Dictionary

All Word

26851 चेष्टा ना. ४. हिंडाइ - बोलाइ।
26852 चेहरा ना. मुखको आकृति, घाँटीदेखि माथि र कपालदेखि तलतिरको भाग, मुखमण्डल, अनुहार।
26853 चैँ निपा १. चाहिँ।
26854 चैँ निपा २. कुरा गर्दा अप्रत्याशित रूपबाट उच्चरित हुने एक थेगो, चाइँ, चायने, चाइन्जो।
26855 चैँसो ना. मास आदि दलेर फग्लेंटाजति एकातिर छुट्ट्याइएको मसिनो धुलो, दालको धुलो।
26856 चैत ना. चित्रा नक्षत्रले युक्त पूर्णिमामा चन्द्रमा रहने महिना फागुनपछिको महिना; वर्षको अन्तिम महिना; चैत्र; चइत।
26857 चैत २ ना. नेपालको पश्चिमाञ्चलको डोटी जिल्ला र यसका आसपासमा प्रचलित ऐतिहासिक, पौराणिक र धार्मिक चरित्रका गाथामा आधारित लोककाव्य ( राम शाहीको चैत, लाल द्यौवाको चैत, कृष्णजीको चैत, सीताजीको चैत इ.)।
26858 चैतन्य ना. १. प्राणीमा रहेको विचार, विवेक वा छ्यान-विचारको शक्ति; चित्शक्ति; चेतना; चेतन।
26859 चैतन्य ना. २. चेतनशील प्राणी।
26860 चैती ना. पश्चिमभाग विशेषतः डोल्पा जिल्लाका एकथरी मगर जातिले प्रत्येक वर्ष दुईदुई घरको पालोसान्तीका हिसाबले हिउँदका दिनमा एक महिनासम्म मनाउने चाड।
26861 चैते वि. १. चैत महिनामा हुने चैतसम्बन्धी।
26862 चैते वि. २. चैतमा दुब्लाएर हरिटट्टु हुने (बाँदर)। ना.
26863 चैते वि. ३. घोडेजात्राका पर्वमा गाइने विशेष प्रकारको लोकगीत र त्यसको लय।
26864 चैते काङ्ग्रेस वि. १. पछि प्रवेश गरेर रजगज गर्न खोज्ने प्रवृत्तिको मान्छे।
26865 चैते काङ्ग्रेस वि. २. अवसरवादी प्रवृत्तिको काङ्ग्रेस।
26866 चैते चरो ना. प्रायः चैत महिनामा देखापर्ने र बोल्ने वा कराउने एक जातको चरो।
26867 चैतेती ना. १. दमाई, कामी आदि कामदारहरूलाई साउनेतीसम्मका लागि गरिने थमौती।
26868 चैतेती ना. २. त्यस्तै थमौती गर्दा दिइने वस्तु वा दस्तुर।
26869 चैते दसैँ ना. रामनवमीको भोलिपल्टको चैत्रशुक्ल दशमीको तिथि वा उक्त तिथिमा मनाइने उत्सव।
26870 चैते पानी ना. १. छोरीको विवाह भएका वर्षमा पर्ने चैत महिनामा विवाहित छोरीले र छोरीका बाबुले एकै घाट वा पँधेराको पानी नखाने प्रथा।
26871 चैते पानी ना. २. उक्त किसिमले बारिने पानी।
26872 चैते फुल ना. चैतमा फुल्ने टाँकीका जातको फूल, कोइरालो।
26873 चैते बाँदर / वानर ना. १. चैत्र महिनामा वसन्तको प्रभावले गर्दा कामुक भएको बाँदर।
26874 चैते बाँदर / वानर ना. २. उक्त कामुकताले गर्दा धेरै परिश्रम परी चैत्रको अन्त्यमा दुब्लाएको बाँदर। वि.
26875 चैते बाँदर / वानर ना. ३. मरन्च्यासे, साह्रै दुब्लो।
26876 चैते बाँदर / वानर ना. ४. कामुक।
26877 चैत्य ना. १. बौद्ध धर्मको स्तूप।
26878 चैत्य ना. २. चौतारो पाटी।
26879 चैत्र ना. वर्षको बाह्रौं महिना, वर्षको अन्तिम मास; चइत; चैत।
26880 चैत्ररथ ना. कुबेरको बगैँचा।
26881 चैत्र ना. चैत्रशुक्ल पूर्णिमा, चैते पुर्ने।
26882 चैन ना. १. मन प्रफुल्लित रहने स्थिति आनन्द, सुख।
26883 चैन ना. २. सुखभोग, भोगविलास, मोजमज्जा।
26884 चोंगा ना. सेर्वानीजस्तो एक प्रकारको लामो कोट; चुड़गा।
26885 चोइटा ना. हे. चोइटो।
26886 चोइटाचोइटी ना. काठ काट्ता टुक्रिएर निस्किएका सानाठुला चोइटाहरूको समूह, टुक्राटाक्री।
26887 चोइटिनु अ.क्रि. चोइटो निस्कनु, टुक्रो हुनु।
26888 चोइटो ना. ठुलो वा मूल वस्तु टुक्रिएर वा फुटेर निस्केको सानो रूप; टुक्रो, शकल।
26889 चोइट्याइ ना. चोइटिने किसिम वा क्रिया।
26890 चोइट्याइनु क.क्रि. चोइटिने पारिनु।
26891 चोइट्याउनु प्रे. क्रि. चोइटो पार्नु; ठुलो वस्तुबाट सानो टुक्रो छुट्टयाउनु, टुक्रयाउनु।
26892 चोलाचोइली ना. सानाठुला चोइलाहरूको समूह।
26893 चोइलिनु अ.क्रि. चोइली पर्नु, चोइलो निस्कनु।
26894 चोइली ना. चोइलाको सानो रूप, सानो चोइलो।
26895 चोइलो ना. १. भाँडाबाट पनिउँले कपेर झिकिएको भात, ढिंडो आदिको पातलो र सानो अंश।
26896 चोइलो ना. २. ठुलो चपरो; ढेलो।
26897 चोइल्याइ ना. चोइलिने वा चोइली पर्ने क्रिया वा प्रक्रिया।
26898 चोइल्याइनु क.क्रि. चोइलो पारिनु वा चोइल्याउने काम गरिनु।
26899 चोइल्याउनु स.क्रि. / प्रे. क्रि. चोइलो झिक्नु, चोइली पार्नु।
26900 चोक ना. १. चारैतिर घरले घेरिएको र बिचमा पक्का गरी बनाइएको चारकुने जमिन वा आँगन, चौक।