Dictionary

All Word

26701 चूल ना. २. शिखा, टुपी।
26702 चूल ना. ३. कुनै यन्त्र वा मिसिनका भित्रपट्टि घुम्ने चक्काका चुराको तल्लो र माथिल्लो तिखो टुप्पो।
26703 चूलिका ना. १. श्वासनलीसँगै रहने स्थायी र राल आदि उत्पादन गर्ने अन्तःस्रावी ग्रन्थि।
26704 चूलिका ना. २. नाटकमा नेपथ्य वा पर्दाभित्रको भागबाट सूचना गरिएको अंश, अर्थोपक्षेपकको एक भेद।
26705 चूलिकाग्रन्थि ना. राल आदि रसको उत्पादन गर्ने श्वासनलीकै दुईपट्टि रहने ग्रन्थि।
26706 चूली ना. हे. चुली।
26707 चूलो ना. हे. चुलो।
26708 चेइ ना. कुकुर ( बालबोलीमा )।
26709 चेइचेइ ना. कुकुरलाई डाक्ता प्रयोग गरिने शब्द।
26710 चेक ना. १. कुनै व्यक्ति वा संस्थाले आफ्नो खाताबाट यति रकम दिनू भनी ब्याङ्कलाई लेखिदिने, ब्याङ्क स्वयम्ले प्रमाणित गरेको पत्र।
26711 चेक ना. २. ब्याङ्कमा राखिएको आफ्नो रुपियाँपैसा झिक्नका निम्ति ब्याङ्कले नै प्रमाणित गरेर दिएको पत्र।
26712 चेक ना. ३. चारखाने बुट्टा विभिन्न किसिमका पाटे बुट्टा।
26713 चेक ना. ४. आकस्मिक किसिमको जाँच, छड्के जाँच।
26714 चेक ना. ५. कुनै काम भयो वा भएन भनी पुनः राम्ररी विचार पुयाउने काम।
26715 चेक ना. ६. जाँच।
26716 चेक ना. ७. रुजु, भिडान।
26717 चेक पोस्ट ना. कुनै मुख्य ठाउँबाट आवतजावत गर्दा यात्री र उसका साथमा भएका चिजबिजको तलासी तथा सोधपुछका निम्ति राखिएको सरकारी चौकी।
26718 चेक बुक ना. खातावालालाई ब्याकले प्रमाणित गरेर दिने पत्रहरूको पुस्तिका, ब्याङ्कबाट रुपियाँ झिक्न चाहिने प्रमाणित पत्रहरूको सङ्ग्रह।
26719 चेट ना. निम्न तहको कमारो; तल्लो दर्जाको दास, सानोतिनो कामका लागि रहेको नोकर।
26720 चेटिका / चेटी ना. निम्न तहकी दासी।
26721 चेत्नु अ.क्रि. १. कहिल्यै नबिर्सने किसिमको ज्ञान हुनु, कुनै किसिमका कामको राम्रोनराम्रो परिणाम थाहा हुनु।
26722 चेत्नु अ.क्रि. २. वस्तु वा घटनाका सम्बन्धमा राम्रो ज्ञान हुनु।
26723 चेत्नु अ.क्रि. 3. दुरीदुहाई हुनु, तोबा हुनु।
26724 चेत ना. १. प्राणीमा रहेको चेतनशक्ति, चैतन्य होस।
26725 चेत ना. २. राम्रोनराम्रो छुट्ट्याउन सकिने र विषयवस्तुको गुण थाहा पाइने ज्ञान; बोध।
26726 चेत ना. 3. पहिले अनुभव गरिएका कुरालाई पछि फेरि जस्ताको तस्तै प्रतिबिम्ब खिच्न सक्ने शक्ति, स्मरण, स्मृति।
26727 चेत ना. ४. मन; चित्त; हृदय।
26728 चेतक वि. १. कुनै घटना वा विषयको पूर्वज्ञान गराउने, काम बिग्रनुभन्दा पहिले नै होसियार पार्ने, सचेतक। ना.
26729 चेतक वि. २. महाराणा प्रतापको एक प्रसिद्ध घोडाको नाम।
26730 चेतन ना. १. प्राणीमा रहने बुद्धितत्त्व वा चित्तत्त्व, चेतना, चैतन्य।
26731 चेतन ना. २. चेत हुने प्राणी।
26732 चेतन ना. ३. ईश्वर, परमात्मा।
26733 चेतनशील वि. चेतनशक्ति वा ज्ञान सक्रिय र क्रियाशील रहेको; चेतना भएको।
26734 चेतना ना. १. प्राणीमा रहने भित्री ज्ञान; चैतन्य; चेतन।
26735 चेतना ना. २. सत्-असत् छुट्ट्याउन सक्ने बुद्धि, विवेक।
26736 चेतना ना. ३. कुनै विषयका सम्बन्धमा रहने पूर्वज्ञान; होस।
26737 चेतना ना. ४. जीवनशक्ति।
26738 चेतनामय वि. चेतनाले युक्त, चेतना भएको, चैतन्यमय।
26739 चेतबाबा वि.बो. १. ठक्कर वा हन्डर खाएर चेत्ने व्यक्तिको मुखबाट निस्कने ध्वनि। ना.
26740 चेतबाबा वि.बो. २. हन्डर ठक्कर। वि.
26741 चेतबाबा वि.बो. ३. चेतेको; हन्डर खाएको।
26742 चेतबाबा काशी वि.बो. चेतबाबा; हायलकायल।
26743 चेताइ ना. चेत्ने किसिम वा क्रिया।
26744 चेताइनु क.क्रि. चेत्ने पारिनु, चेन लाइनु।
26745 चेताउनी ना. कुनै विषयमा पूर्वज्ञान दिने काम, सचेत वा होसियार गराउने कार्य, पूर्वजाउ, नसियत।
26746 चेताउनु स.क्रि. कुनै कामकुराको दुष्परिणामबाट कसैलाई सचेत वा सावधान गराउनु, चेतावनी दिनु, चेत्ने बनाउनु।
26747 चेतावनी ना. चेताउनी।
26748 चेताहा वि. चेत्ने खालको, चेत पाइसकेको।
26749 चेतिनु अ.क्रि. चेत्ने होइनु, चेतेको होइनु।
26750 चेतुवा वि. १. चेत्ने खालको, चेत पाएको।