Dictionary

All Word

26651 चुसचुस क्रि.वि. २. घरीघरी, अलि-अलि गरेर।
26652 चुसचुस क्रि.वि. ३. घोच्ने किसिम। ना.
26653 चुसचुस क्रि.वि. ४. चुभुरभुर।
26654 चुसाइ ना. चुस्ने क्रिया वा प्रक्रिया।
26655 चुसाइ क.क्रि. चुस्न लगाइनु।
26656 चुसाउनु प्रे. क्रि. चुस्न लगाउनु, सोसाउनु।
26657 चुसाहट ना. चुस्ने किसिम, क्रिया वा अवस्था, शोषण।
26658 चुसाहा वि. जालझेल गरी अर्काको सम्पत्ति हत्त्याउने खालको, अर्कालाई बढी सताएर फाइदा उठाउने, शोषक।
26659 चुसिनु क.क्रि. चुस्ने काम गरिनु।
26660 चुसुक्क क्रि.वि. १. चुच्चो परे झैँ भएर।
26661 चुसुक्क क्रि.वि. २. निनाउरो भएर अनुहार खुम्चिने गरी।
26662 चुसुक्क क्रि.वि. ३. चोसो परेर।
26663 चुसुक्क क्रि.वि. ४. घोच्ने, बिझाउने किसिम।
26664 चुसुवा वि. १. चुस्ने बानी भएको, शोषण गर्न सिपालु शोषक। ना.
26665 चुसुवा वि. २. त्यस्तो बानीबेहोरा भएको व्यक्ति।
26666 चुस्को ना. निकै थोरै परिमाण; पित्को।
26667 चुस्ता ना. घुँडादेखि मुनिको भाग साँगुरो र माथिको भाग फुकेको सुरुवाल, घोडसवारीमा लगाइने सुरुवाल।
26668 चुस्स क्रि.वि. १. चोसो निस्किए जसरी।
26669 चुस्स क्रि.वि. २. घोच्ने, बिझ्ने किसिम।
26670 चुहाइ ना. चुहुने किसिम वा क्रिया, चुवाइ।
26671 चुहाइनु क.क्रि. चुहने पारिनु।
26672 चुहाउनी ना. चुहेको तरल पदार्थ वा पानी; तप्केनी।
26673 चुहाउनु प्रे. क्रि. चुहुने पार्नु, चुहुने बनाउनु।
26674 चुहान ना. १. चुहुने वा धारो लाग्ने ठाउँ, चुहेर झर्ने बाटो।
26675 चुहान ना. २. चुहाएर झिकिएको तरल वस्तु।
26676 चुहान ना. 3. चुहिएको पानी वा पानी चुहने प्रक्रिया।
26677 चुहावट ना. १. चुहुने किसिम वा क्रिया
26678 चुहावट ना. २. चुहेर क्रमशः सकिंदै जाने प्रक्रिया।
26679 चुहिनु अ.क्रि. चुहुने होइनु।
26680 चुहुनु अ.क्रि. कुनै तरल पदार्थ वा धुलो वस्तु प्वाल आदिबाट झर्नु रसाउनु, मुख्य ठाउँदेखि बाहेक अरू ठाउँ फुटेर निस्कनु।
26681 चुहेत्रो वि. चुहुने खालको, चुहुने।
26682 चूँ ना. हे. चुँ।
26683 चूँ चूँ ना. हे चुँचुँ।
26684 चूक ना. हे चुक।
26685 चूक ना. हे चुक, (चुक अमिलो )।
26686 चूचुक ना. आइमाईका दुधको मन्टो, स्तनको अग्रभाग।
26687 चूडा ना. १. व्रतबन्धमा वटुको कपाल खौरँदा गरिने विशेष।
26688 चूडा ना. २. टुपी।
26689 चूडा ना. ३. सिउर।
26690 चूडा ना. ४. शिखर, चुली, टाकुरो।
26691 चूडाकरण / कर्म ना. द्विज-जातिका कुमारको गर्भे केश काट्ने संस्कारविशेष, चौलकर्म; छेवर।
26692 चूडामणि ना. १. शिरमा लगाइने मणिजडित विशेष प्रकारको आभूषण। वि.
26693 चूडामणि ना. २. शिरमा राखिने मणिसमान योग्य, अति उत्तम।
26694 चूर वि. हे. चुर।
26695 चूर्ण ना. १. कुनै वस्तु कुटेर वा पिंधेर पारिएको धुलोपिठो।
26696 चूर्ण ना. २. चुन; चुना।
26697 चूर्णक ना. १. सुगन्धित पदार्थ मिलाएर बनाइएको बास्नादार धुलो।
26698 चूर्णक ना. २. समासबहुल र जटिल पदावलीको प्रयोग नभई साना र सरल शब्दहरूको प्रयोग भएको गद्यकाव्य।
26699 चूर्णकुन्तल ना. मसिना केश भई घुँघुरिएको कपाल, अलक; जुल्पी।
26700 चूल ना. १. कपाल केश।