Dictionary

All Word

26901 चोक ना. २. बजारको बिचमा रहेको त्यस्तो जमिन चौबाटोको बजार।
26902 चोक ना. ३. लेकमा वा औलामा वर्षा र हिउँदमा लगेर गोठ राख्न तोकिएको ठाउँ।
26903 चोक ना. ४. चौमुहानी।
26904 चोकर ना. गहुँ, मकै आदि पिद्वाखेरि नपिँधिने बाहिरी पातलो र चिल्लो भाग; बोक्रो।
26905 चोके ना. १. ठुलो घोचो वा किलामा सानो हाँगो निस्केर कुनै वस्तु झुन्ड्याउने वा त्यसमाथि बलो राख्न हुने वस्तु कापो।
26906 चोके ना. २. समान महत्त्वका दुई कुरा एकैचोटि आइपर्नु वा दुवै प्रथम कर्तव्यका रूपमा देखापर्नु सुँगे। वि.
26907 चोके ना. 3. कापो भएको (घोचो आदि)।
26908 चोके काठ ना. चोके भएको वा कापो परेको काठ।
26909 चोके ब्याज ना. ज्यादै अप्ठेरो स्थितिमा परेका व्यक्तिसित चौको वा चार दोबर पारेर लिइने ब्याज।
26910 चोक्टा ना. हे. चौटो।
26911 चोक्टाचाटी / चोक्टी ना. सानाठुला चोक्टाको समूह, चोक्टा र अरू त्यस्तै टुक्राटाक्री।
26912 चोक्टालाम्टा ना. कुनै वस्तुका डल्ला र लाम्चा परेका टुक्रा, मासुका छोटा र लामा टुक्रा।
26913 चोक्टो ना. १. चारैतिरको आकारप्रकार बराबर हुने गरी पारिएको टुक्रो, चौटो।
26914 चोक्टो ना. २. खेत वा बारीको सानो गहो।
26915 चोक्टो ना. ३. राडी, गुन्द्री आदिको चारैतिर मिलेको टुक्रो; चकटी।
26916 चोक्रा ना. १. रस एकदमै कम भएको वा रस ननिस्कने वस्तु।
26917 चोक्रा ना. २. फाटेका दुधको पानीबाट छुट्टिएको अंश छोक्रा।
26918 चोक्रा ना. ३. राम्ररी नजमेको दही वा मही पार्दा नफिटिने ढिका।
26919 चोक्रा ना. ४. गहुँको भुस चोकर।
26920 चोक्रिनु अ.क्रि. १. चोक्रा पर्नु।
26921 चोक्रिनु अ.क्रि. २. चोकरमा परिणत हुनु।
26922 चोक्रिनु अ.क्रि. ३. दुब्लाउनु।
26923 चोक्रिलो वि. १. धेरै चोक्रा भएको, फाटेर पानी र छोक्रा छुट्टिने खालको।
26924 चोक्रिलो वि. २. धेरै दुध नआउने (गाईभैँसी)।
26925 चोक्रिलो वि. ३. सुकेको।
26926 चोक्रिलो वि. ४. दुब्लो।
26927 चोक्रे वि. धेरै दुध नदिने, चोक्रिलो परेको, चोक्रयाइलो।
26928 चोक्र्याइलो वि. चोक्रो होलाजस्तो ; चोक्रिलो।
26929 चोखा ना. १. कसैले मिठो चोखो खाएको देखेर लोभिई अर्को व्यक्तिले लाएको कुदृष्टि, चोखे, नजर।
26930 चोखा ना. २. उक्त कुदृष्टिबाट हुन जाने तथाकथित बिगार।
26931 चोखा ना. १. उसिनेको आलुमा अमिलो, पिरो आदि हालेर साँधिएको वस्तु अचार, चटनी, चाट।
26932 चोखा ना. २. चोखेन।
26933 चोखिनु अ.क्रि. १. १ चोखो हुनु, अशुद्ध अवस्थाबाट पवित्र हुनु।
26934 चोखिनु अ.क्रि. २. पर सरेकी आइमाईले चारौं दिनमा नुहाइधुवाइ गरेर शुद्ध हुनु।
26935 चोखिनु अ.क्रि. ३. जुठो, फोहर केही नरहनु।
26936 चोखिनु अ.क्रि. ४. राम्रोसँग माझिनु वा पखालिनु।
26937 चोखी ना. १. चोखोको स्त्री रूप। वि.
26938 चोखी ना. २. आफ्नो धर्ममा रहेकी, परपुरुषको संसर्गमा नआएकी, सत्यबाट नडगेकी पवित्र (नारी)।
26939 चोखीनिती / निधी ना. शास्त्रका नियमअनुरूप चल्न वा सफा, शुद्ध रहनाका निम्ति गरिने शारीरिक एवं मानसिक आचरण; लसपस वा बिटुलो नभएको स्थिति।
26940 चोखीमाटी ना. विवाह, व्रतबन्ध आदिमा यज्ञको वेदी बनाउनका निम्ति कन्याहरूद्वारा खनिने, चोखो ठाउँको माटो।
26941 चोखे ना. हे. चोखा।
26942 चोखेन ना. १. पानीमा पकाएको खाने कुरो सामान्य अवस्थामा अशुद्ध हुँदैन भनी भात, पुवा आदिमा हालिने घिउ, चोखो पार्ने घिउ, तेल आदि वस्तु चोख्यान।
26943 चोखेन ना. २. स्त्रीहरूले रजस्वला भएको चौथो दिनमा चोखिँदा नुहाएको कपालमा हाल्ने तेल।
26944 चोखो वि. १. कुनै किसिमको अशुद्ध पदार्थ नपरेको, पवित्र।
26945 चोखो वि. २. कसैले जुठो नहालेको, बिटुलो नपारेको।
26946 चोखो वि. ३. अरू थोक नमिसिएको, कसर नभएको।
26947 चोखो वि. ४. निरपराधी निर्दोष। ना.
26948 चोखो वि. ५. घिउतेल; चोखेन।
26949 चोखोचाँडो वि. १. वास्तविकता लुकाएर साखिलो हुन खोज्ने।
26950 चोखोचाँडो वि. २. चोखो पनि र चाँडो पनि हुने स्वभावको।