Dictionary

All Word

27001 चाहिँदो वि. १. चाहिएजति आवश्यक परेजति।
27002 चाहिँदो वि. २. आवश्यक ; जरुरी।
27003 चाहिँदो वि. 3. ठिक; मनासिब, उचि।
27004 चाहे संयो. विकल्प वा सर्त बुझाउँदा वाक्यमा दुईपल्ट प्रयोग हुने शब्द।
27005 चाहे संयो. (उदा.- चाहे खाऊ, चाहे नखाऊ।
27006 चाहे संयो. चाहे राम, चाहे श्याम आओस्।
27007 चिंगडो ना. फुटेको भाँडो, चिङडो।
27008 चिंगना ना. १. ढुङ्ग्रीप्वाँख पनि नउम्रेका कुखुराका ससाना बच्चा, चिङना।
27009 चिंगना ना. २. कुखुराको बच्चा चल्ला चल्लो।
27010 चिंगो ना. १. पानीमा बस्ने, टोक्ने सानो किरो।
27011 चिंगो ना. २. लाम्चा पात र सेता जरा हुने धानका खेतमा हुने एक भुइँझार।
27012 चिउँ ना. १. सुत्ने क्रिया वा निद्रा।
27013 चिउँ ना. २. साना शिशुलाई सुताउनका लागि गुनगुनाउने शब्द।
27014 चिउँटी ना. १. बुढी औंला र चोर औँलाका टुप्पाको मेल।
27015 चिउँटी ना. २. त्यस्तो मेलले टिप्दा आउनेजति मात्रा।
27016 चिउँटी ना. ३. सो मेल हुँदाको चिमटाइ।
27017 चिउँटी ना. ४. बुढी औंला र चोर औँलाका सहायताले कुनै वस्तु समात्ने स्थिति वा कार्य।
27018 चिउँटी ना. वि. ५. चिउँटीले आउने परिमाणको; चिम्टी।
27019 चिउँटी ना. ६. थोरै ज्यादै थोरै अति अल्प।
27020 चिउँडो ना. तल्लो ओठभन्दा मुनिको अनुहारको भाग; तल्लो बङ्गाराको उठेको भाग; च्युँडो; च्यापु।
27021 चिउरा ना. भिजाएको वा उसिनेको धान नफुट्तै भुटेर ढिकी, ओखल, मिल आदिमा कुटी थेप्चो बनाइएको एक खाद्य वस्तु च्युरा, चिपिटान्न।
27022 चिउरी ना. १. सुनजस्तो टल्कने पाट निस्कने एक जातको बोट।
27023 चिउरी ना. २. चिउली (फल वा बोट)।
27024 चिउला ना. मुना, टुसा, अङ्कुर, चिउलो।
27025 चिउला चिउली ना. मुनामुनी, टुसाटुसी।
27026 चिउली ना. चिउलो (कोमलार्थमा)।
27027 चिउली ना. सेता साना फूल फुल्ने, दुध निस्कने, अमारोको आकारको फल फल्ने, सो फल चुस्दा गुलियो रस निस्कने रुख वा त्यसको फल; हिगुदल।
27028 चिउलो ना. हे. चिउला।
27029 चिक्नु स.क्रि. स्त्रीसम्भोग गर्नु, मैथुन गर्नु।
27030 चिकनथली / चिकनथैली ना. स्त्री-योनि; जननेन्द्रिय।
27031 चिकनथैले वि. सम्भोगको ज्यादै चाह गर्ने (स्त्री); कामोन्मादी ; कामासक्त (स्त्री); भोगिनी।
27032 चिकाइ ना. सम्भोग गर्ने वा गराउने भाव, क्रिया वा प्रक्रिया।
27033 चिकाइनु क.क्रि. सम्भोग गराइनु वा गर्न लगाइनु।
27034 चिकाउनु प्रे. क्रि. सम्भोग गर्न लाउनु वा गर्ने पार्नु।
27035 चिकान ना. सम्भोग कार्य, समागम, मैथुन, सम्भोग।
27036 चिकामारी ना. चिकीखेल।
27037 चिकारु वि. मैथुनमा तल्लीन भएर लागेको।
27038 चिकित्सक ना. औषधोपचार गर्ने व्यक्ति; डाक्टर, वैद्य, कविराज, हकिम।
27039 चिकित्सा ना. १. निदान, रोगनिरूपण।
27040 चिकित्सा ना. २. इलाज, उपचार, औषधी, दवाई।
27041 चिकित्सालय ना. औषधी गर्ने घर वा ठाउँ, औषधालय; वैद्यखाना; हस्पिटल; अस्पताल।
27042 चिकित्सा विज्ञान ना. रोगको निदान वा मीमांसा गर्ने र उपचार गरी निकोसमेत पार्ने एक विज्ञान तथा कला; चिकित्साशास्त्र; चरकसंहिता।
27043 चिकित्सित वि. चिकित्सा गरिएको (व्यक्ति); उपचार गरिएको।
27044 चिकिनु क.क्रि. सम्भोग गरिनु, मैथुन गरिनु।
27045 चिकी ना. स्त्रीजातिको जननेन्द्रिय; योनि, भग।
27046 चिकी खेल ना. मैथुन - क्रिया; चिकामारी।
27047 चिकुवा वि. बढी स्त्रीप्रसङ्ग गर्ने स्वभावको, धेरै स्वास्नीमान्छे चाहिने; अति मैथुन गर्ने।
27048 चिघ्रनु अ.क्रि. चिच्याउनु, च्याँठिनु, तर्सिएर रुनु; हिलिनु।
27049 चिघ्राइ ना. चिघ्रने वा चिघाउने भाव, क्रिया वा प्रक्रिया।
27050 चिघ्रिनु अ.क्रि. चिघ्रनु।