क्याहट ना. २. छुस्केरो चाल वा बानी छुस्क्याइँ।
26583 चुर्ना ना. १. पेटमा पर्ने, धागोजस्तो आकारको हुने, छोटा र साना, सेता किरा।
26584 चुर्ना ना. २. ससाना केटाकेटी, भुराभुरी।
26585 चुर्रिनु अ.क्रि. रिसले चुर हुनु, चुरिनु।
26586 चुऱ्याइ ना. चुरिने भाव, क्रिया वा प्रक्रिया।
26587 चुऱ्याइनु क.क्रि. चुरिने पारिनु।
26588 चुऱ्याउनु प्रे. क्रि. चुरिने पार्नु।
26589 चुऱ्याहट ना. चुरिने काम वा किसिम।
26590 चुऱ्याहा वि. चुरिने खालको।
26591 चुर्लुम ना. पानीमा पुरै डुब्ने कार्य।
26592 चुर्लुम चुर्लुम क्रि.वि. पानीमा टुपीसम्म डुब्दै निस्कँदै गरिरहेर।
26593 चुर्लुम्म क्रि.वि. १. एकैपल्ट पानीमा टुपीसमेत डुब्ने गरी। ना.
26594 चुर्लुम्म क्रि.वि. २. त्यसरी डुब्दा निस्कने शब्द।
26595 चुलबुल ना. १. चञ्चल स्वभाव, छुकछुके चाला; चकचके बानी।
26596 चुलबुल ना. २. खेल्ने र बोल्ने काम।
26597 चुलबुलाइ ना. चुलबुल गर्ने क्रिया वा प्रक्रिया।
26598 चुलबुलाइनु क.क्रि. चुलबुल गरिनु।
26599 चुलबुलाउनु अ.क्रि. १. चुलबुल गर्नु, चञ्चल बन्नु, छुकछुक गर्नु।
26600 चुलबुलाउनु अ.क्रि. २. आनन्दले थैथै हुनु।