Dictionary

All Word

27051 चोरउद्योग ना. सरकारी नियम कानुनलाई छलेर वा सर्वसाधारण जनतालाई ठग्ने उद्देश्यले गरिने उद्योग कालो उद्योग।
27052 चोरऔँले वि. १. चोरका जस्ता औंला भएको; चोर्ने औँला भएको।
27053 चोरऔँले वि. २. चोर औँला मात्र भएको।
27054 चोरऔँलो ना. बुढी औँलो र माझी औंलाका बिचको औंलो; औँलो, तर्जनी।
27055 चोरकमिलो ना. झुक्याएर वा छलेर ज्यादै असह्य हुने गरी चिल्ने कालो रङको कमिलो।
27056 चोरखर ना. १. पुरानो खरको छानो मकाएर पानी चुहिने ठाउँमा बिचबिचमा घुसारिने नयाँ खर।
27057 चोरखर ना. २. छाएको ठाउँमा त्यान्द्रा पारेर तुर्लुङ झुन्डिएको खर।
27058 चोरगेडे वि. चोर गेडाहरू मिसिएको वा भएको (मास, भटमास, सानो केराउ इ.)।
27059 चोरगेडो ना. भिजाउँदा पनि नभिज्ने र पकाउँदा पनि नपाक्ने मास, केराउ, चना आदिको गेडो, अटेर्न, डाइनु।
27060 चोरचकार ना. १. सानोतिनो चोर, ठिनेमिने चोर; चोट्टा।
27061 चोरचकार ना. २. चोर र चकार।
27062 चोरजुवा ना. जुवा खेल्न नपाइने दिनमा खेलिने जुवा, जतिखेर पायो उतिखेर खेलिने जुवा; बाह्रमासे जुवा।
27063 चोरबजार ना. चोरेर ल्याएका मालसामानहरू किनबेच गर्ने बजार, लुकाईछिपाईकन मालसामान किनबेच गरिने बजार, कालोबजार।
27064 चोरबजारिया वि. चोरबजारमा किनबेच गर्ने; चोरी व्यापार गर्ने (मान्छे)।
27065 चोरबजारी ना. चोरीका मालसामान किनबेच गर्ने काम।
27066 चोरबत्ती ना. १. प्रायः चोरले लिने बत्ती, तुरुन्त बाल्न र निभाउन हुने बत्ती।
27067 चोरबत्ती ना. २. टर्चलाइट।
27068 चोरबाटो ना. खुसुक्क निक्लने र मूलबाटोबाट भन्दा छिटो पुगिने, अन्तरकुन्तरबाट झिकिएको बाटो, छड्के बाटो।
27069 चोरबाली ना. एक जातको बाली लगाएका छेउकुनामा लगाएको अर्को जातको बाली। ( मकै बालीभित्र धान, धान खेतका आलीमा मास आदि)।
27070 चोराइ ना. चोर्ने प्रवृत्ति, क्रिया वा प्रक्रिया।
27071 चोराइनु क.क्रि. चोर्न लगाइनु।
27072 चोराउनु प्रे. क्रि. चोर्न लगाउनु।
27073 चोराचोर ना. एकले अर्काको चोरी गर्ने काम; परस्परमा चोरी हुने काम।
27074 चोरिनु क.क्रि. १. चोर्ने काम गरिनु। अ.क्रि.
27075 चोरिनु क.क्रि. २. चोरी हुनु।
27076 चोरी ना. मालधनीले थाहा नपाउने गरी माल चोर्ने काम, अर्काका हकदाबीको चलअचल सम्पत्ति खुसुक्क आफ्नो हकदाबीभित्रको बनाउने क्रिया; चोर्ने काम।
27077 चोरीचकारी ना. चोरचकारको काम सानोतिनो वा ठिनेमिने चोरी।
27078 चोरीजुवा ना. हे. चोरजुवा।
27079 चोरीनिकासी ना. एक ठाउँबाट अर्को ठाउँमा वा एक देशबाट अर्को देशमा लान रोक्का गरिएका वस्तु लुकाईछिपाई ती ठाउँमा पठाउने काम; सरकारको भन्सार, चौकी आदि छली बाहिरफेर मालसामान निकासी गर्ने काम।
27080 चोरीपैठारी ना. १. स्वदेशमा ल्याउन मनाही गरिएका सामानहरू लुकीछिपी वा सिमानाका भन्सारलाई छलेर अबाटाबाट ल्याउने काम।
27081 चोरीपैठारी ना. २. नियमअनुसार भन्सारमहसुल नतिरी मालसामान भित्र्याउने वा ल्याउने काम।
27082 चोलक ना. १. सानो किसिमको चोलो; चोली।
27083 चोलक ना. २. सुरक्षाका निम्ति लगाइने साधन; कवच।
27084 चोला ना. १. शरीर, जिउ।
27085 चोला ना. २. जन्म, जुनी।
27086 चोला ना. ३. चोलो।
27087 चोलाचोली ना. सानाठुला चोलाहरूको समूह, चोला र अरू त्यस्तै वस्तुको समूह।
27088 चोली ना. १. चोलाको सानो रूप, सानो चोलो।
27089 चोली ना. २. जामा, घाँगर आदिको कम्मरमाथिको अवयव।
27090 चोले वि. १. चोलोजस्तो; चोलाको आकारको; चोलोको।
27091 चोले वि. २. चोलो लगाउने।
27092 चोलो ना. स्वास्नीमानिसले घाँटीदेखि कम्मरका भागसम्म लगाउने भोटाका आकारको वस्त्र, स्त्रीजातिले लगाउने चौबन्दी (चार ठाउँमा तुना भएको ) चोला।
27093 चोसाकार ना. चोसो भएको वा परेको, सुर मिलेको लम्बाइ तथा चौडाइका हरेक कुना चोसादार बनेको।
27094 चोसाकार वन ना. त्यस्तो चोसाकार वन वा जङ्गल।
27095 चोसाचोसी ना. १. चोसाहरूको समूह, चोसा र अरू त्यस्तै वस्तुको समूह।
27096 चोसाचोसी ना. २. चोसो र चोसी।
27097 चोसिनु अ.क्रि. चोसो पर्नु, चोसो हुनु।
27098 चोसी वि. चोसो भएकी, मुख चुच्चो परेकी, मुखचुच्चे (आइमाई )।
27099 चोसे वि. १. चोसो निस्केको थुतुनु भएको।
27100 चोसे वि. २. चोसो परेको, चुस्स परेको, चुच्चे।