Dictionary

All Word

26801 चेप्टे मकै ना. चेप्टीमकै।
26802 चेप्टे सिउँडी / स्युँडी ना. चेप्टो पाटा परेको र काँडैकाँडा हुने एक दुधिलो सिउँडी।
26803 चेप्टो वि. थेप्चो परेर अलिअलि फराकिएको; पातलो र सम्म परेको थिचिएर वा दबिएर नेप्टो परेको; च्याप्टो थ्याप्चो।
26804 चेप्ट्याइ ना. १. चेप्टिने क्रिया वा प्रक्रिया। [ चेप्ट्याउ + आइ]
26805 चेप्ट्याइ ना. २. चेप्ट्याउने क्रिया वा प्रक्रिया।
26806 चेप्ट्याइनु क.क्रि. चेप्टो पारिनु; चेप्टिन लाइनु।
26807 चेप्ट्याउनु प्रे. क्रि. चेप्टो पार्न, चेप्टिन लाउनु, थेप्च्याउनु।
26808 चेप्ट्याहट ना. चेप्टिने भाव, क्रिया वा प्रक्रिया।
26809 चेप्रिनु अ.क्रि. चेप्रो हुनु, च्याप्प परेर सुक्नु।
26810 चेप्रे वि. १. चेपारो पार्ने चेपारो घस्ने।
26811 चेप्रे वि. २. चेप्रो आकारको।
26812 चेप्रो वि. मुख चोसो पारी लाडे अभिनय गर्ने, चेपारे, चेप्रे।
26813 चेप्य्राइँ ना. बिनसित्तिको लोलोपोतो, वृथा प्रशंसा।
26814 चेप्य्राइ ना. चेप्य्राउने भाव, क्रिया वा प्रक्रिया।
26815 चेप्य्राइनु क.क्रि. चेप्रो पारिनु चेप्याउने काम गरिनु।
26816 चेप्य्राउनु स.क्रि. / प्रे. क्रि. ओठ लेब्याउनु, चेप्रो पार्नु चेप्रो हुन लगाउनु।
26817 चेप्य्राहट ना. चेप्रो बन्ने वा बनाउने क्रिया वा प्रक्रिया।
26818 चेप्य्राहा वि. १. चेप्रो बन्ने गुण भएको, चेप्रो हुने खालको।
26819 चेप्य्राहा वि. २. चेप्य्राइ पार्ने।
26820 चेभ्रिनु अ.क्रि. चेभ्रे हुनु, चेभ्राइ पार्ने हुनु।
26821 चेभ्रे वि. १. लाडिएजस्तो गरेर अर्काको नचाहिँदो प्रशंसा गर्ने; चेभ्य्राइँ पार्ने।
26822 चेभ्रे वि. २. अर्काको प्यारो हुन लुटपुटिने।
26823 चेभ्रो वि. चेभ्रे, चेप्रो।
26824 चेभ्य्राइँ ना. नचाहिंदो किसिमबाट अर्काको प्रशंसा गरेर आफू साखिलो बन्ने किसिम वा क्रिया।
26825 चेला ना. १. चेलो; शिष्य।
26826 चेला ना. २. छोरो।
26827 चेलाचपेटा / चाटी ना. चेला र अरू चेलासमानका व्यक्तिहरूको समूह, शिष्यवर्ग।
26828 चेलाचेली ना. १. चेला र चेलीहरूको समूह, चेला र अरू त्यस्तै व्यक्तिहरूको समूह।
26829 चेलाचेली ना. २. छोराछोरी।
26830 चेलियन - मानव ना. १. फ्रान्सको चेलेस नाम भएको ठाउँमा फेला परेको मानव।
26831 चेलियन - मानव ना. २. चेलेसमा पाइएका मानवसित मिल्दा अरू जुनसुकै ठाउँका मानव।
26832 चेली ना. १. छोरी।
26833 चेली ना. २. शिष्या; छात्रा।
26834 चेली ना. ३. दिदी बहिनी।
26835 चेली ना. ४. अह्राउपहाउ मान्ने आइमाई।
26836 चेली ना. ५. फुपू वा फुपूकी छोरी।
26837 चेली तिहार ना. माघे सग्राँती।
26838 चेली बेटी ना. १. १ छोरी र छोरीसमानका अरू स्त्री; छोरीचेली।
26839 चेली बेटी ना. २. दिदीबहिनी र त्यस्तै अरू आइमाई।
26840 चेली बेटी ना. ३. शिष्या र तिनै सरहका अरू नारी।
26841 चेलो ना. १. गुरुसँग पढ्ने वा शिक्षा लिने व्यक्ति; विद्यार्थी।
26842 चेलो ना. २. गुरुसँग गायत्री, दीक्षा आदि मन्त्र सुनेको शिष्य।
26843 चेलो ना. ३. छोरो र छोरासरहको व्यक्ति
26844 चेलो ना. ४. अनुयायी।
26845 चेवा ना. १. गुप्त किसिमबाट लिइने खबर, चियो, गुप्त निरीक्षण।
26846 चेवा ना. २. गुप्ततवरले खबर लिने व्यक्ति; गुप्तचर, जासुस।
26847 चेवाचर्चा ना. नचाहिंदो कुराको वास्ता वा चर्चा, अनावश्यक कुराको चासो।
26848 चेष्टा ना. १. मनको भाव वा विचार प्रकट गर्न गरिएको सङ्केत; मानसिक सङ्केत प्रकट गर्ने बोलाइचलाइ एवं कामगराइको चालढाल, शारीरिक भावभङ्गी।
26849 चेष्टा ना. २. कोसिस प्रयत्न।
26850 चेष्टा ना. ३. इच्छा, कामना।